Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सभासदको गाँउमा पहिलो पटक मोटरवाटो

Published on 11:46:00 AM //

शिबलाल सुबेदी
गुल्मी जिल्लाको क्षेत्र नंम्वर तीनका सभासद चन्द्रबहादुर थापा (सागर)को टोलमा पहिलो पटक गाडी पुगेको छ ।

दोहोली गाविसको वडा नम्वर ९ स्थित सभासद्को टोल कोटकोटेरीमा पहिलो पटक गाडी पुगेको छ ।
सो बाटो उपभोक्ता समितिका अध्यक्ष देवीराम भण्डारीद्वारा उद्घाटन गरिएको समारोहमा पहिलो पटक गाडी आएको खुशीयालीमा स्थानीय वासिन्दाले बाजा गाजा नाँच गानका साथ खुशियाली मनाएका थिए । गतवर्ष केन्द्रिय बजेटबाट २१ लाख र यस वर्ष ७ लाखसहित कुल २८ लाखमा उक्त बाटो नेटा गाविसको थामडाडा तिम्लेखर्क हुँदै त्यहाँसम्म पुगेको हो ।
सदरमुकाम तम्घासदेखि करिब ३५ किलोमिटर मोटरबाटो नेटासम्म पहिले खनिएको थियो भने त्यहाँदेखि कोटकटेरीसम्मको करिब १५ किलोमिटर हालै सम्पन्न भएको स्थानीय रोमाकान्त थापालॆ बताएका छन् । उक्त मोटरबाटो निर्माण भएपछि कोटकटेरीका करिब २ सय घरधुरी लाभान्वित भएका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग