Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

युवती बेपत्ता

Published on 12:08:00 PM //

चार दिनदेखि बेपत्ता बम्घा-३ गुल्मीकी एक युवती खोज्न आफन्त कालीगण्डकी नदी किनारमा भौंतारिएका छन् ।

गत बिहीबारदेखि बेपत्ता हसरा-६ खोरपाटा माइती भएकी २१ वषर्ीया संगीता सापकोटा -भण्डारी) ले आत्महत्या गरेको आशंकामा आफन्तहरू नदी किनारमा भौंतारिएका हुन् ।

'आफन्तजन र सबै सम्भावित स्थानमा बुझ्ने काम गरियो,' बेपत्ता संगीताको काका वासुदेव भण्डारीले भने, 'अब अन्य उपाय नलागेर नदी किनारमा खोज्न आएका हौं ।' नदी किनारमा बम्घा र हसराका ४० जनाभन्दा बढी स्थानीय खोजीका लागि खटिएका छन् । सोमबार बिहानसम्म उनको अवस्था थाहा हुन सकेको छैन । उनीहरूले रुद्रबेनीदेखि रिडी रूरू क्षेत्रमा टोली बनाएर खोजी गरेका छन् । प्रहरीमा समेत बेपत्ताको हुलियासहित खबर गरिएको छ । सम्भावित आफन्तकोमा नभएको खबरपछि भीरपाखा र नदीमा खोज्न सुरु गरेको काका वासुदेवले बताए ।

नदीको भुमरी भएको स्थानमा मरेको शवलाई उतार्ने भएकाले यस्ता सम्भावित स्थानमा खोजी गर्ने गरिएको उनले बताए । गत बुधबार राति सुतेकी संगीता बिहान उठ्दा घरमा थिइनन् । बम्घा ३ काहुले श्रीमान्को घरबाट उनी बेपत्ता भएकी हुन् । उनका श्रीमान् ईश्वरी सापकोटा भने भारतको मुम्बईमा बस्दै आएका छन् । गत मंसिरमा उनको विवाह भएको थियो ।

कान्तिपुर दैनिकबाट

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग