रोजगारीमा गएकाहरू विदेशमै पलायन
Published on
10:12:00 AM //
घनश्याम गौतम
धेरैलाई आफ्नो घर त्यसै छोड्न मन लाग्दैन । त्यसमा पनि विपन्न परिवारले भएको आफ्नो घर पनि त्यसै छोडे भने उनीहरूको अवस्था कस्तो होला - यहाँका अधिकांश गाविसका दलित समुदायका परिवार भारततिरै पलायन हुँदा उनीहरूले छोडेका यस्ता हजारौं घर त्यसै अलपत्र परेका छन् ।
आर्थिक विपन्नताका कारण रोजगारीका लागि भारतका विभिन्न शहर पस्ने गरेका दलित परिवारहरू बषौं गाउँमा नर्फकेपछि उनीहरूका गाउँमा रहेका घर अलपत्र पर्ने गरेका हुन् । रोजगारीका लागि परिवारै लिएर भारत पस्नेहरू उतै घर बनाएर वा भाडामै जिवन निर्वाह गरी बस्ने गरेका कारण गाउँ
का घर जिर्ण बनेर भत्किने गरेका छन् ।
बडागाउँ गाविस- ७ का छविलाल विश्वकर्मा रोजगारीका लागि भारत पसेको ३५ वर्ष भयो । गएपछि एक पटक पनि नफर्केका उनको गाउँको घर भत्किएर हराउनै लागेको छ । उनीहरू नफर्केपछि घर चुहिदै गएर भत्केपछि अहिले भग्नाबशेष मात्र बाँकी छ । ६० वर्षअघि भारत पसेका गाउँकै रामपाल विश्वकर्मा पनि अहिलेसम्म गाउँ फर्केका छैनन् । छिमेकीहरूका अनुसार दुवैका भएका जग्गा जमिन समेत सार्वजनिक जस्तै भैसकेका छन् ।
त्यस्तै अर्खले गाविस-८ का हिमबहादुर विश्वकर्माको भारत पसेको लामो समयपछि उतै मृत्यु भएपछि उनका ५ छोराछोरी र श्रीमतिले उतै भाडामा बसेर निर्वाह चलाएका छन् । जिल्लाबाट रोजगारीका लागि भारत पुगेर उतै पलायन हुनेहरूको यहाँका दर्जनौ गाविसमा संख्या निकै ठुलो छ । अधिकांश साहुको ऋण तिन नसक्ने भएपछि उतै घरजम गरेर बस्ने गरेका छन्, भने कतिपय राम्रो आम्दानी गरेपछि भारतमै जिवन बिताउने गरी बस्नेहरूको संख्या पनि ठुलै छ ।
जिल्लाकै ठुलो दलित बस्ती रहेको दर्लामचौर गाविसबाट मात्र ३ सय भन्दा बढी दलित परिवारका घरहरू बर्षौं देखि बन्द छन् । दर्लामचौर गाविसको वार्ड १, ३ र ८ दलित समुदायको बसोबास रहेको गाउँ हो । दोहली गाविस-५ का छविलाल विश्वकर्मा अहिले नेपाली भन्दा आफु भारतीय नागरिक भन्न मन पर्ने बताउँछन् । उनका बाबु आमाले बर्षौं अघि गाउँ छोडेर भारत पसेका थिए । छबिलाल नेपाली बोल्न समेत जान्दैनन् । सुनाथा हामरा पापाका घर नेपालमे थे । बर्षौंपछि जन्मघर फर्केका उनले भने, इसिलिए पापाका झुकि देखनेके लिए नेपाल पौंचा हुँ ।’ नयाँदिल्लीको सेक्टर-४ र ५ मा यहाँका सयौं नेपालीले घर नै बनाएर बसेको छविलालले बताए ।
दर्लामचौर गाविस बाहेक जिल्लाका अधिकांश गाविसहरूबाट सयौं दलितहरू भारतमा पलायन हुने गरेका छन् । दलितहरूको क्षेत्रमा काम गर्दै आएको दलित बर्ग उत्थान जिल्ला समन्वय समितिका उपाध्यक्ष रोम विश्वकर्माका अनुसार आर्थिक अभाव र अशिक्षाका कारण रोजगारीका लागि धेरै ठुलो संख्यामा दलित समुदायका व्यक्तिहरू विदेश पलायन हुने गरेका हुन् । ९० प्रतिशत दलित रोजगारीका लागि विदेशमा पुगेका छन् ।’, वि.क.ले भने, विदेश पुगेका मध्ये राम्रो आम्दानी पनि नहुने र गाउँमा फर्केर खान नपुग्ने भएकाले पनि ६० प्रतिशत उतै बस्ने गरेका छन् ।’ उपाध्यक्ष वि.क.का अनुसार अधिकांश दलितहरू कमाउन नसक्ने अवस्थामा पुगेपछि रकम अभावमा मात्र घरमा र्फकने गरेका छन् । रोजगारीका लागि विदेशिने क्रम रोक्न समितिले यस वर्षदेखि शिप मुलक तालिमहरू शुरू गरेको उनले बताए ।
समितिका सदस्य धर्म विश्वकर्माका अनुसार जिल्लामा ७४ हजार ७ सय ७१ दलित छन् । ति मध्ये ११ हजार ३१ पुरूष र २ हजार ३ सय ८० महिला रोजगारीका लागि विदेशिएका छन् । विदेश पुगेर नर्फकनेहरूको संख्या भने समितिले संकलन गरेको छैन् । जिल्लामा आफ्नै जमिनमा खेती गरेर ३ महिना पनि खान नपुग्ने दलितहरूको संख्या भने २ हजार ४ सय ९६ रहेको सदस्य वि.क.ले बताए ।

0 प्रतिकृयाहरु