Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बर्षाले सडकहरु अबरुद्ध,ठाउँ-ठाउँमा बाढी र पहिरो, यात्रुहरुलाई सास्ती

Published on 3:27:00 PM //

घनश्याम गौतम
बर्षाले ग्रामिण सडकहरुमा क्षति पुर्याएपछी गुल्मीका अधिकांश गाउँहरुमा यातायात अबरुद्ध भएको छ

बर्षाले डोजरप्रयोगबाट खनिएका दर्जनौं सडकहरुको मर्मतमा पुनः लाखौं रकम खर्च लाग्ने गरी भत्किएका छन् । नियमित सवारी संचालन हुने सडकहरुमा समेत पहिरो र बाढीका कारण यातायात सुचारु हुन सकेका छैनन् । यातायात सुचारु हुन नसक्दा पश्चिमी र पश्चिमी क्षेत्रबाट सदरमुकाम आउने सर्बसाधरणलाई सास्ती खेप्नु परेको छ । यात्रुहरु एक दिनको पैदल यात्रा गरी तम्घास आउने गरेका छन् ।
लगातारको बर्षाले खोला बढेको र ठाउँ ठाउँमा गएको पहिरोका कारण जिल्लाको दोस्रो ठुलो सडक रिडी रुद्रवेणी वामीटक्सार खण्डको ४२ किलोमिटर सडकमा यात्रुहरुले चार पटक गाडी फेर्नु पर्ने बाध्यतामा परेका छन् । सडकको अस्लेवा गाविसको लुम्दीखोला, जुनिया गाविसको भार्से खोला र तुराङ्ग गाविसको हुग्दी खोला बढेका कारण सवारी साधन बिच बाटोमा रोकिने गरेका छन् ।
तम्घासबाट पश्चिम क्षेत्रका पौदीअमराई, नेटा, दर्लिङ्ग, ह्वाङदी गाविसका जाने सवारी साधनहरु निस्ती खोलामा मात्र २२ ठाउ“मा घाट तर्नु पर्ने भएपछि बन्द भएका छन् । बैकल्पिक मार्ग र पुल नहु“दा झण्डै ९ किलोमिटर खण्डमा एकै खोला २२ स्थानमा तरेपछि मात्र हस्तिचौर गाविसबाट पौदीअमराई गाविसमा पुग्न सकिन्छ । त्यस क्षेत्रमा एक महिना देखि यातायात ठप्प भएको नेटा गाविसका रमेन्द्र वि.क.ले बताए । तम्घास देखि सिमलटारीसम्म पुग्नेसडक पनि ठाउ“ ठाउ“मा अबरुद्ध भएको छ । यो सडकबाट जिल्लाको पश्चिमी क्षेत्रका २ दर्जन गाविससंगै प्यूठानका दुर्गम गाविसहरुमा समेत खाध्यान्न ढुवानी हुने गर्दछ ।
त्यस्तै डोजरले खनेको बडागाउ“ गाविसको भञ्ज्याङ हुदै मुसिकोट, पौदीअमराई हु“दै बाग्लुङ्ग जाने बाटोको बिच बिचमा पहिरो गएका कारण यातायात ठप्प भएको छ । सिमलटारी देखि वाग्ला हु“दै पुर्कोट दह, पुर्कोटदह
अग्लुङ्ग सोइरे सडक, जैसीथोक, धुर्कोट हु“दै हाडहाडे, भनभने गाविसमा जाने सडक, चोरकाटे हु“गा सडक, चोरकाटे देखि जुनियासम्मको सडकमा यातायात बन्द भएको जिप समितिले जनाएको छ ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग