Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

निराशाजनक एस.एल.सी परीणाम: किन र कसरी?

Published on 8:43:00 PM //

निकै कौतुहल्ता र उत्सुकताका बिच अन्तत एस.एल.सी परिक्षाको परिक्षाफल सार्वजनिक भईसकेको छ । देशमा ६४ प्रतिशत विद्यार्थी उत्तिर्ण भएर गत बर्षको तुलनामा जम्मा ४ प्रतिशत मात्र उत्तिर्ण भएपनी गुल्मीमा भने गत बर्षको तुलनामा झण्डै आधा विद्यार्थी मात्र पास भएका छन ।
५ हजार ८ सय ९८ विद्यार्थी एस.एल.सी परिक्षामा सहभागी भएकोमा ५ गुणा काम अर्थात १ हजार २ सय ३२ जना विद्यार्थी मात्र उच्च शिक्षाको लागि फलामे ढोका खोल्न सफल भएका छन ।

गुल्मी जिल्लाबाट एस.एल.सी दिएका साढे चार हजार विद्यार्थीको १० बर्षको मेहनत तेत्तिकै खेर गएको जस्तै भएको छ । किन यस्तो अवस्था सिर्जना भयो त ? "शिक्षकहरुले एस।एल।सीको अन्तिम अवस्था सम्म पनि पढाएर बुझउनु भन्दा पनि चिट चोर्न सिकाउने कुरामा बढी जोड दिनुभयो । तर पछी परिक्षामा भने धेरै नै कडाइ गरियो ।", भर्खरै द्वितिय श्रेणीमा एस.एल.सी उत्तिर्ण भएकी छात्रा पवित्रा थापाले भनित, "पहिले स्कुलमा राम्रोसँग पढाईएन पछी चिट चोर्न पाइएन त्यसैले यस्तो नतिजा आएको हो ।" दश बर्षको मेहनतको उपलब्धी कसरी गर्ने र कसरी भविष्यको सुनिश्चितता गर्ने भन्ने भन्ने हात शिक्षक र अविभावकको पनि हुन्छ । तर हाम्रो समाजमा बिगतका बर्षहरु देखी चल्दै आएको एस.एल.सी परिक्षाको सँस्कारलाई फेर्न जिल्ला शिक्षा कार्यालयले गरेको पहल र शिक्षकहरुको पुरानै खालको अध्यापन शैलीको कारण यस्तो दु:खदायी नतिजा आएको हो भन्ने कुरामा सबै एक मत छन । विद्यार्थीको दश बर्षसम्मको मेहनतको उपलब्धिलाई सार्थक बनाउन पहल गर्नुपर्नेमा शिक्षकहरुको बढ्दो राजनीतिक मोह र अविभावकहरुको बेवास्ताका कारण अहिले कसैले नसोचेको पारीणाम आएको हो । चिटको भरमा सजिलै एस.एल.सी पास गरिन्छ भन्ने विद्यार्थीको मानसिकता, एस.एल.सी पास गर्नु कुनै ठुलो कुरा होइन जसरी पनि गराइन्छ अझ गाउँमै परिक्षा केन्द्र परेपछी सहयोग त भाईहाल्छ नि भन्ने शिक्षकहरुको गैरजिम्मेवारीपूर्ण फोस्रो आश्वासन र परिक्षा प्रणाली सुधार गर्नै पर्छ भन्ने शिक्षा कार्यालयको नितिका कारण यसरी निराशाजनक पारीणाम आएको बताउनुहुन्छ अविभावक कमल पन्थी ।
उच्च शिक्षाको लागि फलामे ढोका हो भन्दैमा चिट चोरेरै परिक्षा पास गर्नैपर्छ र गराउनै पर्छ भन्ने कुरा कुनै पनि हालतमा ठीक हुँदै होइन तर परिक्षा एकदमै निश्पक्ष हुनुपर्छ भनेर जिल्ला शिक्षाले गरेको प्रयत्न शिक्षकहरुले मनन नगरेरै विद्यार्थीहरुको भविष्य अन्यौलमा पारीदिनु महापाप हो । अध्यापन गर्न छाडेर राजनीतिमा जाने कैयन शिक्षकको प्रब्रिती र नपढेर पनि चिट चोरेरै पास भईन्छ भन्ने विद्यार्थीको मानसिकता र पढ्ने बेला छोराछोरीले जे गरेर भएपनी पास भईदिए हुन्छ भन्ने अविभावकको मानसिकता परिवर्तन हुनै पर्छ । परिक्षामा कडाइ गर्ने शिक्षा कार्यालयले सम्पूर्ण बिद्यालयको बर्षइभरी नियमित अनुगमन र निरिक्षण गर्नुपर्छ । एस.एल.सी दिने विद्यार्थी भनेका काँचो माटो जस्तै हुन उनिहरुको भविष्य बनाउन आजै देखी सबैजना एक भएर लाग्नु जरुरी छ । आगामी बर्षका परिक्षाहरुमा अहिले जस्तो निराशाजनक नतिजा भोग्नु नपरोस भन्नका लागि अहिले देखी नै सम्पूर्ण शिक्षक, अविभावक, स्वयं विद्यार्थीहरु र अन्य सम्पूर्ण सम्बन्धित निकायहरुले तयारी थाल्नु आवश्यक छ ।

(यो रिपोर्ट रेडियो रेसुङ्गाको लागि नारायण पोख्रेलको सहयोगमा पत्रकार भरत पाण्डेले तयार पार्नु भएको हो । ) 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग