Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पेन्सन वुझ्न जाने क्रममा मृत्यू

Published on 11:45:00 PM //

पी एम मगर
जिल्ला सदरमुकाम तम्घासमा भारतीय पेन्सन बुझ्न आउने क्रममा मंगलवार गुल्मीको हुँगा गाविसका एक बृद्धको वाटोमै मृत्यू भएको छ ।
मृत्यू हुनेमा गुल्मीको हुँगा गाविस ९ का ६५ वर्षिय शिवलाल न्यौपाने रहेका छन् । गत बिहिबारदेखि गुल्मीको सदरमुकाम तम्घासमा शुरु भएको पेन्सन क्याम्पमा पेन्सन बुझ्न आउँदै गर्दा न्यौपानेको बाटोमै मृत्यु भएको हो । बाटोमा एक्काशी बेहोस भएपछि जिल्ला अस्पताल तम्घासमा ल्याउने क्रममा वाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरि कार्यालय गुल्मीले जनाएको छ ।

नेपाली कांग्रेसका सकि्रय सदस्य समेत रहनु भएका समाजसेवी न्यौपानेको पार्थीव शरिरमा नेपाली का्रंग्रेसका सचिव फणिन्द्र भण्डारी सदस्य हरी न्यौपाने प्रध्यापक संघका सचिव अनन्तराम पौडेल नेपाल तरुण दलका वरिष्ठ उपाध्यक्ष भिम न्यौपाने लगायतका नेता तथा कार्यकर्ताहरुले अविर तथा पुष्प अर्पण गर्दै श्रृद्धााजली व्यक्त गर्नुभएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग