Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

माओवादी कार्यकर्ता अपहरण पश्चात रिहा

Published on 12:37:00 AM //

प्रेम सुनार
गुल्मीको खड्गकोट गाविसमा एक समुहले एकीकृत नेकपा माओवादीका एक कार्यकर्तालाई हिजो दिउँसो अपहरण गरी गएराती नै रिहा गरेको छ ।

हिजो दिउँसो खड्गकोट गा.वि.स सचिव तारा प्रसाद चापागाईको अध्यक्षतामा बसेको सर्वदलीय बैठकको विवादलाई लिएर एकीकृत नेकपा माओवादीका जिल्ला कमिटी सदस्य दुर्गा ढकाललाई स्थानिय कविराज ढकालको नेतत्वमा रहेको १५—२० जनाको समूहले अपहरण गरी यातना दिई गएराती १२ बजे तिर छाडेको थियो ।

ढकाललाई खड्गकोट-३ का दुर्गा पौड्यालको घरमा लगेर थुनेर यातना दिएको र सो क्रममा घरधनी पौड्यालको पसल समेत एमाले कार्यकर्ताले तोडफोड गरेका थिए । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरिक्षक पदम प्रसाद सुवेदीले पुर्तिघाट प्रहरी चौकीबाट राती नै सो स्थानमा आफूले प्रहरी टोली खटाएको र घटना सामान्य भईसकेको बताउनु भयो । उता एमाले गुल्मीका अध्यक्ष वोमबहादुर खडकाले भने मोटरबाटाको विषयमा ढकाललाई छलफलको लागि राखिएको स्वीकारे । अध्यक्ष खड्काले नै पछि छाड्न लगाएको पनि उनले स्वीकारेका थिए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग