Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

निति-नियममा मात्र आयो परिवर्तन, ब्यवहारमा आएन

Published on 11:15:00 AM //

पी.एम.मगर
सरकारको नीति तथा कार्यक्रममा जति परिवर्तन भएतापनि एचआईभी संक्रमितहरुलाई हेर्ने दृष्टिकोणमा भने कुनै परिवर्तन नआएको एक कार्यक्रमका सहभागिहरुले वताएका छन् ।

गुल्मीको सदरमुकाम तम्घासमा शुक्रवार जिल्ला विकास समिति गुल्मीको आर्थिक सहयोग एवं राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल गुल्मीको आयोजनामा सम्पन्न पोषण र उपचार सम्वन्धि एकदिने अभिमुखिकरण कार्यक्रममा सहभागिहरुले यस्तो कुरा वताएका हुन् । कार्यक्रममा
महासघं गुल्मी शाखा संयोजक रन्जना घर्तिले समाजमा रहेको पुरानो संस्कार र जनचेतनाको अभावका कारण संक्रमितहरुलाई परिवार र समाजमा खुलेर आउने वातावरण वन्न नसकेको वताउनु भएको थियो ।
पुरुष प्रधान समाजमा श्रीमानको विश्वासको कारणले गर्दा कतिपय नारीहरु अनाहकमै एचआईभी संक्रमित वन्नु परेको भन्दै उनीहरुवाट जन्मिने शिशुहरु पनि खुल्ला आकाश देख्न नपाउँदै संक्रमित वन्नु परेको पीडा विद्यमान रहेको वताउनु भयो । कार्यक्रममा संयोजक घर्तिले एचआईभी संक्रमितहरुलाई समाजमा खुलेर आउने वातावरण निर्माणकालागि संचारमाध्यमहरुले प्रभावकारी भूमिका निर्वाह गरिदिन पनि आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा गुल्मी जिल्लाका विभिन्न गाविसका दश जना संक्रमितहरुलाई पोषण तथा कपडाहरु वितरण गरिएको थियो । गुल्मी जिल्लामा राष्ट्रिय ग्रामिण तथा सामुदायीक विकास केन्द्र (नार्डेक), वाग्मति सेवा समाज नेपाल, हाम्रो जीवन प्लस, राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल लगायतका विभिन्न संघ संस्थाहरुले यस क्षेत्रमा काम गर्दै आईरहेका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग