Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अवैध निकासी बढेपछि गाउँमा भैसीको मूल्य तीन गुणा बढ्यो

Published on 2:36:00 PM //

गाउँ गाउँबाट दुध दिने भैसी समेत रातारात मासु प्रयोजनका लागि अबैध निकासी हुन थालेपछि ग्रामीण क्षेत्रहरूमा उत्पादन योग्य भैसीको दुई देखि तिन गुणासम्म मुल्य बढेको छ ।
यहाँका गाउँहरूबाट उत्पादन योग्य भैसीहरू मासु प्रयोजनको लागि पोखरा, बुटवल, पाल्पा लगायतका शहरी क्षेत्रहरूमा रातारात अबैध रूपमा निकासी हुन थालेका छन् । स्थानीय प्रशासन, प्रहरी र पशु सेवा कार्यालयले परीक्षण बिना भैसीं निकासी गर्न नदिने भनेपनि दलाल तथा ठेकेदारहरूले परिक्षण बिनै भैसी रातीमा बाहिर लैजाने गरेका छन् ।



उत्पादन दिन छोडेका भैसीसंगै थोरै दुध दिने र पाडापाडीहरू समेत निकासी हुन थालेपछि भैसीको मुल्य बढेको गाउँमा बर्षौ देखि भैसीको कारोबार गर्दै आउने व्यापारीहरू बताउँछन् । गाउँमा भैसी पाल्ने कृषकहरूको संख्या कम हुँदै गएका बेला दलालहरूले भैसी सहितका पाडापाडी बाहिर लैजान थालेपछि भैसीको मुल्य बढेको हो । गाउँका ब्यापारीहरूका अनुसार गाउँमा गत वर्षम्म १५ देखि २० हजार रूपैंयामा पाईने भैसीको मुल्य अहिले ४० देखि ५० हजार रूपैंयासम्म पुगेको छ । त्यही पनि दुध दिने भैसी पाईनै गार्‍हो छ ।’, मर्भुङ्ग गाविस-२ का नरबहादुर वि.क.ल भने ।


खज्याङ्ग गाविस-४ का भैसी व्यवसायी महेन्द्र श्रेष्ठका अनुसार त्यस क्षेत्रमा अहिले भैसी नै पाईन छोडेका छन् । कतै कतै भैसी भेटियो भने पनि किन्दा ५० हजार भन्दा तल पाईदैन ।’, श्रेष्ठले भने, गाउँका भैसी सकिएपछि व्यापारीहरू छिमेकी जिल्ला अर्घाखाँचीतर्फ लागेका छन् ।’ खर्ज्याङ्ग अर्घाखाँचीसंग जोडिएको गाविस हो । रिडीमा प्रहरीले चेकिङ्ग गर्न थालेपछि अहिले व्यापारीहरूले रातीमा ट्रकका ट्रक भैसी ओर्सार्न थालेको उनले बताए ।
बाहिरबाट आएका व्यापारीहरूले दुध दिन छोडेका भैसीलाई १० हजारसम्म मुल्य दिने र पाडापाडी पाएमा १२/१५ हजारसम्म दिने गरेकाले पनि गाउँका किसानले भैसी र पाडापाडी विक्रि गरेर सिध्याएको गौडाकोट गाविस-३ का पशुपती पाण्डेले बताए । गौडाकोट गाविसमा पनि गत वर्षम्म १२ हजारमा पाईने दुध दिने भैसी अहिले ३० हजार पर्ने गरेको छ ।
जिल्लाका झण्डै २ दर्जन गाविसका किसानहरू अहिले व्यवसायीक रूपमा पशुपालन व्यवसायमा संलग्न छन् । जिल्लाका किसानहरूले रूपन्देही, नवलपरासी, काभ्रे लगायतका जिल्लामा पुगेर उन्नत जातका गाई ल्याउन थालेपछि पनि जिल्लामा भैसी कम देखिन थालेको पशु सेवा कार्यालयका पशु विकास अधिकृत तुलसीराम भण्डारीले बताए । भैसीको अबैध निकासी रोक्ने पहल भैरहेको छ ।’, भण्डारीले भने, जिल्लाका हरेक गाविसबाट बाहिर जाने नाका रिडी मात्र भएकाले कडा चेकिङ्गका लागि प्रहरीलाई आग्रह गरेका छौं ।’ रिडीमा उत्पादन नदिने स्त्री जातिका चौपायाहरू परिक्षण गरेर मात्र छोड्ने भनिएपनि प्रभावकारी चेकिङ्ग हुन नसकेको पशु सेवा कार्यालयको गुनासो छ । कार्यालयका प्रमुख भण्डारीका अनुसार अहिले जिल्लाका विभिन्न गाविसमा झण्डै ५ सय उन्नत जातका गाई भित्रिएका छन् ।

नयाँभावना दैनिकबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग