Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा अदुवा खेतीवाट करोडौँको आम्दानी

Published on 1:25:00 AM //

पी एम मगर
गुल्मीमा उत्पादित अदुवा तेस्रो मुलुक अरबमा समेत निर्यात हुने गरेको छ ।

यसरी तेस्रो मुलुकसम्म गुल्मेली अदुवाले बजार पाउँदा यस वर्षमात्रै गुल्मेली कृषकहरुले अदुवा खेतीबाट एक करोडभन्दा बढि आम्दानी गरेका छन् ।
गत वर्ष १ हजार ९ सय ८५ मेटि्रक टन कुल उत्पादनमध्ये १०१२ मेटि्रक टन आन्तरिक खपत हुने र ९७२ मेटि्रक टन विभिन्न अरबी मुलुकहरुमा निर्यात हुन थालेपछि यस वर्ष यँहाका कृषकहरुले झण्डै त्यसको दोब्बर अदुवा उत्पादन गरेर सो आम्दानी गर्न सफल भएका हुन । भदौदेखि मंसिरसम्म गुल्मीको बलेटक्सार गा।वि।स।बाट मात्रै दैनिक १८ मेटि्रक टन अदुवा पाल्पाको डुम्रे संकलन केन्द्रमा पठाइने र त्यँहाबाट भारतको गोरखपुर लखनउ कानपुर वानरस लगायतका शहर हुँदै स्थानिय व्यपारीहरुले अरबमा समेत पठाउने गरेको जिल्ला कृषि विकास कार्यालय गुल्मीका योजना तथा सुचना अधिकृत मणिरत्न अर्यालले बताउनुभवएको छ । कतारबाट घर फर्केका तम्घास एक निवासी प्रकाश घिमिरेले पनि कतारमा समेत नेपाली अदुवा किनेर खाएको बताउनुभयो ।
अधिकृत अर्यालले गत वर्षको तुलनामा गुल्मीको अदुवा उत्पादनमा दोब्बर वृद्धि भई झन्डै १ करोड आम्दानी कृषकहरुले गरेको बताउनुभयो । जिल्ला कृषि बिकास कार्यालय प्रमुख नरहरिप्रसाद घिमिरेले पनि गुल्मेली अदुवाको माग बढदो भएको र भारत हुँदै अरबमा समेत जाने गरेको जानकारी गराउनुभयो । उँहाले हुँगा दिगाम बम्घा गौंडाकोट ग्वादी जुहाङ्ग हर्मिचौर अर्खले नयाँगाँउ बलेटक्सार लगाएतका गा।वि।स मा यस वर्ष व्यवसायीक अदुवा खेत गर्ने कृषकहरुको संख्यामा वृद्धि भएको वताउनुभयो । अदुवा खेती कम मेहनतमा बढी आम्दानी हुने भएकाले परम्परागत कृषी पेशा छाडेर अदुवा खेतीमा लागेकोले यस वर्ष उत्साहजनक आम्दानी भएको कृषकहरुको भनाई रहेको छ । थानपति गा।वि।स।वडा नं। ७ का कृषक चोलनाथ ज्ञवालीले करिब ९० हेक्टर क्षेत्रफलमा उत्पादन गरेको अदुवाबाट यस वर्ष करिब ८ लाख आम्दानी भएकेा बलेटक्सार कृषि सेवा केन्द्रका प्राविधिक सहायक दधिराम ज्ञवालीले बताउनुभएको छ । त्यस्तै थानपति ७ कै मीना ज्ञवालीले १४ रापनीमा उत्पादन गरेको अदुवाको आम्दानी यस वर्ष डेढलाख वरावर भएको वताउनुभएको छ । त्यस्तै बलेटक्सारका सोमबहादुर नेपालीको आम्दानी पनि ज्ञवालीकै हारहारीमै रहेको वताउनुभयो । उहाँसहित सहित बलेटक्सारमा ५०-६० घरपरिवारले व्यवसायिक अदुवा खेति गर्ने गरेकेा र स्थानिय तहमै संकलन केन्द्र खोल्ने तयारी भैरहेको ज्ञवालीले जानकारी दिनुभएको छ । गुल्मीका धेरै ठाउँहरुमा मकै वालीसंगै अदुवा खेती लगाउन तर्फ लागेको पनि पाईन्छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग