Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बेलायतमा २० हजारमाझ नौमती बाजा घन्किंदा...

Published on 12:23:00 PM //

यसवर्षको 'टनब्रीज समर कार्निभल फेष्टिभल' विगत भन्दा झन् आकर्षण बन्यो । यसमा प्रमुख कारण थियो-नौमती बाजाको धुन । 

गुल्मी जिल्ला समाज युकेले बेलायतमा पहिलोपटक भित्र्याएको नौमती बाजा सुनेर मेला हेर्न पुगेका करिब बीस हजार दर्शक लट्ठिए । बि्रटिश लिजनले 'हेल्प फर हिरोज' का लागि सहयोग गर्न नेपाली समुदाय र भूपू गोर्खालाई समेत आव्हान गरेपछि त्यो स्वीकारेर गुल्मी जिल्ला समाज युके नौमती बाजा बोकेर मेलामा पुगेको थियो । सो क्रममा नेपाली समुदायलाई संयोजन गर्ने काम गरेका थिए टनब्रीज नेपाली समाजका संयोजक बसन्त भुजेलले । भुजेल गुल्मी जिल्ला समाज युकेका सल्लाहकार समेत हुन् । यसमा दुर्गा बुढाथोकी, भेष थापा र झपट भुजेलले पनि सघाएका थिए ।

सो अवसरमा नेपाली युवा (भान्जाभान्जी) तेक्वान्दो मार्चिङमा सरिक भए भने करिब २५ म्युजिकल व्याण्डले पनि मार्चिङ गरेका थिए । मार्चिङ शुरु देखि अन्त्यसम्म करिब एक घण्टा पैंतालिस मिनेट नौमती बाजा घन्किंदा विशेषगरि बेलायती नागरिक खुब रोमाञ्चित बनेर नौमती धुनमा मज्जाले नाचे । बेलायतका स्थानीय तथा राष्ट्रिय मिडियाको नजरमा पनि पर्‍यो सो बाजा । सहभागी नेपालीहरु नेपालमै कतै विहे समारोहमा सहभागी भएको अनुभूति गर्दै थिए ।

सो अवसरमा २५ व्याण्डको म्युजिक भन्दा नौमती बाजाको रुचाए कार्निभल फेष्टिबलका आयोजकले र सोही बाजालाई प्रथम घोषणा गरिदिए । नौमती बाजाका संयोजक ओमप्रसाद थापासहितको टिम अन्यत्र पनि पुग्नु पर्ने भएकाले प्रथम पुरस्कार टनब्रीज नेपाली समाजका संयोजक बसन्त भुजेलले ग्रहण गरेका थिए । सो अवसरमा नौमती बाजा बजाएर समाजले 'हेल्प फर हिरोज' च्यारिटी मार्फत अफगानिस्तानमा हालै विष्फोटनमा दुवै खुट्टा गुमाएका एक गुल्मीवासी गोर्खाको लागि सहयोग समेत संकलन गरिदिएको थियो ।

नौमती बाजाको धुन यसपटकमात्र गुन्जिएको भने होइन । यसअघि १९ अपि्रलका दिन प्लमस्टिडमा नेपाली हिन्दु मन्दिर निर्माण समितिको च्यारिटी कार्यक्रम र २२ मे मा फानबरोस्थित मुर फन फेष्टिबलमा पनि यस बाजा बजेको थियो । गुल्मी जिल्ला समाज युकेले अन्य महत्वपूर्ण नेपाली कार्यक्रममा पनि यस धुन बजाइरहेको छ ।

बाजा बजाउनुको अरु कुनै स्वार्थ देख्दैनन् गुल्मी जिल्ला समाज युके अध्यक्ष ओमप्रसाद थापा ।'प्रवासमा पनि नेपाली कला, संस्कृति जिवन्त राख्न हामीले यस बाजा प्रदर्शन गरिरहेका हौं'-थापाले नेपालीपत्रसँग भने । बाजा बजाउने टिमको प्रमुख संयोजक थापा नै छन् भने ओम बुढाथोकी संयोजक, विन भुजेल संरक्षक र सहयोगीहरुमा वीर बलाल, तिल थापा, थाम रोका, पुर्ण बलाल, तोप पल्ली, मन गुरुङ, गोपाल थापा र फत्तिक पुन छन् । 

Feature: NepaliPatra 
Image Courtesy: Tonbridge Blog

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग