Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जीप दुर्घटनामा सात घाइते

Published on 4:43:00 PM //

ईस्मा रजस्थलबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज १९५५ नम्वरको जीप आइतवार अर्खले गाविस पनाहामा दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

प्रहरीका अनुसार इस्मारजस्थल गाविसकी ७० वर्षीय चन्द्रकला पैयानी, खुमकला विष्ट, गणेश विष्ट, चुराबहादुर थापा, टिकाबहादुर थापा, मञ्जु बस्नेत र दोहोली गाविस सचिव भिमप्रसाद पोखरेल घाइते भएका हुन् । घाइते सबैको जिल्ला अस्पताल तम्घासमा उपचार भैरहेको छ । अत्यन्तै अप्ठ्यारो उकालो सडक रहेको र जिपको ब्रेक फेल भएकाले दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग