Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सुन्तला खेतीवाट ८ करोड

Published on 6:11:00 AM //

सीता भण्डारी
तस्बिरहरु: तारा भुषाल 
यस वर्ष गुल्मीका कृषकहरुले सुन्तला जातको फलफुलबाट ८ करोड भन्दा बढि आम्दानी गरेका छन् ।


 गुल्मीका १६ गाविसको कुल २७५.५ हेक्टर क्षेत्रफलमा २७३१ मेट्रिक टन सुन्तला जातको फलफुल उत्पादन गरेर यँहाका कृषकहरुले उक्त आम्दानी गरेका हुन । सुन्तला जातका फलफुल मध्ये जुनार, कागती, अमिलो बाहेक सुन्तलाबाट मात्रै यँहाका कृषकहरुले झण्डै ७ करोड आम्दानी गरेका छन् ।
जिल्लाको कुल २ सय २२ हेक्टर क्षेत्रफलमा आर्थिक वर्ष२०६५/६६ मा २३३१ मेटि्रक टन सुन्तला उत्पादनबाट ६ करोड ९९ लाख ३० हजार आम्दानी भएको थियो । गत वर्षो उक्त क्षेत्रफलमा यस वर्षसुन्तलामा मात्रै २६ हेक्टर क्षेत्रफल र जुनार र कागती लगायतमा २/२ हेक्टर क्षेत्रफलमा उक्त फलफुल उत्पादन वृद्धि भएको कार्यालयबाट प्रकाशित मुखपत्रमा उल्लेख छ ।
स्वादिलो सुन्तलाको गाँउ भनेर चिनिने नयाँगाँउ गाविस यस जिल्लाको सबैभन्दा बढि सुन्तला उत्पादन हुने गाविस हो । नयाँगाउँमा रहेको स्थित जनज्योति कृषि बहुउद्देश्य सहकारी संस्थाले निकालेको तथ्याङ्क अनुसार यस बर्षसो गाविसमा मात्रै करिब ५० हेक्टर क्षेत्रफलको ११ हजार उत्पादनशील बोटबाट सवा एक करोड सुन्तला उत्पादन गरी एक करोड आम्दानी भएको छ । त्यसैको हाराहारीमा हाडहाडे र पिपलधारा गाविसहरु रहेका छन ।
त्यस्तै क्रमशं अर्लाङकोट, धुर्कोटबस्तु, अर्खले, दिगाम, गौंडाकोट, धुर्कोटरजस्थल, जैसिथोक, बलेटक्सार, भनभन, भुर्तुङ, मलायगिरी, म्यालपोखरी गाविसमा क्रमस २० देखि ७ हेक्टरसम्ममा सुन्तला उत्पादन हुने गरेको छ । हालसम्म सुन्तलाका लागि जम्मा ४ सय ४ हेक्टर क्षेत्रफल विस्तार भएपनि जिल्लाको कुल १५ सय ५५ हेक्टर क्षेत्रफल सुन्तला उत्पादनका लागि सम्भावित क्षेत्र रहेको कार्यालयले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग