Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बालबिहे गराउनेलाई कारबाहीको माग

Published on 4:40:00 PM //

चौध वषर्ीया बालिकालाई जबरजस्ती विवाह गराइदिएको भन्दै बालिकाका अविभावकले कारबाहीको माग गरेका छन् ।

गुल्मीको इस्मारजस्थलका तीन महिलाविरुद्ध शुक्रबार पीडित बालिका र उनका बाबुले प्रहरीमा उजुरी दिँदै कारबाहीको माग गरेका छन् ।

इस्मारजस्थल-३ की १४ वषर्ीया बालिका लछी दर्जीलाई गुल्मीकै आँपचौरमा पुर्‍याएर एक अपरिचित युवकसँग जबरजस्ती विवाह गराइदिएको भन्दै स्थानीय विष्णु दर्जी, जानकी दर्जी र छमी दर्जीविरुद्ध पीडित बालिका र उनका बाबु पूर्णबहादुरले जिल्ला प्रशासन कार्यालय गुल्मीमा उजुरी दिएका हुन् । उजुरीमा गत १८ जेठमा इस्मारजस्थलबाट बालिकालाई विष्णु दर्जीले ललाइ-फकाई आँपचौरस्थित छमी दर्जीको घरमा बालबच्चा बोकाएर पठाएको र आठ दिनपछि २५ जेठमा नाम ठेगानै थाहा नभएको एक युवकसँग जबरजस्ती सिन्दूर हाल्न लगाई विवाह गराइएको उल्लेख छ ।

आफूलाई आँपचौर लगेपछि अपहरणको शैलीमा विपक्षीले कतै हिँडडुल गर्न नदिएको र घरमा फोन गरेर गुहार माग्न खोज्दासमेत उनीहरूले आˆनो मुख थुनिदिएको पीडित बालिकाले बताइन् । उनले भनिन्, 'अन्तिममा बडो मुस्किलले शौचालयमा जाने निहँु बनाएर आमालाई फोन गरेेँ, तबमात्र आमासहित पाँचजना आँपचौर पुगेर मलाई मुक्त गरी नौ दिनका दिन घर फर्काएका हुन् ।' छोरी मुक्त गराउन पुगेकी उनकी आमाले पनि आफू त्यहाँ पुग्दा छोरीलाई बन्धक बनाएर राखेको बताइन् । पीडित बालिका, उनका अभिभावक र महिला रक्षक सञ्जाल गुल्मीकी अध्यक्ष सीता भुषालसहितका महिला अधिकारकर्मीले त्यस्तो कार्य गर्ने-गराउनेविरुद्ध सशक्त कारबाही हुनुपर्ने माग गरेका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग