Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेपालमै पहिलो पटक टेली मेडिसिनद्वारा आखाँ उपचार

Published on 6:55:00 AM //

तारा भुषाल
गुल्मी जिल्लामा नेपालमै पहिलो पटक आँखाका विरामीहरुको उपचारको लागि टॆली मेडिसिन प्रविधिको माध्यमवाट सेवा प्रदान गर्न शुरु गरिएको छ ।

आँखा उपचार सेवालाई अझ वढी सुविधायुक्त तथा थप प्रभावकारी वनाउनकालागि लुम्बिनी नेत्र विज्ञान अध्यन संस्थान एवं सेवा फाउण्डे शननेपालको आर्थिक सहयोगमा नेपाल नेत्रज्याति संघ गुल्मी शाखामा उक्त टेली मेडिसिन उपकरण जडान गरि आजदेखि सेवा शुरु गरिएको हो ।
उक्त सेवा शुरु गरिएपछि नेपाल नेत्र ज्योति संघ आखा उपचार केन्द्र गुल्मीमा आउने आँखाका विरामीहरु उपचारको लागि वुटवल र भैरहवा जाने झन्झटवाट मुक्त हुनुका साथै खर्च र समयको समेत वचत हुने भएको छ । टेली मेडिसिनको माध्यमवाट विरामीहरुको उपचारको लागि गुल्मीको रेसुङ्गामा र पाल्पाको मस्याङ् डाँडामा रहेको नेपाल टेलीकमको टावरमा वारलेस जडान गरि म्यारेट्याक सफ्टवेयरको माध्यमवाट उक्त टेली मेडिसिन सेवा शुरु गरिएको नेपाल नेत्र ज्योति संघ गुल्मीका अध्यक्ष भरतवहादुर चन्दले वताउनु भएको छ । सो टेली मेडिसिन उपकरणको आज एक कार्यक्रमका वीच उद्घाटन गर्दै लिुम्वनी नेत्र विज्ञान अध्यन संस्थान व्यवस्थापन समितिका अध्यक्ष डा.रामप्रसाद वस्यालले सन १९६० मा अष्टे्रलीयावाट शुरु भएको सो उपचार पद्दती आखाँको क्षेत्रमा नेपालमा पहिलो पटक गुल्मीवाट शुरुवात गरिएको भन्दै आगामि दिनहरुमा पाल्पा अर्घाखाँची प्यूठान नवलपरासी र कपिलवस्तु लगायतका जिल्लाहरुमा उक्त प्रविधिवाट उपचार सेवा विस्तार गरिने वताउनु भएको छ ।
टेलीमेडिसिन उपकरणको माध्यमवाट एकातिर आखाका विरामीहरुले गुल्मीवाट वुटवल र भैरहवामा रहेका आँखाका डाक्टरहरुलाई आफ्नो समस्या वताउन सक्ने छन भने अर्कोतिर त्यहा रहेका डाक्टरहरुले पनि विरामीहरुको आँखामा लागेको रोगलाई कम्प्यूटरको माध्यमवाट हेरेर सल्लाह तथा सुझाव दिनुका साथै औषधिहरु के कसरी प्रयोग गर्ने भन्ने वारेमा सल्लाहसुझाव दिन सक्ने छन् । उक्त सेवा संचालनकोलागि पन्ध लाख रुपैंया खर्च लागेको वताईएको छ । संघका अध्यक्ष भरतवहादुर चन्दको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति शुरेशचन्द्र भुसाल नेकपा एमालेका जिल्ला सदश्य शेषकान्त गौतम स्थानीय विकास अधिकारी दिपेन्द्रराज पौडेलजिल्ला स्वास्थय कार्यालयका प्रमुख डा। भेषराज पोख्रेलनेपाल पत्रकार महासंघका सभापति जनार्दन घिमिरे लगायतले गुल्मी जिल्लामा उक्त उपचार सेवा संचालन गरेकोमा धन्यवाद दिँदै यसलाई प्रभावकारी रुपमा संचालन गर्न आग्रह गर्नु भएको थियो । सेवा शुरु भएको पहिलोदिन आज स्थानीय विकास अधिकारी दिपेन्द्रराज पौडेलको आँखा जाँच गरि सेवा शुरु गरिएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग