Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पशुविकास कार्यक्रम संचालन

Published on 1:19:00 PM //

जिल्ला पशुविकास कार्यालय आर्थिक सहयोग र गतिशील जनचेतना अभियान गुल्मीको साझेदारीमा विसुखर्क गाविसमा मागमा आधारित पशुविकास कार्यक्रम संचालन भएको छ ।


विसुखर्क स्थित लालीगुराँस सहभागितात्मक पशुविकास समितिद्वारा आयोजित कृषकहरुको भेलामा पशुविकासबारे जनचेतना, निःशुल्क पशु स्वास्थ्य शिविर संचालन गरिनुका साथै डाले तथा विकासे घाँस वितरण गरिएको छ । उक्त अवसरमा शान्तिपूरस्थित एग्रोभेट सेन्टरका प्राविधिक केशवराज भण्डारीले पशुमा लाग्ने रोग र उपचार सम्बन्धी आधारभूत ज्ञानसमेत कृषकहरुलाई प्रदान गरेका थिए । सो संस्थाले त्यहाँस्थित कृषकहरुलाई ४० वटा बाख्रा र ४ सय कुखुराका चल्लाहरु वितरण गरिसकेको कार्यक्रमका प्रमुख अतिथी एवं अभियानका अध्यक्ष युवराज के.सी.ले बताए ।

बुटवल टुडेबाट


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग