Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

'दलितलाई अधिकार होइन आरक्षण'

Published on 10:30:00 PM //

स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्यालले नयाँ बन्ने संविधानमा दलितलाई माओवादीले उठाउँदै आएको विशेष अधिकार नभई आरक्षणको व्यवस्था नै गरिनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाली काङ्ग्रेस निकट नेपाल दलित सङ्घ गुल्मीका जिल्लास्तरीय अगुवा कार्यकर्ताहरूलाई शनिबार सम्बोधन गर्दै सङ्घका केन्द्रीय अध्यक्षसमेत रहेका राज्यमन्त्री बस्यालले सो कुरा बताउनुभएको हो ।

उहाँले अधिकांश दलित माओवादीको अग्रगामी नाराका पछाडि लागेको बताउँदै उसले उठाएको विशेष अधिकारको साटो आरक्षण नै राम्रो भनेर कार्यकर्ताहरूलाई प्रशिक्षित गर्नुभएको थियो ।

उहाँले लोकतन्त्रलाई किस्तामा राखेर माओवादीसाग सम्झौता नगरिने बताउनुभयो । तर अर्का अतिथि नेपाली काङ्ग्रेसका युवा नेता चन्द्र भण्डारीले दलितलाई आरक्षण नभएर शिक्षा, स्वास्थ्य, आवास, रोजगारको सुनिश्चितता हुनुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल दलित सङ्घका केन्द्रीय सदस्य लोकेन्द्र विश्वकर्मा, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय उपाध्यक्ष देवेन्द्रराज पौडेल, नेपाली काङ्ग्रेस गुल्मीका सभापति सुरेशचन्द्र भुसाल, सचिव फणिन्द्र भण्डारी, जनजाति दलित विभाग प्रमुख छन्दबहादुर पहराई, नेविसङ्घ गुल्मीका अध्यक्ष कृष्णप्रसाद अर्याललगायतका नेताहरूले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रम नेपाल दलित सङ्घ गुल्मीका अध्यक्ष झविन्द्र विश्वकर्माको सभापतित्व र सचिव हरिकृष्ण विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

गोरखापत्रबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग