Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बन्दुक उठाउने चेतावनी

Published on 1:17:00 AM //

प्रेम सुनार
गुल्मीका दलित नेताहरुले हिन्दु अतिवाद विरुद्ध राज्यले कार्वाही नगरे आफूहरु बन्दुक उठाउन बाध्य हुने चेतावनी दिएका छन् ।

गुल्मीको हस्तिचौरमा आयोजित सहभोज तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै दलित नेताहरुले यस्तो चेतावनी दिएका हुन् । दलित वर्ग उत्थान जिल्ला समन्वय समिति गुल्मीका उपाध्यक्ष रोम बहादुर विश्वकर्माले गणतन्त्र पश्चात देश धर्मनिरपेक्ष राष्ट्र घोषणा भइसकेको अवस्थामा पुनः हिन्दु राज्य माग गर्ने हिन्दु अतिवादी धर्म गुरुहरुलाई राज्यले कार्वाही गर्नुपर्ने अन्यथा दलितहरु बन्दुक उठाउन बाध्य हुने चेतावनी दिए ।

त्यस्तै नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्दि्रय सदस्य गौचन धराली, उत्पिडित जातिय मुक्ति समाजका केन्दि्रय सदस्य कृष्ण सुनार लगायतका वक्ताहरुले पनि मान्छे मान्छेमा विभेद ल्याउने हिन्दु धर्मलाई मात्रै मान्यता नदिई सबै धर्म, जातजातिको सम्मान गर्ने धर्मनिरपेक्ष राष्ट्रनै आवश्यक रहेको बताउँदै अझै पनि सामान्ती व्यवस्था लाद्न हिन्दु राज्य माग गर्नेहरुलाई राज्यले नै कार्वाही गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा मुक्ति मोर्चा गुल्मीका अध्यक्ष चन्द्र बहादुर विश्वकर्मा, मुक्ति समाजका उपाध्यक्ष छविलाल विश्वकर्मा, दलित समाजसुधार समितिका उपाध्यक्ष भीम बहादुर विश्वकर्मा लगायतले पनि मन्तव्य राखेका थिए । कार्यक्रम समितिका अध्यक्ष्ा दल बहादुर विश्वकर्माको सभापतित्व र सचिव चाम बहादुर सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग