Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आगो निभाउँदा विद्यार्थी घाईते

Published on 2:03:00 AM //

भरत पाण्डेय
गुल्मीको हर्दिनेटा गाविसमा जंगलमा लागेको ढडेलो नियन्त्रण गर्ने क्रममा एक विद्यार्थी घाईते भएका छन् । आगो निभाउने क्रममा माथीबाट पल्टीएको ढुँगाले लागेर श्रृङ्गा जनता उच्च माध्यमिक विद्यालयका कक्षा आठका विद्यार्थी राम प्रसाद कँडेल गम्भिर घाईते भएका हुन् । कँडेलको टाउकोमा गम्भिर चोट लागेको प्रहरी सहायक निरीक्षक घनस्याम पोखरेलले बताउनुभयो ।
हर्दिनेटा वार्ड नं ५ मा रहेको पाडेपाटा सल्लेरी सोमबार दिउँसो साढे एकबजेदेखि लागेको आगो स्थानिय लुम्छा बजारमा फैलिन लागेपछि स्थानिय जनता श्रृङ्गा जनता उच्च माध्यमिक विद्यालयका विद्यार्थी र श्रृङ्गा प्रहरीचौकीबाट गएको प्रहरीटोलीले बचाएका थिए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग