Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिप दुर्घटनामा चार घाइते

Published on 5:08:00 PM //

घनश्याम गौतम 
तम्घासबाट पश्चिम तर्पु जाँदै गरेको जिप हस्तिचौर गाविसमा सोमबार दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।


बा ६ च ७२०३ नम्बरको जिप हस्तिचौर गाविस-४ उजुङमा दुर्घटनामा परेको हो । प्रहरीका अनुसार दुर्घटनामा हस्तिचौर गाविसका प्रदिप परियार सञ्जय कुँवर, भुवन विक र कृष्ण बिक घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल तम्घासमा उपचार भैरहेको छ ।
जिप एनसेल मोवाईल टावरको सर्बेक्षणका लागि पश्चिमी क्षेत्रमा जाने क्रममा साँघुरो बाटोबाट चिप्लिएर दुर्घटनामा परेको प्रहरलिे जनाएको छ ।
घटनामा इटहरी नगरपालिका-१ का एनसेल मोबाइलका प्राविधिक डम्मर घिमिरे, चालक गोदावरी गाविस काठमाण्डौका रामचन्द्र विष्ट सामान्य घाइते छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग