Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जीप दुर्घटनामा चार घाईते दुईको अवस्था गम्भिर

Published on 8:36:00 PM //

पी एम मगर, गुल्मी ०५ जेष्
अर्खले गाविसमा आज वेलुकी भएको जीप दुर्घटनामा ४ जना घाईते भएका छन् भने एक जनाको अवस्था गम्भिर रहेको छ ।
सदरमुकाम तमघासवाट वडागाउँ गाविसतर्फ गईरहेको लु १ ज १४०३ नं को जीप आज वेलुकी करीव ६ वजेतिर तमघास नजीकै अर्खले गाविसको वेँहोरे भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा परी घाईते हुनेहरुमा वडागाउँ गाविस वार्ड नं ७ वस्नेव वर्ष ६० का तुलसा मरासिनी हस्तीचौर गाविस वार्ड नं। २ वस्ने वर्ष १८ का माया कार्की मुसिकोट गाविस १ का ७० वर्षीय वुद्धिवहादुर महत र मुसीकोट गाविस वार्ड नं ७ वस्ने ४१ वर्षीय टपकला पोखरेल रहेका छन् ।

घाइतेहरु मध्ये महत र पोखरेलको अवस्था गम्भिर रहेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख डोरवहादुर कार्कीले वताउनुभएको छ । घाईतेहरुको अहिले जिल्ला अस्पताल तमघासमा उपचार भईरहेको छ । जीप अर्खलेको साँघुरो ओरालो वाटोमा व्रेकले काम गर्न छाडेपछि अनियन्त्रीत भई सडकवाट करीव ३० फीट तल खसेर दुर्घटना भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग