Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

देशभर नागपञ्चमी पर्व मनाइँदै

Published on 12:20:00 AM //

देशभर हिन्दु परम्पराअनुसार घरको मुल ढोकामा नागको चित्र टाँसी पूजाआजासहित नागपञ्चमी पर्व मनाइँदै छ ।



वराहपुरणमा उल्लेख भएअनुसार नागराजसँग ब्रहृमाको संवाद पञ्चमी तिथिमा भएकाले श्रावण शुक्ल पञ्चमी अर्थात् आज शनिबारको दिन नागपूजाको लागि प्रसिद्ध रहेको छ । नागपञ्चमीका दिन बिहान स्नान गरी शुद्ध कपडा लगाएर चन्दन, अक्षता, अवीर, सिन्दुर, तिल, कुश, फूल, दुबो, गाईको दुध, कपासका बीच-बीचमा सिन्दुर लगाएर बनाएको ध्वजा, धानको लावा आदी तयार पारी नागको तस्वीरमा विधिपुर्वक पूजा गरी ढोकामा टाँस्ने गरिन्छ ।

यसरी घरको मूल ढोकामाथि नागको तस्वीर टाँस्नाले त्यस्तो घरमा चट्याङ पर्दैन र आगो र र्सपको पनि डर हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ । बुधबारदेखि बर्षायाम समाप्त भई हिउँदयाम प्रारम्भ हुने जनविश्वास रहेको छ । शनिबार नागरपञ्चपमी पर्व नेपाललगायत भारतमा पनि विषेश रूपमा मनाइन्छ । काठमाडौँको नाग पोखरीमा आज विषेश पूजाआजा गरिनुका साथै मेला पनि लाग्ने गर्दछ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग