Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

राजश्व संकलन दोब्बर

Published on 11:17:00 AM //

शिवलाल सुवेदी
यसवर्ष गुल्मी जिल्ला मालपोत कार्यालयले लक्ष्य भन्दा झण्डै दोब्बर राजस्व संकलन गरेको छ । आर्थिक वर्ष ०६६/०६७ असाढ मसान्तसम्म सो कार्यालयले घर जग्गा रजिस्ट्रेशन दस्तुर बापत १ करोड १ लाख ४० हजार रुपैयाँ संकलन गरेको छ ।
यस अवधीमा कार्यालयले जम्मा ६२ लाख ५६ हजार असुली गर्ने लक्ष्य लिएकोमा करिब ३९ लाख बढी राजस्व संकलन भएको जनाएको छ । यसैगरी कार्यालयले नामसारी, न्यायिक शुल्क, पुर्जा बिक्री, रोक्का र सेवा दस्तुर समेत गरि थप ८ लाख ८३ हजार ७ सय ५९ रुपैया राजस्व संकलन गरेको छ ।

 उक्त रकम ४हजार ६ सय ८८ थान रजिस्ट्रेशन दस्तुर, ७ सय ४५ थान नामसरी, १ सय ७३ थान संशोधन, ९४ थान दाखिला खारेजी र ४ थान हक सफा निवेदन लगायतका दस्तुरबाट उक्त राजस्व संकलन हुन आएको कार्यालयका नासु गोकर्ण मरासिनीले बताएका छन् । महिला र दलितले रजिस्ट्रेशन दस्तुरमा २५ प्रतिशत छुट पाउने सुविधा अनुसार यस वर्ष कार्यालयबाट महिला जग्गाधनी संख्या ५ सय ८३ र दलित जग्गा धनी संख्या २ सय ८४ सहित कुल ४ लाख ८१ हजार ८ सय १८ रुपैयाँ छुट पाएको सो कार्यालयले जनाएको छ । यस सम्बन्धमा मालपोत अधिकृत विजय रानाले विदेशबाट भित्रिएको रेमीटेन्सबाट सदरमुकाम तम्घासमा घडेरी खरिद बिक्री बढ्दै जानुले अपेक्षा गरेभन्दा बढी राजस्व संकलन भएको बताए । उनले यसवर्ष धितो बन्धकी र कार्यालयको जग्गा मूल्याड्ढन समितिले तम्घासका जग्गाहरुको मूल्यवृद्धि गरेका कारण पनि राजस्व संकलनमा प्रगति भएको जानकारी गराए ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग