Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कांग्रेस अधिवेशनको चहलपहल बढ्यो

Published on 6:43:00 PM //

घनश्याम गौतम
नेपाली कांग्रेसको शनिवार हुने क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिहरुको तम्घासमा भिड बढेको छ ।

तम्घास गाउ“ अधिवेशनको विवादले गर्दा अन्योलमा परेको क्षेत्रीय अधिवेशन शुक्रवार असन्तुष्ट कार्यकर्तालाई नेताहरुले सन्तुष्ट पारेपछि चहलपहल बढेको हो । विवाद साम्य भएपछि नेताहरु क्षेत्रीय प्रतिनिधिसंग भोट माग्नमा व्यस्त बनेका छन् । नेपाली कांग्रेसको गाउ“ देखि क्षेत्रसम्म युवाहरुको बर्चश्व बढेको छ ।
शनिवार हुने क्षेत्रीय अधिवेशनमा निर्वाचन क्षेत्र नं. १ बाट बुद्धिप्रसाद खरेल,बेदबहादुर थापा मगर र पारिश्वर ढकाल, क्षेत्र नं. २ बाट अशोक थापा, हरी न्यौपाने र मुक्ति क“डेल र क्षेत्र नं. ३ बाट ढुण्डीराज भण्डारी र दामोदर भुसालले उम्मेदवारी दिंदैछन् । नेपाली कांग्रेसको जिल्ला समिति बैठकले पुर्व निर्धारित समयमै क्षेत्र र जिल्ला अधिबेशन गर्ने निर्णय गरेसंगै जिल्ला अधिवेशनको समेत सरगर्मी बढेको छ । क्षेत्रीय प्रतिनिधिहरु समेत जिल्ला सभापति पदका आ–आप्mना उम्मेदवारलाई सहयोग गर्न तम्घास आउन थालेका छन् ।
यहा“को जिल्ला अधिवेशनमा बर्तमान जिल्ला सभापति सुरेशचन्द्र भुसाल सहित युवा पुस्ताबाट बर्तमान उपसभापति शालिकराम पन्थी, सचिव फणिन्द्र भण्डारी र महासमिति सदस्य भुवन श्रेष्ठ सभापति पदको मैदानमा उत्रिएका छन् । सभापति घोषणा गरेका मध्यै भुसाल नेपाली कांग्रेसको एकतापछि  प्रजातान्त्रिकबाट सभापति बनेका हुन् । त्यस्तै पन्थी २०४३ सालमा देखि निरन्तर जिल्ला सदस्य हु“दै उपसभापति पदमा पुगेका छन्, भने सचिव
फणिन्द्र भण्डारी २०३६ साल देखि नै क्रियाशिल राजनीति गर्दै सचिव बनेका हुन् । श्रेष्ठ तम्घास गाविसको अध्यक्ष हु“दै महासमिति सदस्यमा पुगेका छन् ।
७९ गाविस मध्ये अधिकांश गाविसहरुमा सर्वसम्मत भएकाले अधिकांश प्रतिनिधि युवा पुस्ताका छन् । युवा पुस्ता प्रतिनिधि छनोट भएकाले जिल्ला नेतृत्वमा पनि युवा पुस्ताबाटै आउन सक्ने राजनीतिक विश्लेषकहरुको अनुमान छ । कांग्रेस स्रोतका अनुसार उपसभापति पन्थी र सचिव भण्डारीले तालमेल गरी अधिवेशनको अन्त्यमा एकले अर्कोलाई समर्थन गरेर अगाडी बढ्ने सम्भावना प्रबल छ । केन्द्रमा बसेरै जिल्लाको राजनीति गरिरहेका पुर्व जिविस सभापति समेत रहेका चन्द्र के.सी र अर्का नेता चन्द्र भण्डारी नै जिल्ला नेतृत्व चयनको कसरतमा बढी लागेका छन् । दुवै सकेसम्म सर्बसम्मत बनाउने प्रयासमा रहेको एक कांग्रेस नेताले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग