Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वाणिज्य बैंकमा थप सुविधा

Published on 3:48:00 AM //

निजी बैंकहरूसँग प्रतिस्पर्धा गर्न राष्ट्रिय वाणिज्य बैंकले ग्राहकलाई थप सुविधा उपलब्ध गराउन थालेको छ ।



बैंकले जिल्लामा अन्तर बैंकिङ कारोबार र एसएमएस सेवा सुरु गरेको छ । त्यस्तै वर्षौंदेखि टोकनमार्फत चेक साट्ने प्रक्रियाका कारण घन्टौंसम्म लाइनमा बस्नुपर्ने ग्राहकको बाध्यता मुक्त गर्न बैंकले चेकबाट सीधै भुक्तानी गर्न सुरु गरेको छ । वाणिज्य बैंक पश्चिमाञ्चल क्षेत्रकै पुरानो बैंक हो ।

२०२३ जेठबाट बैंकिङ कारोबार सुरु गरेको यो बैंकका ५० हजारभन्दा बढी ग्राहक छन् । बैंकले २ वर्षअगाडि देखि सन्ध्याकालीन सेवा र ३ सय ६५ दिन नै सेवा उपलब्ध गराउँदै आएको छ । बैंक प्रबन्धक रुक्मागत मुडभरीले प्रविधिको विकाससँगै बैंकका सेवा सुविधा थप गरिएको बताए । तत्कालका लागि चेक साट्न टोकन प्रणाली हटाएर सीधै रकम भुक्तानी, एसएमएसबाट ब्यालेन्सको जानकारी, राष्ट्रिय वाणिज्य बैंकका जुनसुकै शाखामा रकम जम्मा गर्न र निकाल्न सकिने व्यवस्था मिलाइएको प्रबन्धक मुडभरीले बताए । बैंकले गत सातादेखि आफ्नै रेमिट्यान्स सेवा सुरु गरेको छ । यसअघि काठमाडौं केन्द्रीय कार्यालयमा सोधपुछ गरेपछि मात्र भुक्तानी गर्ने गरेकाले ग्राहकलाई झन्झट हुने गरेको थियो ।
कान्तिपुर दैनिकबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग