Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सहयोग राशि पठाए बबिताका बाबाआमालाई

Published on 8:51:00 AM //

टेक थजाली मगर
रोजगारीको सिलसिलामा दुवई पुगेको डेढ महिना मै झुण्डिएर आत्महत्या गरेकी गुल्मी मुसिकोटकी बबिता थापाका परिवारलाई युएईमा रहेका संघ-सस्थाले २,३१,८९४।- नेपाली आर्थिक सहयोग गरेका छन ।
सो सहयोग रासी संकलनमा मुख्य भुमिका निभाएको युएई नेपाली एकता समाजदुवई, नेपाल जनकल्याण राहत प्रतिष्ठान युएई र लुम्बिनी वेल्फेर सोसाईटीले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन ।
सो प्रेस विज्ञप्तिमा भनिएको छ "रोजगारीको सिलसिलामा दुवई आएकी गुल्मी मुसिकोट निवासी बविता थापा बरदुवई स्थित इन्डियन नागरीकको घरमा बिगत डेढ महिना देखि हाउसमेडको रुपमा काम गर्दै आएकी र सोहि घरमा गत २८ मार्च २०१० का दिन झुन्डिएर आत्महत्या गरेकी थिइन् त्यस पस्चात मृतकका आफन्तले छानबिन तथा सहयोगको लागि युएई नेपाली एकता समाज र दुवई जनकल्याण राहत प्रतिष्ठान लाई निवेदन दिएपछि संस्थाले घटनाको बारेमा छानबिनको लागि सम्वन्धीत निकायमा पहल गरेको थियो उक्त घटना रहस्यमय भए पनि ठोस प्रमाण नभएकोले दोषी उम्कीन सफल भएको थियो ।

मृतक बविता थापाको घरमा बुढा बुढी आमा-बुवा भएको र घरको नाजुक अवस्थालाई मध्यनजर गर्दै
९-४-२०१० का दिन संघ एकतासमाज र राहत प्रतिष्ठानले युएईमा रहेका बिभिन्न संघ संस्था तथा महानुभावहरुबाट सामुहिक तथा व्यक्तिगत चन्दा प्रदान गर्न आह्ववान गरेपछि १४-०५-२०१० का दिन एकता समाजका अध्यक्ष मान बहादुर थापा र राहत प्रतिष्ठानका का।वा।अध्यक्ष टेक थजालीलाई हस्तान्तरण गरियो ।
प्राप्त हुन आएको जम्मा रकम दिराम ११७१५।- बरावर हुने करिव ने रु २,३१,८९४।- यस संस्था मार्फत मृतकको आमा मिन कुमारी थापाको नाममा रहेको राष्ट्रिय बाणिज्य बैंक गुल्मीको खाता नं। २१६२२ मा जम्मा गराईएको छ । उठ्न बाकि रहेको १५०० दिराम यथासिघ्र पठाईने छ ।
यस चन्दा संकलनमा सहयोग पुर्याउने संस्था नेपाली युथ सोसाईटी तथा समाजसेवी कृष्ण ढकाल, शंकर ज्ञवाली, सिता ठकुरी, हरी थापा, पृथ्वी बहादुर थापा, तारा चन्द ज्ञवाली, भरत गेलाल, राम बहादुर थापा, शम्भु, अशोक क्षेत्रि, भक्त प्रधान, इन्द्र थापा, राम मोक्तान, मिना कुमारी तामाङ, कैलास, बिनीता लामा, किरण मगर, कृष्णमाया दोङ, मिनु लामा, साग दोर्जे शेर्पा, भिम गुरुङ लगायत यस चन्दा संकलनमा सामुहिक तथा व्यक्तिगत रुपमा सहयोग पुर्याउनु हुने दाजु भाई तथा दिदी बहिनीहरु लगायत सह्दयी नेपाली हरुप्रति यस संस्था हार्दिक आभार प्रकट गर्दछ ।
अन्त्यमा मृतक बविता थापालाई कृत्य कागजात बनाएर पठाउने म्यानपावर र छानविन नगरी पठाउने नेपाल एयरपोर्टका कर्मचारीलाई अविलम्व कारवाही गरियोस साथै मृतकले पाउनु पर्ने बिमा रकम यथासिघ्र दिलाउन नेपाली राजदुतावासको ध्यान आकर्षण गराउन चाहान्छौं । आशा गरौं आउदा दिनहरुमा यस्ता घटनाहरु नदोहोरियोस् यहि नै हामि सवैको चाहना हो ।"

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग