Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा अष्ट्रेलियाली राजदूत

Published on 7:59:00 PM //

नेपालका लागि अष्ट्रेलियाली राजदूत सुशन ग्रेस शुक्रवार गुल्मी आएकी छन् ।

सदरमुकाम तम्घासमा रहेको आशा अपांग केन्द्रको निरीक्षण तथा अनुगमन गर्न राजदूत ग्रेस गुल्मी आएकी हुन् । राजदूत ग्रेसले नेपालको विकासका लागि विभिन्न क्षेत्रमा सरकार मार्फत उपलव्ध गराईएको सहयोग भन्दा राजदूतावास मार्फत प्रत्यक्ष रुपमा उपलव्ध गराईएको सहयोग लक्षीत वर्गसम्म पुगेको बताएकी छन् ।
उनले छोटो भेटघाटमा आशा अपांग केन्द्रलाई आफूले गरेको थोरै आर्थिक सहयोगले संस्थाले सोंचेभन्दा बढी प्रगति गरेको भन्दै संस्थाको काम प्रति आफू निकै प्रभावित बनेको बताइन् । पहिलो पटक गुल्मी आएकी राजदूत ग्रेसले शुक्रवार संस्थाको लागि राजदुतावासबाट उपलव्ध गराएको फिजीयोथेरापि उपचार सामग्रीहरुको निरिक्षण गर्नुका साथै त्यहाँ उपचारका लागि आएका बिरामीहरुसँग पनि उपचारको बारेमा जानकारी लिएकी थिइन् । आशा अपांग केन्द्रलाई सहयोग गर्ने दातृ संस्था मेण्डका निर्देशक रववुचानन् र संस्थाकोलागि निशुल्क रुपमा जग्गा दान गर्ने स्थानीय वलवहादुर थापालाई संस्थाको तर्फवाट सम्मान समेत गरिएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग