Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

टीका बेचेर सन्तानलाई उच्च शिक्षा

Published on 4:57:00 PM //

शिवलाल सुबेदी
गुल्मी तम्घासकी दुर्पता पन्थीको दिनचर्या अविर टीकामा बितिरहेको छ । दैनिक हातमुख जोर्न र सन्तान पढाउनको निम्ति पन्थीले वर्षौदेखि अविर टीका बेचिरहेकि छन् ।

बिगत १६ वर्षदेखि सडक पेटीमा अविर टीका बेचिरहेकी तम्घास खानीगाउँकी दुर्पताले टीका बेचेरै ४ छोरा छोरीहरुलाई उच्च शिक्षा गराईरहेकी छिन् । उनका श्रीमान् मनिराम पन्थी हात खुट्टा नाजुक भएर घरमा सामान्य काम बाहेक अन्य केही गर्न सक्दैनन् ।
चार वर्षसम्म गुल्मीको सदरमुकाम तम्घासमा गिट्टी र बालुवाको काम गरेर जम्मा गरेको रु एक हजारबाट टीका बेच्न शुरु गरेको दुर्पता बताउँछिन् । गिटी कुटेर बचाएको उक्त रकमले टीका पसल साचालन गरेर अहिले सानो घर बनाउनुका साथै अरुका छोराछोरीहरुलाई जस्तै शिक्षा दिन सकेकोमा गर्व गर्छिन उनी ।
उनलाई सडकपेटीमा टीका पसल राख्न गर्नेहरु पनि नभएका होइनन तर पन्थी संर्घष गरेर सबै सामना गरेर निरन्तर अघी बढीरहिन । काम सानो या ठुलो भन्ने हुँदैन निरन्तर दुख गरेरै भएपनि छोरा छोरीलाई पढाउनु पर्छ भन्ने बिचार राख्ने दुर्पताप्रति अहिले धेरैले सम्मान प्रकट गर्ने गर्छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग