Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पहिरो जाँदा विद्यालय जोखिममा, यातायात अबरुद्द

Published on 4:54:00 PM //

पी.एम.मगर
वर्षायामको शुरुवात संगै गएको पहिरोले टाहाटिम निम्न माध्यमिक विद्यालय, वम्घा ५ गुल्मीको भवन खतरामा परेको छ ।
भवनको पश्चिम भागमा रहेको पर्खाल सवै भत्किएपछि विद्यालयको जग वग्न सक्ने खतरा रहेको विद्यालय व्यवस्थापन समितिका सदस्य विरवल पुरीले वताउनुभएको छ । ६ कोठे दुई तल्ले उक्त भवनको ६ महिना अघि मात्र निर्माण कार्य सम्पन्न भएको थियो । समयमै पक्की पर्खाल निर्माण नगरिए विद्यालयको भवन भत्किने स्थानीय उपभोक्ताहरुको गुनासो रहेको छ ।
त्यस्तै वर्षाका कारण सदरमुकाम तमघासदेखि गाउँ गाउँमा जाने कच्ची मोटरवाटोका विभिन्न खण्डमा पहिरो खस्दा सवारी साधनहरु निर्वाधरुपमा चल्न सकिरहेका छैनन् । गुल्मीको वलेटक्सार हुँदै खैरेनी जाने वाटो पहिरोले गर्दा अवरुद्ध भएको छ । धोवीघाट वगाउने लामपाटा मोटरवाटोको विचविचमा पहिरो खसेपछि उक्त सडक खण्डमा चल्ने जीप तथा ट्याक्टरहरु पनि चलेका छैनन् । यातायात अवरुद्ध हुँदा गुल्मीको जोहाङ्ग खैरेनी, वम्घा, भार्से, लिम्घा लगायतका पुर्वी क्षेत्रका वासिन्दाहरुलाई सदरमुकाम आउनको लागी निक्कै समस्या परेको छ । उनीहरु घण्टौ लगाएर पैदल हिड्नुपरेको छ । वर्षा भईरहेका कारण तत्कालै मोटरवाटो मर्मत गर्न नसकिने मोटरवाटो उपभोक्ता समितिहरुले वताएका छन ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग