Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

युनिटिको गुल्मी शाखा बन्द

Published on 11:26:00 PM //

गैरकानुनी रुपमा नेर्टवर्क मार्केटीङ व्यापार गर्दै आएको युनिटि लाइफ इन्टरनेसनलको गुल्मीको तम्घास क्याम्पसरोडमा रहेको शाखा कार्यालय बन्द भएको छ । कार्यालय बन्द भएपछी जिल्लाभर रहेका यसका करीब १ हजार ५ सय सदस्य अलपत्र परेका छन् । देशभरिका शाखा बन्द हुन थालेपछि यहाँको कार्यालय कर्मचारी आफैंले बन्द गरेर सम्पर्कविहीन भएका हुन् । तम्घासको क्याम्पसरोडमा कार्यालय खोलेको युनिटीका स्थानीय कर्मचारी तीन दिनदेखि सम्पर्कविहीन भएका छन् ।

गुल्मी स्थित युनिटिका एजेन्टले घरघरमा धाएर बिभिन्न प्रलोभन देखाई १५ हजारमा युनिटको सदस्य बनाएको तर त्यसको बादलामा कुनै पनि सेवा र सुबिधा नपाएकोले आफ्नो पैसा फिर्ता हुनुपर्ने पीडितहरुले माग गरेका छन । युनिटीले नेटा-४ घर भई अहिले काठमाडौं धापासी बस्दै आएका रामप्रसाद घिमिरेलाई जिल्लाको प्रमुख व्यक्तिका रूपमा खटाएको थियो । घिमिरेले जिल्लामा सदस्य विस्तारका लागि विभिन्न राजनीतिक दलका नेता कार्यकर्तालाई खटाउने गरेका थिए । जिल्लामा कांग्रेस, माओवादीका नेता, पत्रकार, कर्मचारी, व्यवसायी, बुद्धिजीवीसमेत युनिटीका सदस्य छन् ।

स्थानीय प्रशासनले भने जिल्लामा प्रमुख कोही नभएकाले र कसैबाट गुनासो पनि नआएकाले कारवाही प्रकृया नै अगाडी नबढाईएको जनाएको छ । प्रहरी नायव उपरिक्षक पदमप्रसाद सुवेदीले गुनासो वा उजुरी लिएर कोही पनि नआएको र जिल्लामा आधिकारीक कोही नभएकाले प्रकृया अगाडी नबढेको बताए ।

युनिटीले जिल्लाको रुपाकोट गाविसको सोता र दिगाम गाविसको श्रृङ्गामा सामुदायीक अस्पताल संचालन गर्ने भन्दै सदस्य विस्तार गर्ने गरेको थियो । रुपाकोटको सोतामा अस्पताल निर्माणका लागि ८० लाख स्वीकृत भैसकेको र श्रृङ्गामा प्रकृया अगाडी बढेको स्थानीय कर्मचारी मिलनकिशोर घिमिरेले दावी गरे । कार्यालय बन्द भएपछि उनी बुटवल गएका छन् ।

युनिटीले देश भर ६ लाख ५० हजारभन्दा बढी ग्राहक बनाइ ६ अर्व रुपैयाँभन्दा बढी संकलन गरिसेको छ ।उता काठमाडौमा नेर्टवर्कमार्फ् ठगी गरेको आरोपमा सुरक्षाकर्मीले युनिटीका सबै कार्यालय नियन्त्रणमा लिएको छ । उसले राखेका कर्मचारी हटाएर सुरक्षाकर्मी तैनाथ गरिएको छ । यसअघि युनिटीका बैंक खाता रोक्का गर्न अर्थमन्त्रालयले मातहतका निकायहरुलाई निर्देशन दिएको थियो । कम्पनीको मुलकभर रहेका सम्पत्तिमा समेत रोक लगाउन मन्त्रालयले निर्देशन दिएको छ । यस अघि गृह मन्त्रालयले युनिटीका संचालकहरुलाई पक्राउ गर्न प्रशासनलाई निर्देशन दिइसेको छ । अर्थमन्त्रालयले युनिटीको नाममा रहेका सवारी साधनको विक्री वितरणमा रोक लगाउनुका साथै यसका ११ जना निर्देशकहरुलाई विदेश जानरोक लगाएको छ ।युनिटीको चलअचल सबै सम्पत्ती रोक्का गरि स्याङ्गजा फेदीखोला ६ काशीराम गुरुङ्ग, पर्वत ३ अर्थरडाँडाका कृष्ण बहादुर क्षेत्री, पर्वत ३ अर्थरडाँडाका विष्णु बहादुर क्षेत्री, बाग्लुङ ३ बालिङका महेन्द्र केसी, झापा चकचकी गाविस ५ का नेत्र राजबंशी, नवलपरासी ३ सनवलका इन्द्र बहादुर विश्वकर्मा, चितवन दिव्यनगर ६ का भीम बहादुर गुरुङ्ग, तेहथुम मोरङका विश्वनाथ गौतम लगाएलाई विदेश जान समेत रोक लगाइएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग