Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मुलुक सिस्टम फेलको अवस्थामा गुज्रिरहेको छ: अग्रहरी

Published on 4:42:00 PM //

पी.एम.मगर
 जवसम्म मुलुकमा राजनैतिक स्थिरता हुँदैन तवसम्म उद्योगधन्दाहरु प्रभावकारी रुपमा सन्चालन हुन नसक्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

गुल्मीको सदरमुकाम तमघासमा सम्पन्न घरेलु तथा साना उद्योगको समस्या समाधानका लागि अपनाउनुपर्ने व्यवस्था विषयक १ दिने कार्याशाला गोष्ठीमा उनीहरुले यस्तो वताएका हुन । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा अञ्चल प्रतिनिधी कृष्णप्रसाद शर्माले उद्योगधन्दाहरु धारासायी हुनुको मुख्य कारण राजनैतिक अस्थीरता रहेको वताउनुभएको छ । उहाँले हामी सवै असुरक्षीत छौँ भन्दै राज्यले सुरक्षाको प्रत्याभुति दिन नसकेको आरोप समेत लगाउनुभएको छ । शर्माले जनताले चुनेर पठाएका सभाषदहरुले संविधान निर्माण भन्दा पनि सत्ता लिप्सामा लागेकोले मुलुकमा हरेक क्षेत्रमा असुरक्षाको अवस्था सृजना भएको वताउनुभएको छ । साथै शर्माले प्रत्येक नागरीक तथा उद्योग व्यवसायको सुरक्षाको लागि राज्यले व्यवस्था गर्नुपर्ने माग गर्नुभएको छ ।
त्यस्तै अर्का केन्द्रीय सदस्य तथा क्षेत्रीय सभापति विरेन्द्रहरी अग्रहरीले सिस्टममा राज्य नआएसम्म कार्यक्रम अगाडी वढाउन नसकिने भन्दै मुलुक अहिले सिस्टम फेलको अवस्थामा गुज्रीरहेको वताउनुभएको छ । गोष्ठीको उद्घाटन शत्रमा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष भुषण राजलवट, छल्दी हातेकागज निर्माण संस्थाका अध्यक्ष सुरेशचन्द्र भुसाल, घरेलु तथा साना उद्योग बिकास समितीका बरीष्ठ उद्योग अधिकृत नारायण न्यौपाने, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष खड्ग बहादुर केसी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सहभागी उद्योगपतीहरुले निर्वाधरुपमा उद्योगधन्दाहरु सन्चालनमा आउने वातावरण नवन्दा युवा वेरोजगारी अझै वढ्दै गएको साथै जिल्लामा स्रोत तथा साधनहरु हुँदाहुँदै पनि त्यसको उपयोग गर्ने वातावरण वन्न नसकेको गुनासो गरेका छन् ।
कार्यक्रम गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद भण्डारीको सभापतित्व उपाध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेको स्वागत मन्तव्य तथा संघका महासचिव कृष्णप्रसाद पोख्रेलको सन्चालनमा सम्पन्न भएको थियो । साथै भुतपुर्व अध्यक्ष नन्दराम भुसालले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्याशाला गोष्ठीवाट विशेष गरी उद्योग सन्चालन तथा सुगमताको लागी वुटवल गुल्मी सडकको स्तरोन्नती, ट्रेड स्कुलको सन्चालन, कृषी पर्यटन विकासका लागि कार्यक्रमको आयोजना गर्ने साथै रेसुङ्गा क्षेत्रलाई धार्मीक पर्यटनको रुपमा विकास गर्ने लगायतका एजेण्डाहरुलाई केन्द्रीय स्तरसम्म पुर्याउन पहल थाल्ने निष्कर्ष निकालिएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग