Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आमा समूहले गराइदिए दोस्रो विवाह

स्याङ्जा, पुस २ - महिला समानताका लागि बर्सेनि सरकारी तथा गैरसरकारी संस्थाबाट करोडौं खर्च हुन्छ । तर बिनालगानी यहाँ एउटा आमा समूहले गरेको कार्य समानताका लागि काफी छ । भाटखोला ७ मा सम्बन्धविच्छेद गरी माइती बस्दै आएकी २५ वर्षीया तारा अधिकारीले घरबाटै बाजा बजाएर दोस्रो विहे गरिन् आमा समूहको नियमले । अधिकारीको सदरमुकाम स्याङ्जा बजारका गोपाल पौडेलसँग विहे भएको हो । स्थानीय जनज्योति आमा समूहले गाउँमा सम्बन्धविच्छेद भएका महिलाले माइती घरबाटै बाजा बजाएर विहे गर्न पाउनुपर्ने नियम बनाएको छ ।

नौ वर्षअघि गाउँमै बिहे भएकी अधिकारीको घरेलु हिंसाका कारण दुई वर्षअघि सम्बन्धविच्छेद भएको थियो । 'विभिन्न व्यक्तिसँग बिहे को चर्चा चल्दा घरबाटै बाजा बजाएर बिहे गर्नुपर्छ भन्ने अडान राखेका थियौं,' आमा समूह अध्यक्ष राधा पौडेलले भनिन्, 'महिलालाई दोस्रो बिहे गर्दा हीनताबोध हुनु नपरोस् भनेर यसो गरेका हौं ।'

जन्ती पक्षबाट बाजा नल्याएपछि आमा समूहले पैसा तिरेर बाजाको चाँजोपाँजो मिलाएका थिए । 'यस्ता बिहे मा बाजाको व्यवस्था आमा समूहले नै गर्छ,' पौडेलले भनिन् । हुन त दोस्रो बिहे बाजा बजाएर गर्ने प्रचलन बढ्दो रहे पनि ग्रामीण क्षेत्रमा आमा समूहले यस्तो काम गरेको जिल्लामा पहिलो हो । समूहले गाविसमा समाज सुधारका लागि विभिन्न कार्य गर्दै आए पनि यसरी बिहे गराएको पहिलो हो । 'हामीले बोल्नु र व्यवहारमा उतार्नुमा धेरै फरक हुन्छ,' स्थानीय सीता थापाले भनिन्, 'त्यसैले हामीले व्यवहारमै उतारेका हौं ।' 'अरूलाई यो कुरा सामान्य लागे पनि हाम्रो ग्रामीण क्षेत्रमा यसले ठूलो महत्त्व राख्छ,' उनले भनिन् । 'आमा समूहको सहयोग भएपछि मैले सोचेजस्तै भयो,' दुलहीका बुवा चन्द्र अधिकारीलो भने । -ईकान्तिपुरबाट 

रेखाबाट ‘सेक्स पिडीत’ भएँ: छवि ओझा



सम्बन्ध बिग्रनुमा सेक्स र सम्पत्ति मुख्य



विजय आवाज

नायिका रेखा थापा र निर्माता छविराज ओेझा विचको सम्वन्ध बिग्रने क्रम उत्कर्षमा पुगेको छ । रेखाले आफुलाई श्रीमान्को व्यवहार नगरेको भन्दै पति छवि ओझाले सार्वजनिक रुपमा दुखेसो पोख्न थालेका छन् ।

उनीहरुकै कुरा पत्याउने हो भने दुवैवीच बोलचाल नभएको १० महिनाभन्दा बढि भइसक्यो । रेखाले गुहृश्वरी स्थित छवि र उनको घर छोडेर वाहिर वस्न थालेको २ महिना भैसक्यो । रेखाले छविलाई आफ्नो श्रीमान् भन्दा पनि बाबु आर्थात अभिभावकको रुपमा हेरेको बताउँछिन् ।

पत्नी रेखासँग सम्बन्ध बिग्रकोबारे अनलाइनखबरसँग छविले लामै कुराकानी गर्दै केही नयाँ रहस्यहरु खोलेका छन् । दुई वीचको सम्बन्ध बिग्रनुमा सेक्ससम्बन्ध ठिक नहुनु जति जिम्मेवार छ, त्यो भन्दा बढि सम्पत्तिको लफडा रहेको छविले प्रष्टै खुलाएका छन् । प्रस्तुत छ अनलाइनखबरका लागि बिजय आवाजसँग उनले पोखेको पीडा उनकै भाषामाः

रेखाका लागि अहिले मेरो घर माईती जस्तै भएको छ भने उसको घर घर जस्तै भएको छ । उ दुई महिना भयो घर नआएको । अव, भन्नुहोस् यसलाई मैले के भन्ने ? यदि, उसले मलाई श्रीमान् मान्ने हो भने, घरमा आउनु पर्यो, श्रीमान् श्रीमतीको सम्वन्धमा वस्नुपर्यो । उसले मलाई अभिभावक मान्ने हो भने, अव उसले मलाई हेर्नु पर्छ कि पर्दैन ? अव वुढेसकाल लाग्दै गरेको मेरो जिन्दगीलाई उसले हेर्नुपर्छ कि पर्दैन ? मसग त आज केही पनि छैन । न त मसँग रेखा नै छ, छोराछोरीले पनि उमेरमा तरुनी च्यापीस् भनेर मलाई रुचाउँदैनन् । रेखाले पनि नहेर्ने, छोराछोरीले पनि नहेर्ने हो भने, अव मेरा लागि त सवैभन्दा ठुलो कुरा पैसा नै हो । यसैले मलाई वाउ भन्ने हो भने उनको नाममा मैले पास गरिदिएको घर मेरो नाममा पास गरिदिनुपर्यो नि । उनले त केही पनि उतरदायित्व निर्वाह गरेकी छैनन् । अव मेरो वुढेसकालको साहारा के त ? मेरो प्रष्ट भनाई, उनको नाममा भएको सम्पत्ती मेरो नाममा पास गरिदिनुपर्यो, अनि मलाई बाबा भन्नु पर्यो । उनीसँग त उमेर छ, नेपालको नम्वर १ नायिका हुन, अझै पनि कमाउन सक्छिन् । तर मसँग केही छैन, जे कमाएँ सवै उनकै नाममा गरिदिएँ ।

यदि लोग्ने नै भन्ने हो भने त, रातको १२ वजे आउँदा मैले किन सोध्न नपाउने कि उनी कहाँ गएकी थिइन ? म कुनै केटीसँग वोल्दा उनी गलफ्रेन्डको आरोप लगाउँछिन भने, मैले उनलाई त्यति सोध्ने अधिकार पनि पाउँदिन ?

रेखाले एकपटक छविसँग मेरो संसर्ग नभएको ६ महिना भएको थियो भनेर अन्र्तवार्ता दिएकी थिईन् । यदि यस्तो हो भने त म रेखावाट कत्तिसम्म सेक्स पिडित भएको रहेछु, सवैले अनुमान गर्न सक्छन् । रेखाबाट मैले श्रीमतीका रुपमा बेडमा जे पाउनुपर्ने हो त्यो पाउन सकिन् । रेखाले मबाट पिडीत भएको भन्छिन । खासमा म रेखाबाट सेक्सको मामिलामा पिडीत छु ।

विहे गरेपछि पनि रेखाको हातवाट मैले १ कप चिया खान पाएको छैन । विहान म चाडै उठ्थें, उनी १० वजे मात्र उठ्थीन् । तर, विस्तार मै मिलाउँथे, म रेखाको श्रीमान् भन्दा पनि नोकर जस्तो भएँ । रेखाले अहिले मलाई एउटा आरोप लगाईरहेकी छिन् । मेरो यसभन्दा अघिका दुई श्रीमती पनि मसँग टिकेनन् भनेर । तर, विहे गर्ने वेलामा त मैले सवै कुरा भनेको थिएँ । उसको ममि, ड्याडिलाई सवै कुरा थाहा थियो । यदि सवै कुरा थाहा हुँदा हुँदै पनि रेखाले मसँग किन विहे गरेको त ?

म त भन्छु, राम्रो केटासँग विहे गर । म अहिले ट्यावलेट खाएर सुतिरहेको छु । रेखालाई कहिले छवि मर्ला र सम्पत्ती खाउँला भन्ने छ । मैले सिनेमा क्षेत्र त वचाएँ, तर आफ्नो घरपरिवारलाई वचाउन सकिन । यसमा म दुखित छु ।

पहिला विहे गर्ने अनि अहिले आएर सकिएको कुरा उक्काएर मलाई गलत देखाउन खोज्ने चाल मात्र हो रेखाको । उनको दाईको विहेमा पनि कसैले मलाई वोलाएन । यो परिवारको योजना नै थियो । योजना वुनेर मवाट रेखा टाढा हुने र मलाई नै दोषी देखाउने खेल भईरहेको छ रेखाको परिवार भित्र । मैले त विहे गर्दा गाडि किनीदिन्छु, घर पास गरीदिन्छु भनेको थिएँ, जुन मैले पुरा गरे । तर, उसले यदि मलाई अभिभावक मान्छे भने, अव मेरो साहारा भनेको पैसा नै हो । मेरो सारा सम्पत्ति उनैसँग छ । त्यो मलाई फिर्ता चाहिन्छ ।

अन्लाईनखबर डट कमबाट

अरबी युवती र नेपाली युवाको बियोगान्त प्रेम कथा

साउदीका हरेक पत्र-पत्रिकामा नुरको आत्महत्याको खबरले म आश्चर्यमा परेँ ।
म अफिस भित्रैको एउटा क्याबिनमा कम्युटरमा ब्यस्त रहन्थे ।
तर आज अचानक पत्रिका परेको नजरले अचम्मै बनायो ।
हुन त मलाइ पनि कहाँ अरबी पढ्न आउथ्यो र ?
राजको मोबाइलमा देखेको फोटो को कारणले चिनेको मात्रै हो ।
मैले प्रतक्ष्य देखेको भने थिइन ?
कालो बुर्का { साउदीमा महिलाले लगाउने कालो लुगा } लगाएर यात्रारत हुन्छन् यिनीहरु ।
रुखले त बरु आफ्नो पात बोक्राले ढाक्दैन तर उनीहरुको शरीरको कुनै ठाँउ पनि ढाक्न बाँकी राख्दैनन् ।राजलाइ झुन्ड्याएर मारिएको महिना दिन नहुँदै नुरको आत्महत्याले म मात्र होइन नुरका परिवार पनि अचम्मित भए होलान् ।

आज नुरको आत्महत्याको खबरले राजको अन्धकार पुर्ण दिन अनी उसलाइ गुमाएको पल झलझल आँखामा आउन थाल्यो ।
साउदी अरबको एक प्रतिष्ठित कम्पनिमा हामी दुबै जना सँगै काम गर्थ्यौ ।
हामी मतलब राज र म ।
हामी साउदीको मुटु राजधानी यानीकी रियादमा थियौ ।
राज सप्लाइ डिपार्टमा कार्यरत थियो ।
उनी सप्लाइको क्रममा साउदीका घर-घरमा जानु पर्थ्यो ।
त्यसै क्रममा राजको भेट नुर सँग भएको थियो ।
राज सँधै उनको बारेमा बताउथे ।
नुरको प्रशंसा गरेर कहिले पनि नथाक्ने राजको ब्यवहार देखेर म आफै थकित हुन्थे त्यस्तै साथको खोजीमा ।
राजको ब्याख्यानमा म आफै अलमल्ल हुन्थेँ ।
आखीर नुरमा के छ यस्तो ? मलाइ राजले फोटो देखाए पनि म रुपमा कहिल्यै बिस्वास गर्दैन थेँ । रुपमा किन मर्छस् राज ? सुन्दर फुल भित्रको राग-अनुराग अनी बिषादीको पनि अध्यन गर्न जरुरी हुन्छ ।
हुन त तेरो रोजाइ नराम्रो त हुन सक्दैन तर पनि होस् गर राज यहाँको कानुन तैले सुनेकै छस् । फेरी हकिकतमा देख्न नपरोस् ।
राज भावुक बनेर भन्थे “बिशाल,मायामा ज्यानै दिन परे पनि म तयार छु ।
उनले दिएको यती माया नै मेरो जिन्दगीको पुर्ण खुसी बन्नेछ ।
हेरौ जे लेखेको छ यो भाग्यमा त्यही हुन्छ ।
मलाइ यही मर्न लेखेको छ भने म पराइकै माटोमा मरौला ।
हो मलाइ मेरो स्वच्छ पशुपतीमा ठाँउ नमिल्ला,बाग्मतीको पानीले चोखीन नपाइएला, चन्दन सँगै जल्न नपाइएला तर मायामा दिएको ज्यान कहाँ खेर जान्छ र बिशाल ?
हुन त म अभागी ठहरीनेछु बिदेशको माटोमा पुरीँदा तर पनि माया भनेको माया हो ।
नेपाल रहँदा सम्म कोही कसैमा आँखा नपरे पनि यहाँ उनीमा आँखा पर्नु मेरो भाग्यको खेल हो बिशाल जे होगा देखा जायगा ।।।

नुर र राजको प्रेम देखेर मलाइ पनि डाहा हुन्थ्यो ।
मलाइ पनि प्रेममा डुब्न मन लाग्थ्यो ।
मरभुमी राप भित्र पनि राजको चमकता र मुस्कानले म सँधै प्रफुल्ल हुन्थे ।उनिहरुको प्रेम झाँगिदै थियो ।
कहिले भेटेर त कहिले फोन बाट नै लामो समय सम्म उनिहरुको कुराकानी चल्थ्यो ।
म कहिले काँही जिस्काउथेँ “राज तेरो त काम तमाम भो, भाउजु सँग मलाइ नि कुरा गरान त यार।
म पनि यसो सुनौ मेरी भाउजुको स्वर जुन स्वरमा राज अल्झिएको छ ।
मेरो कुरा सुने पछी राजले फोन लाउड स्पिकरमा राखेर सुनाउथ्यो ,
उता बाट आवाज आउथ्यो “ मिन हुवा ?”(को ऊ)
“ राजले नरम भएर जवाफ दिन्थ्यो :“सदीग”(साथी)”बिशाल । ।
उनीहरुको कुरा कती खेर सकिन्थ्यो मैलै कहिले पनि थाहा पाइन ।
म आफ्नै दुनियामा ब्यस्त हुन्थे उनीहरु आफै भित्र हराउथे ।

एक कान दुइ कान मैदान ।
उनीहरुको प्रेम नुरको घरपरिवारले थाहा पाए ।
उनका बाबा आमाले पुलीसमा कम्प्लेन गरे ।
ठुलो रडाको नै मच्चियो ।
अन्त्यमा राजलाइ फाँसी सुनाइयो ।
फाँसी हुने अन्तिम रात राजले एउटा पत्र लेखेको थियो र मलाइ भनेको थियो ।
राज यो पत्र एक चोटी पढेर नुरलाइ दे है ।
मैले किन हेर्नु राज ? भन्दा राज भन्दै थिए , सायद तैले नै उल्था गर्नु पर्ला बिशाल ।
मेरो आँखा भरी आँसु टम्म थिए ।
म डाँको छाडेर रुन पनि सकि रहेको थिइन ।
तर राजको आँखामा भने डर,त्रास,पिर भनेको पटक्कै थिएन ।
माया प्रतक्ष झल्किन्थ्यो ।
राजको पत्र लिएर म राज सँग अब अन्तिम पटक भेटेर फर्किदै छु भन्ने थाहा हुँदा मेरो मुटुले ठाँउ छाडी रहेको थियो ।
मैले भगवानलाइ लाख बिन्ती गरेँ तर पनि भगवानले राजलाइ बचाउला जस्तो लागेन।
म मन कठोर बनाउदै गाडी सम्म आँए र आफ्नो गाडी स्टार्ट गरेर अपार्ट सम्म आँए ।
मैले हतार हतार राजको पत्र खोँले अनी पढ्न थाँले ।

'मेरी नुर
जुनी जुनी जिउनु ल ।

तिमी त अन्तिम पटक भेट्न पनि आइनौ ।
तर पनि मलाइ दुख मन छैन ।
किनकी म तिमी जन्मेको माटोमा हाम्रो माया बिसर्जन गर्दैछु ।
तिमीले देखाएको सपनाको महलमा म जिन्दगी बिसर्जन गर्दैछु ।
भेट्दा,कुरा गर्दाको तिम्रो ब्यवहारले म तिमीमा नै समर्पित हुन्थेँ अनी अनौठो सपना देख्थे ।

तिमीलाइ मेरो सिमली भुवा उड्ने गाँउमा लगेर कोइलीको स्वर सँग दोहोरी खेलाउने ठुलो धोको थियो । तिमीलाइ थाहा छ नुर ?
मेरो घर पहाडमा छ ।
प्रकृतीको धनी मेरो गाँउ छहरा,पहरा,लहराले भरीपुर्ण छ ।
तिमीलाइ थाहा नै छ होला ।
पढेकी पनि हौली, म त सगरमाथाको देशको मान्छे ।
तिमीलाइ सगरमाथा घुमाउने रहर त रहरै भयो नुर ।
तर पनि मेरो ठम्याइ छ ।
त्याँहाको प्राकृतीक सौन्दर्यहरु तिमीलाइ देखेर मोहित हुने थिए ।
कोइलीले आफ्नो स्वर निकाल्नु पहिले तिम्रो स्वर सुन्न चाहन्थ्यो ।
अनी म तिम्रा हात समाएर सबैको सामु भन्थे- “आना हेब ईन्त नुर”(म तिमीलाइ माया गर्छु नुर ।)

हुन त तिम्रो र मेरो अन्तिम भेट यही पत्रमा हुनेछ ।
भाग्यमा भए प्रेम अमर भए अर्को जुनीमा भेटिनेछ ।
आस छ भर छैन यो भाग्यको ।
भगवानको मर्जी न हो ।
जे चाहन्छ उही हुन्छ ।
तिमी भगवान भन्दा बुझ्दिनौ होला ।
तिमीले भगवानलाइ “अल्ला” भनेर चिन ।
भगवान भन या अल्ला भन एक हुन मेरो नजरमा ।
तिम्रा बाबाले म हिन्दु भएकै कारणले मलाइ नकारेका हुन् मलाइ थाहा छ ।
तिम्रा बाबाले धर्म परिवर्तन गर भनेर नभनेको पनि होइन ।
तर मैले चाहिन त्यो ।
किनकी धर्म परिवर्तनमा के नै छ र ?
म जहाँ जन्मिए, जुन संस्कारमा जन्मिए, उही तरीका ले बाँचे ।
कसको निधारमा लेखीएको हुन्छ यो मुश्लिम,यो क्रीश्चीयन,यो हिन्दु ....... भनेर ।
हामीले मान्ने, प्रार्थना गर्ने शैली फरक हो तर भगवान एक हुन् ।
तिम्रो बाबालाइ सुनाइ देउ नुर ।
मेरो भगवान मानवता हो ।
तिम्रो बाबाको जस्तो अल्ला मेरो भगवान होइन ।
हाम्रो प्रेम लाइ आड बनाएर तिम्रो बाबाले लडेको धर्मयुद्ध होइन
त्यो त अहम् हो आफ्नो एरीयामा कुकुर पनि शेर हुने ।

धर्म फरक भएकै कारणले म जस्ता कती मेरा नेपाली दाजुभाइ दिदीबहिनी हरु यहाँ हेपीएको चेपीएको तितो यथार्थ छ ।
मान्छे आखीर मान्छे हो नी नुर, जात,धर्म, स्तर त हामीले बनाएकै त हो ।
तिमी नै भनत जन्मनु भन्दा अगाडी तिमी कुन धर्मको थियौ ?
काटे रगत त रातै आउछ नी हैन र नुर ?
कि हिन्दु को रगत रातो अनी मुश्लिम,क्श्चीयनको सेतो,हरियो हुन्छ
की हिन्दुको हरियो सेतो रगत हुन्छ तिम्रो बाबालाइ सोध है ।
हुन त तिम्रो बाबालाइ प्रेमको महत्व के थाहा ?
सँधै पैसाकै पछाडी कुद्छन् ।
पैसा दिएर धर्म परिवर्तन गर भन्छन् ।
पैसाले माया पाइने भए संसारमा सबै पैसावालहरुपुर्ण हुन्थे ।
उपहार दिँदैमा,कुनै एक बिशेष दिनमा माया जाहेर गरेर माया गरेको भन्ने सोच्ने तिम्रो बाबालाइ माया गर्न सिकाउ नुर ।
तिमीःलाइ त माया गर्न आउछ नी है ?

तिमी सँग भेट हुने यही अन्तीम हो ।
त्यसैले मलाइ यो पत्र टुङ्ग्याउन मन छैन अनी चाहन्न पनि तर पनि लामो गन्थनमा फस्दा लेख्दा लेख्दै अन्त्यमा तिमी सँग बिदा माग्न पनि नपाइयला की झै लाग्छ ।
त्यसैले हाम्रो भेट अब सक्नु पर्छ मैले ।
यो बेग रोक्नु पर्छ मैले जुन बेगमा म भावना पोखी रहेछु ।
हाइयाक्अल्ला या नुर,मासलाम !!
राज !!

दाइ के छ हो आजको हट न्युज ?
म झसङ्ग भए ।
सँगै काम गर्ने भाइ रहेछ ।आजको न्युज बबाल छ कुन्जन ।
के छ दाजु सुनौ न त हामी पनि ।
नुरले आत्महत्या गरीछे यार ।
को नुर ? राजकी नुर ?
अँ हो ।

त्यसले यतीका पछी किन आत्महत्या गरी त ?
थाहा छैन यार ।
मैले केही थाहा पाउन सकेको छैन ।
कारण के हो कसो हो अब पत्रीका पढ्न जानेको भए पो ।
एक छिन है मेल आएको रहेछ ।
अफिसीयल होला ।
मेल नयाँ ठेगाना बाट आएको थियो ।
मैले अल्मलीदै खोँले ।
अरबीमा लेखीएको भएर मैले पढ्न जानीन र कुन्जनलाइ भने ।
यार भाइ कसरी पढ्ने यो मेल अरबीमा छ त ?

उसले हाँस्दै भन्यो यार दाइ हजुर पनि, नेट बाट ट्रान्सलेट गर्नु न ।
यो जमानामा पनि यति कुराको के चिन्ता ?
मैले आज खासै सोच्न सकिरहेको थिइन अनी हो त नी है भन्दै ट्रान्सलेट गरेर पढ्न थाँले ।

'नमस्ते देवर बाबु
सञ्चै हुनु हुन्छ ?

मैले राजको बारेमा आज मात्र थाहा पाँए ।
मलाइ फोन,नेट सबै तिर बन्देज लगाइएको थियो ।
आज मात्रै सबै थोक बाट फुकुवा गरीएको हो ।
मलाइ मेरो साथीले एउटा भिडियो हेर्छस् भनेर दिएको थियो ।
त्यो भिडियोमा राजलाइ झुन्ड्याएर मारीएको रहेछ । जुन कुरा मैले सहन सकिन ।
भिडियो हेर्नु लगत्तै राजको पत्र पनि पाँए ।
उहाँ सँग मैले पनि पत्रमा भेँटे ।
बिशाल बाबु हजुरहरुले त मलाइ निष्ठुरी भन्ने सोच्नु भएको होला ।
त्यसैले मैले हजुरलाइ मेरो बारेमा भन्ने यही एउटा मेलको साहारा लिँए ।
म निष्ठुरी होइन बिशाल बाबु ।
मैले पहिलो पटक कसैलाइ प्रेम गरेको थिँए त त्यो राज थियो ।
अनी गर्नेछु त त्यो पनि राजलाइ ।
सत्यता थाहा नपाउदा सम्म त राज सँग भेट्ने आसा जिँउदो थियो तर सबै थाहा पाए पछी मैले जिउनुको अर्थ देखीन ।

म मेरो जिन्दगी अब अरुको नाम कसरी गरौ बिशाल बाबु ?
मेरा आमा बाबा चाहनु हुन्छ म अरु कसै सँग बिबाह गरौ ।
तर राजलाइ सुम्पियको यो तन मन कसरी म जिउदै मरेर अरुलाइ सुम्पिदै राजको मायालाइ अपहेलना गरौ ?
त्यसैले मैले आत्महत्या गर्ने निर्णय गरेँ ।
मैले गल्ती त गरीन नी है बिशाल बाबु ?
बिशाल बाबु मैले हजुरलाइ नदेखे पनि हजुरको बारेमा राजको ओठ बाट सबै सुनेको छु ।
त्यसैले हजुरले निर्दोष ठान्नु भयो भने म राजलाइ उ गएको ठाँउमा गएर मेरो मायाको सर्जिम बक्ने हजुरलाइ देखाउन सक्नेछु ।
मलाइ माफ गर्नुस् ल बिशाल बाबु ।।
उही हजुरको हुन नसेकी,
हजुरले फोनमा जिस्काउने,
हजुरकी भाउजु
'नुर' !!!

(फेसबुक पेज नेपाल दर्पणबाट साभार गरिएको ।)

गणेशमान गल्दा सागर चम्किए, दुष्मनको मोबाइलमा एसएमएस


२७ चैत, काठमाण्डौ । खान पाउने र नपाउने, अबसर पाउने र नपाउनेको लडाई माओवादीमा नौलो हैन् । तर खान पाएकाहरुवीचकै लडाईले अहिले वाईसिएल आक्रान्त भएको छ । त्यो पनि वाईसिएल अध्यक्ष गणेशमान पुन र उपत्याका इन्चार्ज सागरवीचको लफडा बिभाग गठन र जिम्मेवारी बाँडफाँडसम्म पुगेको छ ।

उपत्याकाको जिम्मेवारीबाट निर्वाचित क्षेत्र गुल्मी पठाइएपनि सागरले फेरि चलखेल गरेर उपत्यकामै आउने प्रयास गरेपछि वाईसिएल प्रमुख पुन र सागरपछि उपत्याकाको जिम्मेवारी सम्हालेका रामप्रसाद सापकोटा दीपशिखा सागरप्रति असन्तुष्ट भएको साँघु साप्ताहिकले छापेको छ ।

पछिल्लो समयमा वाईसिएल मातहत बेरोजगार युवा कोष बनाई वाईसिएललाई स्वयंसेवामा परिचालन गर्ने योजना बनाइएपनि त्यसमा कसले जिम्मेवारी लिने र कसरी संचालन गर्ने भन्ने बिषयमा सागर र पुनको समूहवीच बिबाद चर्किएको छ । पुन र सागर दुवै प्रचण्डका बिश्वासपात्र मानिने भएपनि सागरले तल्लो निकायबाट पैसा संकलन गरि हेडक्वाटरसम्म बुझाउने भएकाले प्रचण्डले पुनको भन्दा सागरको कुरा सुन्ने बताइएको छ ।

सरकारको स्वरोजगार कोषबाट करोडौं रुपैयाँ लिएका सागरले फेरि बेरोजगार युवा संघ र कोष बनाएर त्यस्तै आर्थिक चलखेल गर्न लागेको भन्दै पुनसहितको प्यानल असन्तुष्ट बनेको हो ।

यसैवीच पछिल्लो दिनमा ज्यानी दुष्मनजस्तै भएका प्रचण्ड पक्षीय मजदुर नेता शालिकराम जमरकट्टेल र वैद्य पक्षका नेता बद्री बजगाईवीच एसएमएस सम्बाद भएको छ ।

वैद्य पक्षको हालैको भेलाले बजगाईंलाई नेतृत्वबाट मुक्त गर्दै बिद्यार्थी नेता रामदिप आचार्यलाई जिम्मेवारी दिएपछि जमरकट्टेलले दुःख मनाउ गर्दै बजगाईलाई एसएमएस गरेको साँघु साप्ताहिकले नै छापेको छ । ‘तपाईले मजदुर आन्दोलनलाई यो उचाईसम्म ल्याउनुभयो तर, तपाईलाई जिम्मेवारीबाट मुक्त गरेको सुन्दा मलाई दुःख लागेको छ’ भन्दै शालिकले एसएमएस पठाएका थिए ।

बद्री र शालिक लामो समयसम्म सककार्य गर्दै संगठन बनाउनुका साथै जेलमा समेत संगै बसेका थिए । तर वैद्य र प्रचण्डपक्षवीचको संर्घषसँगै उनीहरुको दुरी बढेर कुटाकुट र पिटापिटसम्म पुगेको थियो ।

 अन्लाईनखबर डट कमबाट

माल्भिका र रियाज लगनगाँठो कस्दै


बिदुर खतिवडा
मिस नेपाल भएयता धेरैको आकर्षणको केन्द्र बनेकी सुन्दरी हुन्, माल्भिका सुब्बा। धेरै पुरुषका लागि डि्रम गर्ल बनेकी माल्भिका अब चाँडै  कसैकी हुने भएकी छिन्। नेपाली सुन्दरीहरूमा बौद्धिक सुन्दरीको ट्याग भिर्ने माल्भिका अपिलिङ फिगरमा बेजोडको वाकपटुताले थप आकर्षक  लाग्छिन्। तीनै माल्भिकाले विवाह गर्ने निधो गरेकी छिन्। रियाज श्रेष्ठका साथमा नयाँ वर्षको वैशाख १३ गते यी पूर्व नेपाल सुन्दरीले लगनगाँठो कस्ने पक्का भएको छ।

साप्ताहिकसँगको विशेष कुराकानीमा माल्भिकाले भनिन्- 'हो हामीले विवाह गर्ने निर्णय गर्‍यौं, विवाहको निम्ता कार्ड नछापुन्जेल यस विषयमा  कुनै पनि कुरा सार्वजनिक नगर्ने भन्ने थियो तर खबर बजारमा फैलिहाल्यो।' लामो समय अमेरिका बसेर हाल काठमाडौंमै बस्दै आएका  रियाजसँगको उनको तीनवर्षे अफेयर विवाहमा परिणत हुन लागेको हो। कार्यक्रमका सिलसिलामा अमेरिका पुगेका बखत माल्भिकाले पहिलो  पटक रियाजलाई भेटेकी थिइन्।

पोष्ट प्रोडक्सनमा रहेको गुड बाई काठमाडौंकी यी नायिका र रियाजबीचको अफेयरका समाचार बेलाबखत आइरहे पनि उनीहरूले आफ्नो  सम्बन्धका बारेमा खासै जानकारी दिएका थिएनन्। साप्ताहिकले केही समयअघि कुराकानी गर्दा प्रेमका बारेमा मज्जाले खुलेर बोलेकी  माल्भिकाले विवाहको निधो नहुन्जेलसम्म प्रेमी रियाजको नाम सार्वजनिक नगर्न आग्रह गरेकि थिइन्।

साप्ताहिकको गत भ्यालेन्टाइन अंकमा सर्वोत्कृष्ट आकर्षक महिला बन्न सफल माल्भिकाको सुन्दरता मिस नेपाल भएको १० वर्षपछाडि पनि  यथावतै छ। आफूलाई नियमित अपडेट गर्दै जानु उनलाई सर्वाधिक आकर्षक महिला बनाउने आधार बन्यो। सर्वेक्षणका क्रममा सहभागीहरूले  आफ्नो सुन्दरता कायम राख्न सक्ने भनेर उनको प्रशंसा गरेका थिए।

पछिल्लो समय अक्सर कार्यक्रममा माल्भिका र रियाजसँगै देखिने गरेका थिए। माल्भिका र रियाजले एक अर्कालाई राम्रोसँग बुझिसकेपछि यो सम्बन्धलाई वैवाहिक रूप दिन लागेका हुन्। आधुनिकतालाई राम्रोसँग बुझेका उनीहरूको विवाह गराउन दुवै परिवार अग्रसर भएपछि माल्भिका तथा रियाजले त्यो बाटोमा जाने निर्णय लिएका हुन्।

विवाहको औपचारिक निर्णय भैसकेपनि प्राविधिक रुपमा थुप्रै कार्य गर्नुपर्ने भएकाले माल्भिका यो खबर सार्वजनिक गर्न चाहिरहेकी छैनन्।  रियाज पनि माल्भिकाझैं मौन छन्। 'अब हामी विवाहको बाटोमा अग्रसर भएका छौं,' माल्भिका भन्छिन्- तर विवाह मिति अझै केही पर नै  भएकाले यो विषयमा बोल्न छिटो हुन्छ कि जस्तो लागिरहेको छ।

रियाज व्यवसायी हुन्। परम्परागत रूपमै उनी व्यापारिक पृष्ठभूमिका हुन्। कान्तिपुर कलेज अफ म्यानेजमेन्टबाट व्यवस्थापनमा स्नातक  उत्तीर्ण गरेर

अमेरिका गएका रियाज त्यहाँ ६ वर्ष बसेका थिए । फर्किएपछि रियाजले हाल नेपालमै आफ्नो व्यवसाय सुरु गरेका छन्। रियाजले  आइटी कम्पनी र आफ्नै साल्सा एकेडेमी सञ्चालन गरिरहेका छन्। उनको रुचिको क्षेत्र आइटी हो । त्यही भएर साथीसागको संयुक्त  लगानीमा उनले कम्पनी जेसफ्ट सञ्चालन गरिरहेका छन् । माल्भिका पनि अहिले गार्मेन्ट उद्योग र त्यसको आउटलेट संचालन गरिरहेकी  छिन्।

सन् २००२ मा मिस नेपाल भएपछि एकाएक चर्चामा आएकी माल्भिका सुब्बाले त्यसयता आफूलाई विभिन्न परिचयमा स्थापित गराइन्।  माल्भिका मिस नेपालमध्ये अग्रणी नामका रूपमा परिचित छिन्। टेलिभिजन कार्यक्रम प्रस्तोता, नायिका र पछिल्लो दिनमा उद्योगीका रूपमा  उनी क्रियाशील छिन्। उनले भारतीय टेलिभिजन च्यानलमा पनि कार्यक्रम प्रस्तोताका रूपमा काम गरिसकेकी छिन्।

'गड लिभ्ज इन द हिमालयन' डेब्यु नायिका माल्भिका शारीरिक एवं बौद्धिक हिसाबले अब्बल रहेकैले हुनसक्छ, सानै उमेरदेखि आकर्षणको के न्द्रमा रहिन्। उनको आकर्षणमा पागल हुनेहरू धेरै निस्किए। प्रेममा मानिस किन पागल हुन्छ ? 'विचरा' हास्दै माल्भिकाले केही समय अघि  साप्ताहिकलाई भनेकी थिइन्- 'परिपक्वताको कमीले, नबुझ्ने उमेरमा उसले प्रेम गरेको छ भने, म यो मान्छेबिना बाँच्नै सक्दिन भन्ने  अनुभूति हुन्छ, अनि ऊ पागल हुन्छ।' माल्भिकालाई मन पराउने क्रममा घर, बुबा आमा त्याग्ने, उनकै लागि वर्षौ पछ्याउनेहरू पनि थिए, जो  कालखण्डमा रोएका पनि थिए, तर माल्भिका उनीहरूको त्यो अपरिपक्व प्रेममा परिनन्।

परिपक्वताले पनि प्रेममा ठूलो अर्थ लाग्ने बताउने माल्भिकाका अनुसार उमेर बढ्दै जादा सोचमा आउने परिवर्तनले आफू को हो ? के हो ?   कहाँसम्मको यात्रा गर्नु छ ? भन्ने महसुस भएपछि प्रेमलाई सही ढंगले बुझ्न सकिन्छ।

विवाहको मोडमा आइपुग्दा माल्भिका र रियाज एकदमै खुसी छन्। तीन वर्षअघि अमेरिकामा भेट हुदा त्यो चिनजान विवाहमै परिणत होला  भन्ने उनीहरूले सोचेका पनि थिएनन्। 'सामान्य चिनजान थियो, त्यो सम्बन्ध पछि गएर आफैं प्रेममा बदलियो।' माल्भिकाले भनिन्- 'साथी हुँदै  एक वर्षअघि गहिरो प्रेममा पुगेको यो सम्बन्धलाई प्रगाढ बनाउन फेसबुक र अन्य कम्युनिकेसनले अझ मद्दत गरेको थियो।' अमेरिकाको कार्यक्रम सकिएपछि माल्भिका त नेपाल फर्किइन्, त्यसबीच उनीहरू फोन कुराकानी गर्थे। एकअर्कालाई भित्रभित्रै मन पराउन थालिसकेका उनीह रूका निम्ति कम्युनिकेसन गर्न सात समुद्रपारिको दुरीले कुनै अवरोध गर्दैनथ्यो, तर रियाज मन पराएको व्यक्तिबाट टाढा नबस्न नेपाल नै  फर्किए। आफ्नै देशमा केही काम गर्ने उनको योजना बन्यो।

रियाज काठमाडौं आइसकेपछि उनीहरूबीच आफ्ना योजना र लक्ष्यका सम्बन्धमा थुप्रै कुराकानी भए। उनीहरूको धेरै विचार मिल्थ्यो, त्यहि  भएर माल्भिका रियाजसँगको संगतमा दिनप्रतिदिन नजिकिँदै गइन्। रियाज स्वार्थी, अविश्वासी र शंकालु घेरामा रहने पुरुषहरूभन्दा फरक थिए।  

'एकदिन उसले सिनेमा हेर्न जाने प्रस्ताव राख्यो,' माल्भिका सम्झन्छिन्- 'त्यहींबाट औपचारिक डेट सुरु भएको थियो, संगत गर्दै जाँदा यो  मानिस मलाई मनपर्न थालेको अनुभूति हुन थाल्यो, एक दिन उसले आई लभ यू भन्यो। मैले पनि हरियो झन्डा उठाइदिएँ।' जोसँग पनि  एकदमै राम्रो बोल्ने, गफ गर्ने, जोक गर्नुपर्ने, जुनसुकै काममा अत्तालिँदा ढाडस दिँदै सहयोग गर्ने र विशेष गरी मजस्तै किसिमको मानिस  भएकाले हाम्रो जोडी जमेको छ, -उनले थपिन्।

'आजको युगमा आफू पनि काम गर्ने, मायालुलाई पनि काम गर्न वातावरण बनाइदिने, एक-अर्कामा समझदारी राख्न सक्ने, एकअर्काको  भावना बुझ्ने प्रेमनै जिम्मेवार प्रेम हो भन्ने माल्भिकाले त्यो गुण रियाजमा पाएको बताएकी थिइन्। माल्भिकाका अनुसार सरल भाषामा भन्दा  मायालुको टेन्सनलाई हल्का गरिदिने, सहयोग गर्ने भावना जिम्मेवार प्रेम हुनसक्छ।

माल्भिका र रियाजबीचको प्रेमले विवाहको गन्तव्य पाउनुका पछाडि उनीहरूबीच कुनै कुरा अपारदर्शी नहुनु पनि हो। 'प्रेम सम्बन्ध दिगो  बनाउन प्रेमी प्रेमिकाले एक-अर्कामा आफ्नो विगत देखि वर्तमानसम्मको सम्बन्ध तथा अन्य कुरा पनि पारदर्शी राख्नुपर्छ,' माल्भिकाले भनिन-  'यो मेरो अनुभव हो, अहिलेको सम्बन्धमा हामी दुवैले एक-अर्कासँग कुनै कुरा लुकाएका छैनौं।'  हाउस अफ अल्टरनेटिभ अपरेल कम्पनी  स्थापना गरेर आफ्नै ब्रान्डका पहिरन नेपाली बजारमा बिक्री गर्दै आएकी माल्भिका नेपाली महिलाका रूपमा विश्वभर पहिचान राख्ने  महत्त्वाकांक्षाका साथ बढेकी छिन्। अहिले माल्भिकाको लक्ष्यलाई पूरा गर्न रियाजले साथ दिएका छन्। उनले भनिन्- 'मैले खोजेजस्तो  जीवनसाथी पाएकी छु, यसले मलाई लक्ष्यमा पुग्न थप मद्दत गर्नेछ।'
कान्तिपुर दैनिकबाट

"हो, म कोठीमा बेचिएकी थिएँ"

Published on: //

'नवौं दिन आएको काले भने नरपशु रहेछ । उसलाई मेरो कुनै कलाले छोएन - म नाचगान गर्दै थिएँ, उसले फुतफुती लुगा फाल्यो । कट्टु समेत फाल्यो । पेन्टको गोजीबाट चुरोट र लाइटर झिक्यो । उभिएरै दुई-तीन सर्का तान्यो । अनि ओठमा चेपेर मलाई च्याप्प समात्यो । मेरो लुगा पनि फुतफुती फाल्यो । मैले प्रतिकार गरें, चिथोरें । नङग्य्राएँ, टोकें, अहँ, केही सीप लागेन । कर्‍याकुरुक पारेर पछार्‍यो । लडायो । मेरा दुवै हात एक-एकतिर थिच्यो । चुरोटको धुवाँ मेरो नाक र मुखभरि फुक्यो । खुट्टा फटफटाउँदै थिएँ, बुटले नङ, औंलामा थिच्यो । अनेक बिन्ती गरें, रोएँ । मुखबाट फिँज निकालें, मेरा सबै प्रयास निष्फल भए । हात्तीले भुसुनु किचे झैं किच्यो मलाई... ।'

यो आत्मस्वीकृति पूर्वसांसद तथा एमाले नेत्री गौरा प्रसाईंको हो । झापा विद्रोहकी एक पात्र उनी १४ वर्षकै उमेरमा भूमिगत भएकी थिइन्, मोरङको पथरीबाट । स्कुल पढ्दै पञ्चायतविरुद्ध कम्युनिस्ट आन्दोलनमा लागेकी उनी लामो समय जेल परिन् । प्रजातन्त्र पुनर्बहालीपछि सांसद बनेकी उनी हाल एमाले केन्द्रीय सदस्य र अनेम संघकी नेत्री हुन् ।

छिटपुट स्तम्भ लेखनमा समेत चिनिएकी ५३ वषर्ीया प्रसाईंले यतिका लामो समयपछि भूमिगत कालका कथा-व्यथा पुस्तकाकारमा ल्याएकी छन् । 'मेरा जीवनका पाना' मा उनले आफूलाई नढाँटी व्यक्त गरेकी छन् । 'अरू पीडित महिलाहरूको लागि पनि मैले ढाँट्नु हुन्न थियो,' उनले बिहीबारको भेटमा सुनाइन्, 'हो, म कोठीमा बेचिएकी थिएँ ।'

२०२८ यता राजनीतिमै जीवन बिताइरहेकी प्रसाईंको जीवनको सुरुआती कटु भोगाइ उनको परिवारका सदस्यलाई मात्रै थाहा थियो । नारी उत्पीडन र नारीप्रति दृष्टिकोणमा अझै परिवर्तन नआएको दाबी गर्ने उनले आफ्नो आत्मकथा मार्फत 'एउटा चेतना' निर्माण होस् भन्ने चाहेकी बताइन् । झापा विद्रोहका सूत्रधार सिपी मैनाली, मोहनचन्द्र अधिकारी, नेत्र घिमिरे, कृष्ण कुइँकेल लगायतको प्रभावमा आन्दोलनमा लागेकी उनी प्रहरीको आँखा छल्न घरबाट भागेर भारत पस्दा सिलिगुडीस्थित जलपाइगुडी रेल स्टेसनबाट अपहरण परेकी थिइन् । त्यहाँबाट वेश्यालय पुर्‍याइएकी उनले २२ दिन नारकीय जीवन बिताइन् ।

'एक साँझ डरलाग्दो बिहारी आयो, एक छिन आँखा पल्टाएर मलाई हेर्‍यो,' प्रसाईंले किताबमा लेखेकी छन्, 'माल त अच्छा रै'छ, ल ठीक पर' भन्दै कपडा फुकाउन थाल्यो । त्यसको ज्यान हेर्दै मेरा हातखुट्टा बाउँडिए । वाक्यै आएन । उसले एकैचोटि यसरी झम्ट्यो कि मेरो त कानबाटै सास गयो । चीलले नंग्राले चेपेर रुवाउँदै आकाशमा उडाएको कुखुराको चल्लाजस्तै भएँ म ।' घर छाडेर निस्केपछि वेश्यालयमा भोगेका पीडा, त्यहाँबाट उम्केपछिको जेलयात्रा, कस्टडीको यातना, घर परिवारसँगको विछोड, प्रवासी जीवन, विवाह हुँदै २०४६ को परिवर्तनसम्म समेटिएको यो आत्मकथा उनले १३ वर्षअघि नै लेखेकी रहिछन् । 'लेखेर पहिलो पटक मैले जेठी छोरी -सञ्जिता) लाई देखाएँ,' उनले भनिन्, 'उनले छाप्नुपर्छ भनिन् ।'

लेख्न भने उनले ३० को दशकमै सुरु गरेकी थिइन् । वेश्यालयबाट निस्केपछि कोलकातामा भेटिएका लक्ष्मण रायमाझीलाई आफ्नो कथा सुनाउँदा डायरी लेख्न अभिप्रेरणा दिएको सुनाउँदै उनले आफ्नै पति गोविन्द कोइरालाले पनि बरोबर प्रोत्साहन दिइरहेको बताइन् । 'उहाँ (पति) ले जति त मलाई अरूले बुझ्नै सक्दैनन्,' उनले भनिन्, 'पार्टी कामदेखि जिन्दगीका सुखदुःखमा हामी सँगै रह्यौं ।' सबै कथा सुने/सुनाएपछि बिहे भएको भन्दै उनले 'धेरैले असली कथा लुकाउने भए पनि आफूमा त्यो ढोङ नरहेको' दाबी गरिन् । 'पञ्चायत फाल्न र प्रजातन्त्र ल्याउन परिस्थितिवश म बेचिएँ,' उनले भनिन्, 'मैले के बिगारेकी थिएँ र डराउने ? जानाजान वेश्यालय गएकी त थिइनँ नि ।'

जनता र कार्यकर्ताले गरेको योगदान र बलिदानको सम्मान गर्ने र त्यसबाट सिक्ने काममा अहिले प्रायः सबै पार्टीहरू चुकिरहेको स्विकार्दै उनले आफ्नै पार्टीभित्र पनि त्यस्तो गलत प्रवृत्ति झ्याँगिरहेको बताइन् । 'मैले यो आत्मकथालाई उहिल्यै पार्टीको सम्पत्ति स्वरूप प्रकाशन गर्नुस् पनि भनेकी थिएँ,' शुक्रबार सार्वजनिक हुने किताबबारे उनले भनिन्, 'तर, वास्ता गरेनन् ।' अन्य निजी प्रकाशनहरूलाई दिँदा सम्मानभन्दा पनि 'व्यापरीकरण र दुरुपयोग' बढी हुने शंकाका कारण यतिका वर्ष पाण्डुलिपि त्यत्तिकै थन्किएको उनले सुनाइन् ।'पछि मेरा यी कथाहरू दुनियाँले पढ्नुपर्छ जस्तो लाग्यो,' साझा प्रकाशनले छापेको किताबबारे उनले भनिन्, 'अनि छापें ।'
कान्तिपुर दैनिक्बाट

ख्यालख्यालमै १८ पटक सुत्केरी, ४० नाति-नातिना


१२ सन्तान जीवित, ४० नाति-नातिना
कमल थापा,
नेपाली समाजमा दुई सन्तान ईश्वरका वरदान भन्ने उखान परम्पराकालदेखि चलिआएको छ। तर, रुकुम चौखावाङ-९ की ६१ वर्षीया खिर्मीदेवी खत्रीको जीवनमा भने सन्तानले डाँडाकाँडा ढाकून् भन्ने उखान फलिफाप भएको छ। उनले जीवनमा १८ औं सन्तान जन्माएकी छिन्।  १६ वर्षको उमेरमा परम्परागत विवाह गरेकी खिर्मीदेवीले १७ वर्षको उमेरमा पहिलो सन्तानका रुपमा छोरी जन्माएकी थिइन्। त्यसदेखि लगातार ४८ वर्षको उमेरसम्मा सन्तान मात्रै जन्माइन्। कुनै वर्षेनी र कुनै २ वर्षको अन्तरमा ।

१८ सन्तानको जन्म दिएकी खिर्मीदेवीका ६ छोरा र ६ छोरी गरी अहिले १२ सन्तानमात्र जीवित छन्। ४ सन्तानको कुपोषणले गर्दा वाल्यावस्थामै मृत्यु भयो। २ सन्तान महिना नपुग्दै गर्भमै मृत अवस्थाको जन्माइन्। जीवित १२, मृत्यु भएका ४ र गर्भमै मृत्यु भएका २ गरी उनले १८ औं पटक प्रसवको पीडा ब्यहोरेकी छिन्। एकातिर अशिक्षा र अज्ञानताका कारण र अर्कातिर छोराकै आशमा आफूले धेरै पटक प्रसव पीडा सहनुपरेको उनको भनाई छ। लगातार ५ छोरी जन्मेपछि छोराको जन्म भयो।

त्यसपछि छोराछोरी हुँदै अन्य सन्तानको जम्म दिएको उनको भनाई छ। यसबीच २ सन्तानलाई गर्भमै मृत अवस्थामा जन्माइन्। २ छोरी र २ छोरा विभिन्न उमेरमा बिते। विवाह गरेकी १९ वर्षकी छोरीको समेत मृत्यु भयो। अर्की १ छोरीको ५ वर्षको उमेरमा मृत्यु भयो। त्यस्तै २ छोराका मृत्यु भने वर्ष दिन नपुग्दै भएको उनले बताइन्। जीवित ६ छोरी र ५ छोराको विवाह भइसकेको छ। १ छोराले विवाह गर्न बाँकी छ।

बारम्बार सुत्केरी हुनुपर्ने बाध्यता, पोषिलो खानपिनको अभाव हुँदासमेत खिर्मीदेवीको स्वास्थ्यमा कमजोरी देखिए पनि छोरा नै हुनुपर्ने सामाजिक कुरीतिले गर्दा उनलाई वर्षेनी सुत्केरी हुनुपर्ने विवशता आइरह्यो। 'सुत्केरी हुँदाहुँदा शरीर नै कमजोर भयो तर समाजलाई देखाउनकै लागि छोराका आशमा धेरै जम्माएँ।' छोरा वा छोरी जन्माउने कुरामा पुरुषमा भर पर्ने भए पनि सबै ग्रामीण समाजमा महिलालाई नै दोष दिने भएकाले महिला पीडित हुँदै आएका छन्। 'छोरा नहुँदा स्वर्गको ढोका खुल्दैन भन्ने समाजलाई जवाफ दिनकै लागि वर्षेनी सुत्केरी हुने बाध्यता आइलाग्यो।' परिवार नियोजनको चेतना नहुँदा जन्मान्तरसमेत हुन नसकेको उनको भनाई छ।

'हाम्रो पालामा जन्मान्तरका लागि औषधी खाने चलन थिएन, त्यसमा पनि छोराको आशमा छोरी छोरी मात्र भएपछि त लगातार जन्माउन करै भयो।' श्रीमानको मृत्यु नभएको भए अझै जन्मन सक्ने उनले बताइन्। उनका श्रीमान चुडामणिको ९ वर्षपहिले मृत्यु भइसकेको छ।

आफूले छोराका लागि १८ सन्तान जन्म दिए पनि अरुलाई भने छोरीलाई पनि छोरा सरह मान्न आग्रह गर्छिन्। आफ्नो पीडा जस्तै अरु महिलालाई नहोस् भनेर छोरी बुहारी र गाउँघरका महिलालाई समेत २ सन्तानमात्र जन्माउन सल्लाह दिन्छिन्। 'मेरो जस्तो प्रसव पीडा अरुले भोग्न नपरोस् भनेर जुन सन्तान जन्मे पनि २ सन्तान मात्र जन्माऊन्।' जीवित १२ छोराछोरीका गरी ४० जना नाति-नातिना छन् उनका।

नागरिकन्युज डट कमबाट

मलाई बिहेको हतार छैन: केटलिन पन्त

हिजोसम्म उनी प्रतीक थिए, कलाकार सन्तोष पन्तका कान्छा छोरा । आज उनी केटलिन भएकी छिन्, पन्त परिवारकै कान्छी छोरीका रूपमा । केही समयअघिसम्म उनी टिसर्ट र पेन्ट लगाउँथिन्, बाध्यतामा । अब खुलेर लेडिज पहिरन लगाउन थालेकी छिन् । उसै त मृगनयनी, त्यसमाथि कोश मिलाएर गाजल लगाउँदा उनका आँखा कम राम्रा देखिँदैनन् । अनुहारको सेप, शारीरिक संरचना एवं हाउभाउले उनी कुनै नायिका भन्दा कम देखिन्नन् । बोलीमा पनि किशोरीझैं मादकता झल्कन्छ । नेपाली समाजमै सार्वजनिक भएको पहिलो लिंग परिवर्तन गर्ने ब्यक्ति केटलिनसंग कान्तिपुर दैनिककी अश्विनी कोइरालाले बिस्तृत कुराकानी : 


तपाईं महिला कि पुरुष ?

म महिला नै हुँ। पुरुषजस्तो देखिन्छु र ?
होइन, महिला नै देखिनुहुन्छ र साहै् राम्री पनि हुनुहुन्छ। एउटा पुरुष यति सुन्दर कसरी हुनसक्छ भनेर म पनि छक्क परिरहेको छु।
हो, साथीहरूले पनि मलाई निकै राम्री भन्छन्। विशेषगरी मेरो आँखा मन पराउँछन्। 
मलाई पनि तपाईंको आँखा मन पर्‍यो। अनुहार पनि साह्रै मिलेको छ। प्लास्टिक सर्जरी गरेर बनाउनुभएको हो ?
होइन, सबैलाई यस्तै भ्रम छ। यो सबै प्राकृतिक हो। 
कुन-कुन अङ्ग प्राकृतिक हुन् ?
मेरो अनुहार, आँखा, स्तन र मेरो स्वर। मेरो स्वर केटाको जस्तो छ र ? महिलाको जस्तो छैन र ?
निश्चय नै तपाईं पुरुषबाट महिला हुनुभएको भन्ने कुरा झट्ट हेर्दा विश्वास लाग्दैन, कतिपय मानिस त तपाईं केटी नै हुनुहुन्थ्यो, चर्चामा आउन यस्ता हल्ला चलाउनुभएको भन्छन्, किन होला ?
किनभने हाम्रो समाज नै त्यस्तै छ। मैले आफ्ना बारेमा कुनै कुरै गरेकी छैन। बाहिर-बाहिर के-के कुरा चल्छन्, त्यसको पछि लागेर साध्यै छैन। मजस्ता लिङ्ग परिवर्तन गर्ने अरू पनि हुन सक्छन्। मेरो बुवा चर्चित कलाकार भएका नाताले मेरा बारेमा बढी चासो भएको हो। मानिसहरूले नचाहिँदो कुरा गर्छन् भनेरै म प्रेसमा आउन नचाहेकी हुँ। यो मेरो निजी जीवन हो। मलाई मेरो तरिकाले बाँच्न दिनुपर्छ। 
कतिपय ब्लग र समाचारमा तपाईंका बारेमा धेरै कुरा आएका छन्, के-के सत्य हुन् ?
ती सबै मसँग नसोधी हावाका भरमा लेखिएका हुन्। जथाभावी कुरा लेखेर मेरो मानव-अधिकारको हनन गरिएको छ। विदेशमा भए जथाभावी लेख्नेलाई मानहानिका रूपमा ठूलो सजाय हुन्थ्यो। यहाँ त्यस्तो प्रचलन छैन। तपाईंबाहेक मैले अरूसँग प्रेसका लागि कुरा पनि गरेकी छैन। 
तपाईंलाई प्रेसमा आएका कुन-कुन कुरामा आपत्ति छ ?
जस्तो चर्चाका लागि भनेर जुन कुरा भन्नुभयो, त्यो नै आपत्तिजनक छ। म फोटो सेसन गर्न चाहन्नँ। मलाई टेलिभिजनमा देखिनु छैन। किनभने म चिडियाखानाको जनावरजस्तो हुन चाहन्न। मान्छेले मलाई मायाले हेरून्। भोलि मैले विवाह गर्नुपर्छ। मेरो प्रेमी हुनसक्छ, श्रीमान् हुनसक्छ। मैले पनि घर-परिवार बसाउनुपर्छ। पहिलै यो त ट्रन्सजेन्डर भन्यो भने त मेरो भावनामाथि ठूलो खेलवाड हुन्छ। म मनोरञ्जनको साधन बन्न सक्छु। म भर्खर १८ वर्षकी भएँ, मैले लामो जीवन बाँच्नु छ। अहिले चर्चाका लागि सानो भूल गर्ने वित्तिकै भोलिको जीवन अप्ठारो हुनसक्छ। मैले आफ्नो स्तनमा टाटु खोपाएको कुरा, थाइल्यान्डमा अप्रेसन गर्न जाँदा भिसा नलागेको कुरा, मेरो ब्वाइफ्रेन्ड छ भन्ने कुरा सबै गलत हुन्। कान्तिपुर दैनिकमा आएका कुराचाहिँ सत्य हुन्। ब्लग वा वेबसाइटमा आएका कुरा आधिकारिक होइनन्।  
एक महिनाअघिसम्म तपाईं पुरुष हुनुहुन्थ्यो, आज कसरी महिला ?
मानिस शरीरले अर्कै र मनले अर्कै हुनसक्छ। व्यक्ति मनले जे हुन्छ, वास्तवमा उ त्यही हो। कोही पुरुष स्वभावले महिला र शरीरले पुरुष हुन सक्छन्। कोही स्वभावले पुरुष र शरीरले महिला हुन सक्छन्। म शरीरले पुरुष थिएँ, तर मनले स्त्री थिएँ। अप्रेसनपछि म साँच्चैको महिला भएकी हुँ। 
कुनै व्यक्ति मनले के हो भनेर कसरी थाहा पाउने ?
उसको स्वभावले बताउँछ। हाम्रो जस्तो समाजले तिमीले जस्तो अङ्ग पायौ, त्यस्तै व्यवहार गर भन्छ, तर त्यस्तो नहुँदो रहेछ। शरीरको अङ्ग पुरुष भए पनि कतिपय व्यक्तिमा महिला जस्तो स्वभाव हुँदो रहेछ। कसैले म महिला हुँ भन्छ भने अरु व्यक्तिले तँ पुरुष नै होस् भनेर जबरजस्ती गर्न मिल्दैन। 
मानिसहरू यस्ता व्यक्तिलाई तेस्रोलिङ्गी भन्छन्। नेपालको कानुनले पनि तेस्रोलिङ्गी हुन्छ भनेर स्वीकार गरेको छ। यस्तो अवस्थामा तपाईं पुरुष वा महिला नभएर तेस्रोलिङ्गी हुनुभएन ?
मानिसहरू एउटा महिला वा पुरुषलाई किन जबर्जस्ती तेस्रोलिङ्गीको बिल्ला भिराइदिन्छन् भन्ने कुरा मैले बुझ्न सकेकी छैन। म हिजो पनि महिला थिएँ, आज पनि महिला नै हुँ। हो, पुरुषजन्य अङ्गका कारण मेरो नागरिकता पुरुषका रूपमा बन्यो। भिसा पनि त्यहीअनुसार लाग्यो। किनभने म मनले के हुँ त्यो कुरा सोध्ने आवश्यकता सरकारले महसुस गरेन। संसारमा कि त पुरुष हुन्छ, कि महिला। यो तेस्रोलिङ्गी भन्ने कुरा हुँदैन, हुनुहुँदैन। यदि तेस्रोलिङ्गी हुन्छ भनेर स्वीकार गर्ने हो भने सबै स्थानमा तीन किसिमका ट्वाइलेट बनाइदिनुपर्छ, महिलाका लागि, पुरुषका लागि अनी तेस्रोलिङ्गीका लागि। हाम्रो परिवार विश्वका सबैजसो विकसित देशमा पुगेको छ, कहीँ पनि तीन किसिमका ट्वाइलेट कसैले देखेनन्। म पनि अमेरिका, अस्ट्रेलिया र थाइल्यान्ड पुगे, मलाई पनि यस विषयमा चासो थियो, तर पाइन। यो त विदेशबाट डोनेसन खाने कुरा मात्र हो भन्ने लाग्छ। 
नेपालमा ब्लु डाइमन्ड सोसाइटी भन्ने संस्था छ, जसले तपाईंजस्तो समस्या भोग्नेहरूलाई सहयोग गर्छ, उसकै अगुवाइमा तेस्रोलिङ्गीको अधिकारका सम्बन्धमा संसद्मा छलफल भएर कानुन बन्यो, तपाईं यसलाई अस्वीकार गर्दै हुनुहुन्छ, अचम्म होइन ?
मलाई कुनै संस्थाको विरोधमा बोल्नु छैन। म यति मात्र भन्छु संसारमा दुई किसिमका मान्छे हुन्छन्, महिला वा पुरुष। तेस्रोलिङ्गी भन्ने हुँदैनन्। पुरुषको जस्तो अनुहार वा महिला जस्तो अनुहार हुनेबित्तिकै उसलाई तेस्रोलिङ्गी भनेर छुट्याउनु अपराध हो। उसको मानवअधिकारको हनन हो। व्यक्ति झुक्किएर गलत अंग लिएर जन्मन सक्छ। त्यसको उपचार छ। मैले त्यस्तै उपचार गराएर फर्किएकी हुँ। यो ठूलो कुरा होइन। 
जतिबेला तपाईं पुरुष शरीरमा महिला हुनुहुन्थ्यो, त्यस्तो बेलामा सहयोग गर्ने संस्था वा व्यक्तिको खाँचो भयो होला। त्यसबेला तपाईंले पनि ब्लु डाइमन्ड सोसाइटीजस्ता संस्थामा गएर सल्लाह गर्ने योजना बनाउनु भएको थियो होला होइन ?
आफूमा केही समस्या छ र यस्तो समस्या बारेमा सहयोग गर्ने संस्था छ भनेपछि चासो लाग्नु स्वाभाविक हो। मैले पनि ब्लु डाइमन्ड सोसाइटीमा फोन गरेर चासो राखेकी थिएँ, तर मेरो चासो भनेको म महिला हुँ र महिला हुन चाहन्छुभन्दा मलाई तिमी तेस्रोलिङ्गी हौ भनेर कन्भिन्स गर्न खोजियो। जब म मनैदेखि महिला हुँ भने म कसरी तेस्रोलिङ्गी भएँ ? बेसिक कुरा नै नमिलेपछि मैले चासो राख्न छाडिदिएँ। 
जे होस् तपाईं आफूलाई पहिलेदेखि नै महिला मान्नुहुन्थ्यो ?
पहिले मान्दिनथेँ। अरू बालबालिकाजस्तै मलाई पनि महिला के हो र पुरुष के हो ? भन्ने नै थाहा थिएन। सात कक्षा पुगेपछि मलाई लाग्यो, ममाथि केही गडबड भएको छ। मेरो मन र शरीरबीच तारतम्य मिलेको छैन। यो त्यही उमेर हो, जुन उमेरमा आफ्नो संवेदनशील अंगप्रति चासो हुन्छ। 
जस्तो ?
जस्तो मसँग पुरुष अंग थिए। ती स्वस्थ र सबल हुँदै थिए। मेरो नाम प्रतीक थियो। यसले पनि पुरुषकै प्रतिनिधित्व गथ्र्यो तर म त्यो शरीर र त्यो नामप्रति कहिल्यै आकषिर्त हुन सकिनँ। मलाई लाग्थ्यो, पुरुष अंग र पुरुष नाम, जसले मलाई प्रतिनिधित्व गर्छन्, यी दुवै म होइन। तर यद्यपि के हुँ भन्ने कुराचाहिँ मलाई त्यतिबेला थाहा भएन। 
जब शरीर र मनबीच तारतम्य मिल्दैन, मान्छेमा के-के समस्या आउँदो रहेछ ?
मान्छे कन्फ्युज्ड हुँदो रहेछ। म यो होइन भने म के हुँ त ? जस्तो दाजुहरू क्रिकेट खेल्न ब्याड बोकेर जाँदा म आमासँग सपिङ जान मन पराउँथे। यसको अर्थ यो होइन कि मलाई खेलकुद मन पर्दैन। म स्कुलमा राम्रो खेलाडी थिएँ, तर पुरुषको समूहमा पुरुष खेल खेल्दा म आफूसँग प्रश्न सोधिरहेकी हुन्थे, म यहाँ के गरिरहेकी छु ? के म यिनीहरूकै साथी हुँ ? वा अरू कोही मेरा साथी हुन सक्छन्। यहि कन्फ्युजनका कारण मेरा केटा साथी पनि उत्तिकै भए, केटी साथीहरू पनि उत्तिकै। समाजले भन्छ, तँ केटा होस्, केटासँग हिड। मनले भन्छ, तँ केटी होस्, केटी साथी बना। त्यही भएर मेरा केटा र केटी साथी बराबर भए। 
यसले पढाइमा केही समस्या ल्यायो ?
म पढाइमा कहिल्यै कमजोर भइन र छैन पनि, तर घुम्न जाने, खेल्न जाने समयमा चाहिँ म कन्फुज्ड हुन्थे। परिवारले भने मलाई भङ्कु भन्थ्यो, थाहा पाएर वा नपाएर छोरी झैं व्यवहार गर्थ्यो। त्यसमा मलाई रमाइलो पनि लाग्थ्यो। 
परिवारले छोरीको जस्तो व्यवहार गर्थ्यो, भन्नुको अर्थ ?
जसले जे भने पनि नेपाली समाजमा छोरीप्रति गरिने व्यवहार फरक छ। मेरो दाजु साकार राति अबेला घर फर्कंदा उसलाई केही भनिँदैनथ्यो। म अलि ढिला घर आउँदा मलाई किन ढिला, कहाँ गएको थिइन् भनेर प्रश्न गरिन्थ्यो। सामान्य केटा भएको भए रिसाउँथे होला, तर म त्यसलाई मायाका रूपमा लिन्थे। बरु घरमा मलाई जे मन लाग्यो, त्यही गर्न दिँदाचाहिँ पीडा हुन्थ्यो। मलाई माया गर्दैनन् भन्ने लाग्थ्यो। 
जस्तो किशोर हुँदै जाँदा यौनको चाहना बढ्दै जान्छ, तपाईंलाई पुरुषको जस्तो चाहना हुन्थ्यो कि महिला जस्तो ?
यो त गाह्रो कुरा हो। मलाई पुरुषको चाहना कस्तो हुन्छ, कहिल्यै थाहा भएन। साँच्चै भन्ने हो भने मलाई यौनको चाहना नै भएन। मेरा साथीहरू सधैं पढ्नमै तल्लीन हुन्थे। मैले केटा-केटी दुवै थरीका साथीको संगत गरें, तर दुवै थरीका साथी कसैले पनि मसँग यौन वा प्रेमको कुरा गरेनन्। म अरूभन्दा फरक छु भन्ने थाहा पाएर केही नभनेका हुनसक्छन् वा राम्रो सर्कल भएका कारण यस्तो हुन सक्छ। मैले कहिल्यै यौन र प्रेमको विषयमा सोच्नै पाइन्। 
अहिले आफूलाई पूर्णरूपमा महिलाका रूपमा पाउँदा कस्तो सोच आउँछ ?
अब चाहिँ कसैले माया गरोस्, मेरो राम्रो पुरुषसँग विवाह होस्, घरजम होस् भन्ने कल्पना आउन थालेको छ। तर यो दुई चार दिनयताका कुरा हुन्। अप्रेसन गर्न जाँदा जुन किसिमका व्यक्तिहरूसँग मेरो भेट भयो, त्यसले मलाई महिलाले सोच्ने कुरा र मैले सोच्ने कुरा एउटै रहेछ भन्ने थाहा भयो। 
तपाईंलाई एकैपटक पुरुषबाट महिला बन्न मन लाग्यो कि विस्तारै, किनभने यो त निकै ठूलो निर्णय हो, यसका लागि त ठूलो साहस चाहिन्छ, होइन र ?
निकै ठूलो, आममान्छेले यसलाई लहड मान्न सक्छन्। मैले कति ठूलो मानसिक लडाइँ गरें, परिवारले कति बोल्ड डिसिजन गर्‍यो, यसको कल्पना पनि गर्न सकिँदैन। पहिले परिवारलाई म स्त्री हुँ भनेर कन्भिन्स गर्न नै समय लाग्यो। मैले लामो समय शिक्षण अस्पताल महाराजगन्जमा मानसिक उपचार गराएँ। किनभने म महिला हुँ भन्ने भ्रम मात्र पनि हुन सक्थ्यो। करिब एक वर्षपछि चिकित्सकहरूले म अंगका हिसाबले पुरुष भए पनि शरीरमा स्त्री हार्मोन्स भएका कारण मेरो सोच्ने तरिका एवं शारीरिक विकास पनि महिलाजस्तै भैरहेको छ भन्ने ठम्याएँ। चिकित्सकहरूकै कारण मलाई परिवारले स्त्रीका रूपमा स्वीकार गरेको हो। चिकित्सकहरूले मलाई ब्रिलियन्ट युवतीका रूपमा सर्टिफिकेट दिएका छन्। त्यसपछि हामी सबैलाई प्रतीक युवतीमा परिवर्तन हुन सक्छ भन्ने विश्वास भयो। 
तर अप्रेसन गरेर युवती हुन सकिन्छ भन्ने कुरा कसरी थाहा भयो ?
मैले एसएलसी पास गरेपछि नै इन्टरनेटका माध्यमबाट ट्रान्सजेन्डरका विषयमा अध्ययन गर्न थालेकी थिएँ। अरू साथीहरू नेटमा च्याट गर्दा म यो विषयमा सोधखोज गरिरहेकी हुन्थे। इन्टरनेटमा भएका लिट्रेचर पढेर नै मैले म किन कन्फ्युज्ड छु भन्ने थाहा पाएँ। मैले शरीर मात्र पुरुषको लिएर आएकी हुँ भन्ने कुरा थाहा पाएँ। अप्रेसन कहाँ हुन्छ, कति खर्च लाग्छ भनेर थाहा पाएँ। त्यसपछि मात्र मैले परिवारलाई कन्भिन्स गर्न थालेकी हुँ। शिक्षण अस्पतालका चिकित्सकहरूले त मेरो कुरालाई पुष्टि मात्र गरेका हुन्। 
तपाईं हिजोआजका कुरामा बालकलाकारका रूपमा खेल्दा भुक्क परेको हुनुहुन्थ्यो। अहिले कम्मर छिनेको छ, दारी जुँगा पनि छैनन्, यो कसरी भयो ?
एसएलसी पास गरेपछि नै मेरो तौल घटेको हो। कम्मर छिन्दै गयो र महिलाको रूप आयो। मेरो दाजुको १६ वर्षमा जुँगा, दार्‍ही आएका थिए, मेरो आएन। मेरो मनअनुसारको शरीर १६ वर्षपछि मात्र विकसित भयो। 
पुरुष अंग फ्याँकेर महिला त हुनुभयो, तर वक्षस्थलको विकास कसरी भयो ?
शिक्षण अस्पतालमा जब मेरो मानसिक अवस्था युवतीको छ भन्ने थाहा भयो, चिकित्सकको सल्लाहअनुसार मैले महिला हार्मोन वृद्धि गर्ने औषधी खान थालें। जुन मैले नेटबाट थाहा पाइसकेको कुरा थियो। त्यो औषधी एक वर्ष खाँदा वक्षस्थल आजको अवस्थामा आएको हो। 
भनेपछि जो कोही पुरुष पनि महिला बन्न सक्ने रहेछन्, होइन ?
यो गलत हो। पुरुष मानसिकता भएका व्यक्तिले यस्ता औषधी खाएर स्तन बढाउन सक्छन्, तर महिला हुन सक्दैनन्। कुनै पनि चिकित्सकले मानसिक एवं शारीरिक अवस्था चेक नगरी कसैलाई महिला वा पुरुष बनाउँदैनन्। यदि कसैले रहरले यस्तो काम गर्‍यो भने उसले जीवनभरीका लागि आफैलाई क्षति पुर्‍याउँछ। यस्तो रिस्की गेम कसैले खेल्नु हुँदैन। विश्वमा केही व्यक्तिले यस्तो काम गरेर जीवन बर्बाद बनाएका उदाहरण पनि छन्। 
एउटा पुरुष अंग अप्रेसनपछि कसरी महिला अंग बन्दो रहेछ ?
वक्षस्थल बनाउनु त धेरै ठूलो कुरा होइन। यो एक वर्ष औषधी खाएकै भरमा निर्माण हुन्छ, तर तल्लो अंगको जुन कुरा छ, धेरै मानिसलाई मसँग कम्मर मुनी हुने महिला अंग छैन भन्ने भ्रम रहेछ। वास्तविकता त्यो होइन। पुरुष अंगमा अण्डकोष निकालेर बाँकी रहेका सबै संवेदनशील अंगलाई महिला अंगमा परिणत गरिन्छ। कुनै पनि नशा नकाटी इमोसन आउने सबै अंगलाई ती स्थानमा राखिन्छ यसले शारीरिक सम्पर्क गर्दा पूर्णरूपमा आनन्द आओस्। त्यसैले यो निकै ठूलो अनुसन्धानपछि बाहिर आएको अप्रेसन हो। थाइल्यान्डका वरिष्ठ सर्जन डा. सुपोर्न यस्तो अप्रेसन गर्न विश्वमै चर्चित छन्। उनैबाट मैले यी कुरा थाहा पाएकी हुँ। 
अप्रेसनपछि महिला यौन अंग त बन्यो, तर प्राकृतिक रूपमा महिलाले जुन सन्तान पाउँछन्, त्यसबाट तपाईं वञ्चित हुनुभयो नि, होइन ?
अहिलेको जमानामा सन्तान आफैंले जन्माउनुपर्छ भन्ने छैन। कतिपय सक्षम महिलाले पनि सन्तान पाउन नचाहेका उदाहरण हाम्रै समाजमा विद्यमान छन्। यद्यपि मैले सन्तान जन्माउन सक्दिनँ भन्ने पनि होइन। एउटा अप्रेसन गरेर गर्भासय ट्रान्सप्लान्ट गर्ने हो भने म सन्तान पनि जन्माउन सक्छु। टर्कीमा यस्तो अप्रेसन हुन्छ। यदि मसँग विवाह गर्ने व्यक्तिले म तिम्रै गर्भबाट सन्तान जन्माउन चाहन्छु भन्यो भने मैले त्यो पनि गर्नुपर्छ। यत्ति हो, यसमा खर्च पनि अलि धेरै लाग्छ, रिस्क पनि हुन्छ। 
भनेपछि पुरुषले पनि सन्तान जन्माउन सक्छ ?
सक्दैन, मजस्तो पुरुष अंग लिएर जन्मिएका महिलाले चाहे भने विज्ञानको सहयोगले सन्तान जन्माउन सक्छिन्। किनभने सन्तान जन्माउनु भनेको सानो कुरा होइन, यो प्राकृतिक रूपमै गाह्रो कुरा हो। त्यसमाथि ट्रान्सजेन्डरले ठूला-ठूला अप्रेसन गरेर त्यसको भरमा सन्तान जन्माउनु सानो साहस होइन। यदि मलाई कसैले चुनौती दिन्छ भनेचाहिँ म सन्तान जन्माउन सक्षम छु भनेर प्रमाणित गर्न सक्छु। 
आज पहिलो पटक नेपालीहरूले एउटा पुरुष महिला कसरी हुँदा रहेछन् भन्ने थाहा पाए, तर कतिपय महिलाहरू पुरुष हुन चाहन्छन्, त्यसको पनि उपाय होला नि, होइन ?
जसरी म पुरुष भए पनि महिला थिएँ, त्यसैगरी कोही महिला अंगमा पुरुष हुन सक्छन्। उनीहरूले आफूलाई पुरुषकै रूपमा प्रस्तुत हुन साहस गर्नुपर्छ। विदेशमा पनि मैले यस्ता साहसी पुरुषहरू भेटेकी छु तर अंग नै परिवर्तन गर्न भने महिलालाई जस्तो सजिलो छैन। पुरुष अंगलाई सजिलै महिला अंगमा परिणत गर्न सकिन्छ, किनभने त्यसमा अंगकेा सेन्सेसन मर्दैन। महिला अंगलाई पुरुष अंगमा परिणत गर्न भने कृत्रिम लिङ्ग निर्माण गर्नुपर्छ। त्यसैले यो अप्रेसन गरेर बनाएको भन्ने कुरा सजिलै थाहा हुन्छ। महिलाको थाहा पाउन सकिँदैन। फेरि वक्षस्थल अप्रेसन गरेर पुरुष जस्तै सफाचट बनाउनुपर्छ। दारी जुँगा आउने बनाउन पुरुष हार्मोनको औषधी खानुपर्छ। मुख्य समस्या बक्षस्थलको अप्रेसन र कृत्रिम लिङ्गमा आउँछ। यो अलि कडा खालको अप्रेसन हो। 
१८ वर्षकी हुनुभयो, भावी योजना के छ ?
मेरो जीवनको एउटा पाटो सकियो। बल्ल नयाँ जीवन पाएकी छु। स्त्रीका रूपमा नागरिकता र पासपोर्ट बनाएपछि पुराना सबै कुरा बिर्सिएर नयाँ जीवन जीउन चाहन्छु। यसका लागि सरकारसँग मेरो नयाँ परिचय दिन आग्रह गर्छु। मैले र मेरो परिवारले जे सक्थ्यो गर्‍यो, अब पालो सरकारको हो। 
पुरुष भैसकेकी महिलालाई स्त्रीका रूपमा स्वीकार गर्ने कानुनी प्रावधान छैन। पुरुष महिला हुने बित्तिकै आरक्षणजस्ता कुरा पनि आउँछन्, यसले केही जटिलता उन्पन्न गर्छ भन्ने कुरा आएको छ, के भन्नुहुन्छ ?
सरकारले म नेपाली नागरिक होइन भन्नु पर्‍यो। कि म महिला होइन भन्नुपर्‍यो। नत्र मलाई मेरो अधिकार किन नदिने ? म लडेर पनि आफ्नो अधिकार लिन्छु। ढिलो चाँडो मलाई सरकारले नागरिकता दिनै पर्छ।
तपाईंले आफ्नो ब्वाइफ्रेन्ड छैन भनेर स्पष्टीकरण दिइसक्नुभयो, तर विवाह त गर्नैपर्छ, यस विषयमा के धारणा छ ?
नेपालमा मलाई सबैले चिनिसके। नेपाल जस्तो मुलुकमा म जस्तो युवतीसँग विवाह गर्ने ठूलो छाति भएको व्यक्ति छ भन्ने लाग्दैन। फेरि केटा विवाह गर्न राजी भए पनि उसको परिवार त्यति साहसी नहुन सक्छ। यस्तो अवस्थामा मैले विदेशी युवा नै खोज्नुपर्ने हुनसक्छ। किनभने विदेशमा यसलाई सामान्य मानिन्छ। 
त्यही भएर ए लेभल पढ्नुभएको हो ? विदेशमै सेटल हुने विचार छ ?
म पहिलेदेखि नै नेपाली केटासँग मेरो विवाह हुन सक्छ भन्ने कुरामा विश्वस्त थिइन्। औषधी विज्ञानमा विद्यावारिधि गर्ने र मेरो भावना बुझ्न सक्ने बौद्धिक व्यक्तिसँग विवाह गर्ने योजना छ। भर्खरै नयाँ जीवन पाएकी छु, विवाह गर्ने हतार पनि छैन।
इकान्तिपुर डट कमबाट  

जुद्धबहादुरको भ्यालेन्टाइन, एकदिनको फरकमा दुइटी


राजेन्द्र मानन्धर
दोलखा सुन्द्रावतीका ६५ वर्षीय जुद्धबहादुर थामी ५३ वर्षकी
मसली-माथि) सँग आइतबार र ४७ वर्षकी अनुमायासँग
सोमबार बिहे गर्दै । फोटो: ईकान्तिपुर
सहरका युवायुवती भ्यालेन्टाइनको 'गिफ्ट' किन्न पसल धाइरहेका बेला दोलखाको सुन्द्रावती गाउँका ६५ वर्षीय जुद्धबहादुर थामीलाई अर्कै चटारो थियो । खुट्टा बंग्याउँदै नातिनातिनाको जन्ती जानुपर्ने बेला उनी आफैं बेहुलो बनेर जन्तीसहित हानिए ५३ वर्षकी मसली बसेको घरतिर । आइतबार साँझ धामी र पुरोहित साक्षी राखेर मसलीले पनि पानीको घेरोले छेक्दै माला लगाइदिइन् उनलाई ।

भोलिपल्ट उनी उसरी नै गए ४७ वर्षकी अनुमायाको घर । अनुमायाले पनि जुद्धबहादुरलाई त्यसै गरिन् । जुद्धबहादुरले एक दिनको फरकमा दुइटीलाई सिन्दूर र पोते लगाइदिए । अनि, पत्नी स्विकारे ।

यो नाटक होइन, वास्तविक हो । संस्कार धान्न जुद्धबहादुरले बुढ्यौलीमा दुइटीसँग लगनगाँठो कस्नुपरेको हो । दुइटीलाई विधिवत् भित्र्याउन उनले दुई फरक-फरक घरमा दुलाहा बनेर जानुपर्‍यो । दुवै ठाउँमा निम्तालुलाई बिहे भोज खुवाउनुपर्‍यो । धामी बकाउनुपर्‍यो । पुरोहित बोलाएर स्वयम्बर गर्नुपर्‍यो । बाजा बजाएर तामझाम देखाउनुपर्‍यो । झन्डै डेढ लाख खर्च गर्नुपर्‍यो ।

दुवैतर्फका माइतीपट्टबिाट ल्याएको कपडा, सगुन ग्रहण गर्दै भ्याइनभ्याई दुलाहा जुद्धबहादुरले भने, 'रहरले भन्दा पनि संस्कार धान्न रीतअनुसार यो उमेरमा बिहे गर्दैछु ।'

यसअघि बिहे नगरे पनि जुद्धबहादुरले मसलीसँग ३२ र अनुमायासँग २० वर्ष सँगै बिताइसकेका छन् । चोरी (भगाएर) बिहे गर्नेले सकेको समयमा विधिपूर्वक मिल्सिङ -बूढो बिहे) गर्नुपर्ने परम्परा थामी संस्कारमा छ । बाबुआमाले विधिपूर्वक बिहे नगरेसम्म छोरानातिले समेत बिहे गर्नु हुँदैन ।

मृत्युपछि पनि खोट रहने हुनाले बुढेसकालमा जुद्धले दुइटा बिहेको व्ययभार बेहोर्नुपरेको हो । दुवैसँग एउटै जग्गेमा, एउटै खर्चमा बिहे गर्ने प्रयत्न त गरे पनि । तर, पत्नीहरूले जिद्दी गरेपछि फरक-फरक गरेर बिहेको रीत सक्नुपरेको हो । उनले दुइटीमध्ये मसलीलाई सुन्द्रावती-७ र अनुमायालाई वडा नम्बर-९ मा घर बनाई राखेका छन् । उनीहरू बसेकै घरमा उनी छुट्टाछुट्टै बेहुलो भएर गई बिहे गरेका

हुन् । 'हाम्रो संस्कारमा सिन्दूरपोतेको झर्को नफुकाई नहुने रहेछ,' पाहुना खुवाउन भान्साको काममा सघाइरहेका युवक सुन्दर थामीले भने ।

बूढो भनेर के गर्नु ! तामझाम नयाँ बिहेको भन्दा कम थिएन । मसलीका घरमा पुगेपछि गर्दो बोकेर आउने माइती मावल पक्षलाई ढोगभेट गर्दै जुद्धबहादुर जग्गेमा बसे । धामीले ढ्याङ्ग्रो ठोक्दै 'देवता' पुजेपछि पुरोहितले 'बत्तीस दन्त फोडी.....एक दिएँ, दुई दिएँ' भनेर माइती पक्षका तर्फबाट शपथ खुवाउन लगाएपछि स्वयम्बर गरियो । यो प्रक्रिया भोलिपल्ट बिहान अनुमायाको बिहेमा पनि दोहोरियो ।

भाले र अन्य मासुको परिकार, रोटी, अचार, तरकारी र जाँडरक्सी खाँदै रमाइलो गरिरहेका ६७ वर्षका डम्बरबहादुर थामीले भने, 'यो त मिल्सिङ (बूढो बिहे) भएर पो यस्तो भयो, नत्र झनै मज्जा हुन्थ्यो ।'

गरिबीको चपेटामा परेका जुद्धले आफ्नो भन्ने आठ मानाको मकैको बिउ जाने बारी र चार पाथी धानको बिउ लाग्ने खेत आफूले नराखी दुइटीलाई आधा-आधा दिएका छन् । सुरुमा अर्की पनि थिइन् । सन्तान नभएपछि अर्कैसँग गइन् । अनि, मसली ल्याएँ । उनीबाट सन्तान नभएपछि अनुमाया भित्र्याएँ ।

'तीनवटी ल्याउँदा पनि सन्तान नभएपछि आफ्नै कारण रहेछ भनेर चित्त बुझाएँ,' जुद्धले भने । बिहेमा भोज खान आएका धनसिंह थामी भन्छन्, 'यिनकी जेठी पनि साथै भएको भए लगातार तीनवटीसँग बिहे गर्नुपर्ने थियो ।'

संस्कारअनुसार विधिपूर्वक बिहे नगरी दम्पतीमध्ये कुनै एकको मृत्यु भए पुरुषले पत्नीका रूपमा हँसिया र महिलाले पतिका रूपमा खुकुरी वा केराको थामसँग बिहे गर्नुपर्छ । त्यस्तो बिहे पनि यसरी नै बाजा बजाएर, पाहुना बोलाएर, भोज खाएर रमाइलोसँग गरिन्छ ।
ईकान्तिपुर डट कमबाट 

अर्का डीआईजीको पनि कान्छी श्रीमती काण्ड


शसस्त्र प्रहरीका हाकिमहरुले कान्छी श्रीमती बनाउने वा काठमाण्डौको कुनै कुनामा रखैल बनाएर राख्नु अनौठो हुन छाडेको छ । कान्छी श्रीमती प्रकरणकै कारण हत्या अभियोगमा जेलमा रहेका डीआईजी रञ्जन कोइरालाकै सहकर्मी डीआईजी सुशिल श्रेष्ठ पनि कान्छी राख्न थालेपछि जेठीको बिजोग भएको समाचार आएको छ । म्यानपावर कम्पनीका संचालकहरु प्रहरी हाकिमका रखैल वा कान्छी बन्ने गरेको पनि यी दुईको घटनाले पुष्टी गरेको सोमबारको साँघु साप्ताहिकले छापेको छ । डीआईजी सुशिल श्रेष्ठकी कान्छी भनिएकी महिला पनि म्यानपावर संचालक नै रहेको बताइएको छ ।

नागपोखरीमा आशा इन्टरनेशनल म्यानपावर संचालन गरेर वसेकी अम्बिका शर्मा लामिछाने नामक महिला डीआईजी श्रेष्ठको कान्छी भएर वसेकी छन् । गत बैशाखदेखि यी दुई जना सँगसँगै वस्न थालेका हुन् ।

श्रेष्ठले आफ्नो गोठाटारको घर छाडेर अम्बिकाको वसुन्धरास्थित घरमा वस्न थालेका छन भने जेठी श्रीमती र १२ कक्षामा अध्ययनरत छोरासँग सम्र्पकविच्छेद गरेका छन् । अम्बिकाले संचालन गर्ने आशा इन्टरनेशल म्यानपावर ठगीको आरोपमा कारवाहीको सूचीमा परेको छ भने कतारस्थित दूतावासले त कारोवार नै रोक्नु भनी सिफारिस गरेको छ ।

शर्मा र श्रेष्ठवीच हालसम्म बिबाह नभएपनि शर्माको श्रीमान हुने श्रेष्ठ एकमात्र पुरुष भने हैनन् । जानकारहरुका अनुसार श्रेष्ठ अम्बिकाका तेस्रो र सवैभन्दा कान्छो पति हुन् । शर्माले चलाएको म्यानपावरमा सेयर हालेका श्रेष्ठले कम्पनीलाई कारवाही नगराउन दबाब दिने गरेको र बिदेश कामदार पठाउने काममा उनी पनि संलग्न रहेको बताइएको छ ।

नुवाकोटकी अम्बिका कुनैवेला जावलाखेलको लण्डन गेष्टहाउसमा काम गर्थिन् । उनले राज बज्राचार्यसँग पहिलो बिबाह गरेकी थिइन जसबाट एक छोरीको जन्म भएको थियो । श्रेष्ठकै पहलमा छोरीलाई क्यानडा पठाएपछि उनीहरु सँगै वस्न थालेका हुन् । हाल पथलैयामा कार्यरत श्रेष्ठले हप्तामा दुई दिन अम्बिकालाई भेटन खर्च गर्छन् । अनलाइनखबर
भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग