Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

श्रीमतिको हत्या गर्नेलाई जेल सजाय

Published on 4:36:00 AM //

आफ्नी श्रीमतिको हत्या गरेको अभियोगमा पक्राउ परेका एक ब्याक्तिलाई जिल्ला अदालत गुल्मीले दोषी ठहर गरी १० वर्षे कैद सजाय तोकेको छ ।

ठूलो लुम्पेक गाविस-७ निवासी ३५ वर्षिय हर्क बहादुर विश्वकर्मालाई उक्त सजाय तोकिएको हो । नीजले गत चैत्र १७ गते आफ्नी ३३ वर्षिया श्रीमति गङ्गा विकलाई कुटेर हत्या गरेका थिए ।
जिल्ला न्यायधिश खडानन्द तिवारीको एकल ईजलासले सो सजाय सुनाएको हो । श्रीमति गंगाले औषधी खान नमानेको रिसमा भित्तामा धकेलेर मारेको अभियोगमा उनलाई प्रहरीले गत चैत्र २० गते पक्राउ गरी थुनामा राखेको थियो ।
अभियुक्त विकलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको दफा १४ अनुसार कारवाही भएको अदालतले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग