Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अन्तरकृया सम्पन्न

Published on 4:31:00 PM //

पि एम मगर
गुल्मी १४ असार । संचारको विकास संगसंगै वर्तमान अवस्थामा चुनौतिहरु पनि उत्तिकै वढिरहेको भन्दै संचार माध्यमहरुले प्रदान गर्नुपर्ने सेवा तथा सुविधाहरुलाई पनि थप सरल र प्रभावकारी वनाउँदै लैजानुपर्ने एक कार्यक्रममा सहभागीहरुले जोड् दिएका छन् ।

आज गुल्मीको सदरमुकाम तमघासमा सम्पन्न "स्थानिय स्तरमा आम संचारको अवस्था र गर्नुपर्ने सुधार" विषयक अन्तरकृया कार्यक्रममा सहभागीहरुले उक्त कुरामा जोड् दिएका हुन । कार्यक्रममा उनीहरुले विद्युतीय संचार, छापा, हुलाक, टेलीकम जस्ता माध्यमहरुले प्रदान गर्नुपर्ने सेवाहरुलाई थप प्रभावकारी वनाउँदै स्थानीय जनस्तरसम्म पुर्याउनुपर्ने, सेवादायी भुमिका जनतामुखी वनाउनुपर्ने र आम नागरीकको पहुँचलाई वृद्धि गर्नुपर्नेमा जोड् दिएका छन् । हाम्रो जस्तो मुलुकको पारीबेशलाई हेर्दा कृषी, पर्यटन र आमसाचार माध्यमहरु देश विकासको सरल र महत्वपुर्ण माध्यम रहेको वताउँदै संचारको विकासलाई पनि महत्वका साथ लिनुपर्नेमा उनीहरुले जोड् दिएका छन् । त्यस्तै संचारको विकास र विस्तारको लागि उद्योगी व्यवसायीहरुले पनि लगानी गरी प्रेरणा प्रदान गर्नुपर्ने वताएका छन् । जिल्ला हुलाक कार्यालय र स्थानीय समन्वय समिति गुल्मीको आयोजनामा सम्पन्न उक्त अन्तरकृया कार्यक्रममा गुल्मी जिल्लाको संचार क्षेत्रको अवस्था चुनौति यसका समाधानका पक्षहरु लगायतका विषयमा व्यापक छलफल तथा अन्तरकृया गरिएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका सभापित तथा स्थानीय समन्वय समिति गुल्मीका सदस्य जनार्दन घिमिरेले स्थानीय स्तरमा आमसाचारको वर्तमान अवस्था र सुधारू विषयक एक कार्यपत्र प्रस्तुत गर्दै अझैपनि सवै नागरिकहरु सुचना तथा संचारको पँहुचसम्म पुग्न नसकेको वताउनुभएको छ । उहाँले गुल्मी जिल्लावाट हालसम्म १३ वटा पत्र पत्रिकाहरु प्रकाशनमा आएका र दर्ता भएपनि आर्थिक तथा व्यवस्थपकीय समस्याका कारण निरन्तरता पाउन नसकेको र जिल्लामा नियमित रुपमा समाचारपत्र प्रकाशन गर्नुपर्ने वताउनुभएको छ । त्यस्तै रेडियोको समाचार प्रशारणलाई छिटो छरितो, खोजमुलक र तथ्यमुलक वनाउनुपर्ने, अनलाईन सेवा सन्चालन जिल्लाका सेवा प्रदायक तथा संघसंस्थाहरुले वेवसाईटमार्फत आफ्ना कार्यक्रम र गतिविधीहरुको जानकारी चुस्तदुरुस्त वनाउनुपर्ने, जिल्ला भित्र हुलाक नपुगेका स्थानमा हुलाक सेवालाई विस्तार गर्नुका साथै टेली सेन्टरको विस्तार तथा स्तरोन्ती गर्नुपर्ने लगायतका विषयमा जोड् दिनुभएको थियो ।

कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सभाषद घनश्याम गौतमले संचारको विकास संगसंगै विकृतिहरु पनि भित्रिएको भन्दै पत्रकार तथा साचारकर्मीहरुले आचारसंहिताभित्र रहेर काम गरे कसैले पनि औँला उठाउन नसक्ने वताउनुभएको छ । उहाँले सरकारी कार्यालयहरुमा वेवसाईटको व्यवस्था गर्नुपर्ने कम्प्यूटर शिक्षा निम्न तहसम्म पुर्याउनुपर्ने पत्रकारहरुको क्षमता अभिवृद्धिका कार्यक्रमहरु सन्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ । त्यस्तै सोही कार्यक्रममा अर्का केन्द्रीय सभाषद गणेश श्रीपालीले गाउँ-गाउँमा पत्र पत्रिकाहरुको पहुँच अझै पनि पुग्न नसकेको र विद्युतीय संचार माध्यमहरुको वीचमा छापा माध्यमहरु केही तल परेपनि विकासे तथा खोजमुलक कार्यहरुलाई विशेष प्राथमिकता दिएमा यसको प्रभावकारीता वढ्ने भन्दै सकारात्मक सोँचका साथ लाग्नुपर्ने वताउनुभएको छ । उहाँले टेलीकम सेवालाई सर्वसाधारणको पहुँचसम्म पुर्याउनको लागि टावरहरुको विस्तार तथा क्षमता वृद्धि गर्नुपर्ने साथै हुलाक सेवालाई पनि प्रभावकारी वनाउन इमान्दारीताको खाँचो रहेको औल्याउँदै यसतर्फ हुलाक कार्यालयले ध्यान पुर्याउनुपर्ने र टेलिसेन्टर सुविधा सवै क्षेत्रमा विस्तार गर्नुपर्नेमा जोड् दिनुभएको छ ।

प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले उद्घाटन गर्नुभएको उक्त कार्यक्रम जिल्ला हुलाक कार्यालय गुल्मीका शाखा अधिकृत हरिप्रसाद गैरेको सभापतित्व, स्थानीय समन्वय समितिका सदस्य हरिप्रसाद पोखरेलको स्वागत तथा शंकर गौतमको साचालनमा सम्पन्न भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग