Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मृगौला पीडितलाई सहयोग

Published on 10:38:00 AM //

आर्थिक अभावमा मृगौलाको उपचार गर्न नसकेर मृत्युको नजिक पुगेकी नेटा गाविस-६ की ३६ वषिर्य टिका विश्वकर्माको उपचारका लागि सहयोग जुटेको छ ।

विश्वकर्माको बाँया मृगौलाले काम गर्न छोडेपछि उपचार अभावमा समस्यामा परेकी थिईन । उनकै गाउँमा क्रियाशिल रहेको शिबशंकर आमा समुहले उपचारका लागि सहयोगको पहल शुरू गरेको थियो । समुहकी अध्यक्ष रनमाया पुन र सचिव प्रतिमा के.सी.ले अभियान नै संचालन गरेर सहयोग संकलन शुरू गरेका थिए ।
अध्यक्ष पुनका अनुसार अहिलेसम्म तम्घासको आशा अपाङ्ग केन्द्र, राष्ट्रिय ग्रामिण तथा सामाजिक विकास परिषद नार्डेक नेटा गाविस, जिविस, प्राविधिक कार्यालय, शिबशंकर आमा समुह, जिल्ला खेलकुद विकास समितिका प्रमुख प्रकाश बराल लगायत विभिन्न संघसंस्था र व्यक्तिहरूबाट झण्डै २५ हजार सहयोग संकलन भएको अध्यक्ष रनमाया पुनले बताईन ।
सहयोग जुटेपछि बाटाखर्च समेत नपाएर छटपटाएकी बिश्वकर्मालाई पाल्पाको लुम्बिनी मेडिकल कलेजमा पुर्‍याइएको छ ।
उनको उपचारका लागि थप सहयोग आवश्यक रहेकाले पुनले आग्रह समेत गरेकी छन् । दिनहुँ ज्याला मजदुरी गरी खाने विश्वकर्माका तिन छोराछोरी छन् । श्रीमान् लालबहादुर विश्वकर्मा समेत दैनिक ज्यालादारी गर्दै आईरहेका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग