Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

राष्ट्रपति रनिङ्ग शिल्ड महेन्द्र उच्च माविलाई

Published on 2:26:00 AM //

तारा भुषाल
विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी तम्घासको महेन्द्र उच्च माध्यामिक विद्यालयले हात पारेको छ ।

शनिवार सम्पन्न फाइनल खेलमा महेन्द्र उच्च माविले त्रिभुवन उच्च मा.वि. कुर्घालाई एक अंकले हराउँदै रनिङ्ग शिल्डको उपाधी जितेको हो । प्रतिोगितामा त्रिभुवन उच्च माविले जम्मा १२ अंक प्राप्त गरेको थियो भने कुल ७ अंक प्राप्त गरेर पृथ्वीउच्च मावि तृतिय भएको छ । भलिबल, एथ्लेटिक्स, हाईजम्प, लमजम्प, ज्याबिन थ्रो लगायतका प्रतियोगितामा जिल्लाका २३ विद्यालय सहभागी भएका थिए ।

प्रतियोगिताको चर्चित भलिबलको उपाधी भने आत्मबोध उच्च मावि मानकोटले जितेको छ । बेष्ट अफ फाइभ सेटमा भएको फाइनल खेलमा कडा प्रतिस्पर्धाका बिच तिन शुरुका दुई सेट जितेको चक्रेश्वर बोर्डिङ्ग स्कुल शान्तिपुरलाई हराउँदै मानकोटले उपाधि जितेको थियो । कडा प्रतिस्पर्धामा दुवै विद्यालयले दुई/दुई सेट जितेका थिए । अन्तिम सेटमा आत्मबोध माविले चक्रेश्वर बोर्डिङ्गलाई ३ अन्तरले जितेर उपाधि हात पारेको थियो । त्यस्तै भलिबलमा त्रिभुवन उच्च मावि कुर्घा तेस्रो भएको थियो ।

छात्रा तर्फको भलिबलमा प्रतियोगितामा त्रिभुवन उच्च मावि कुर्घाले प्रथम स्थान हासिल गरेको थियो भने तम्घासको महेन्द्र उच्च माविले द्धितिय र अर्जै उच्च माविले तृतिय स्थान हासिल गरेका छन् । त्यस्तै प्रतियोगितमा एथलेटिक्समा महेन्द्र उच्च माविका नरबहादुर राना र सुस्मिता खनाल, छात्र भलिबलमा चक्रेश्वर बोर्डिङ्ग स्कुल शान्तिपुरका बुद्ध खत्री र छात्रा तर्फको भलिबलमा त्रिभुवन उच्च माविकी विष्णु परियारले उत्कृष्ट खेलाडीको उपाधि पाएको जिल्ला खेलकुद विकास कार्यालयका प्रमुख प्रकाश बरालले बताए ।

विधालय स्तरमा निकै चर्चित मानिएको विरेन्द्र शिल्ड प्रतियोगीता गुल्मी जिल्लामा ११ बर्षपछि नाम परिबर्तन भई राष्ट्रपति रनिङ्ग शिल्डको नामबाट सन्चालन भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग