Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गौचरण जग्गा सामुदायिक वनमा दर्ता गराएको भन्दै उजुरी दर्ता

Published on 7:47:00 PM //

पी.एम.मगर
सार्वजनिक गौचरण जग्गा सामुदायिक बनमा दर्ता गराएको बिरोधमा गुल्मीको तुराङ्घ गाविसका जनताले आज जिल्ला प्रशासन कार्यलय गुल्मीमा उजुरी दर्ता गराएका छन ।

      तुराङ्घ १ को बगाले पाटा भन्ने सार्वजनिक गौचरण जग्गालाई तुराङ्घ १ बस्ने केही व्याक्तिहरुले स्थानीय जनताको हीत विपरित गौचरण सहितको आफुहरुको निजी जग्गा समेत सामुदायिक बनमा दर्ता गराएको भन्दै स्थानीय इश्वरीप्रसाद अर्याल, तिर्थराज अर्याल, हरिप्रसाद अर्याल, सारदा अर्याल लगायतले आज जिल्ला प्रशासन कार्यालय गुल्मीमा उजुरी दिएका हुन । ती व्याक्तिहरुले सार्वजनिक जग्गामा सिसौ, खयर, जस्ता विरुवाहरु रापी आफ्नै जग्गा जस्तो बनाएर उपभोग गदै आईरहेको आरोप समेत निवेदक अर्याल बन्धुहरुले लगाएका छन । त्यस बिरुद्ध आवाज उठाउदाँ आफुहरुलाई धम्कि समेत दिने गरेकाले न्याय र शान्ति कायम गरी पाउँ भनि प्रमुख जिल्ला अधिकारी परशुराम अर्याल समक्ष निवेदन दिएका छन् । प्रशासनले उजुरी अनुसार जग्गाको विवरण जाँच गर्न उक्त निवेदनलाई जिल्ला मालपोत कार्यलयमा पठाएको छ । मालपोत कार्यलयले उक्त जग्गा सामुदायिकमा दर्ता गराईएको हा,े होईन बन कार्यलयमा पत्राचार गरिने जनाएको हाम्रा सहकर्मी प्रेम सुनारले जानकारी दिनुभएको छ ।  

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग