Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

युनियन स्थापना दिवसका अवसरमा पुरस्कार वितरण

Published on 11:20:00 PM //

घनश्याम गौतम
नेपाल निजामती कर्मचारी युनियन  गुल्मीले आफ्नो आठौ स्थापना दिवसको अबसर पारेर गत वर्ष देखि स्थापित निजामती कर्मचारी युनियन शैक्षिक पुरस्कार वितरण गरेको छ ।

      युनियनले निजामती कर्मचारीका छोराछोरी मध्येबाट यस वर्षको एसएलसीमा सामुदायीक र संस्थागत विद्यालयबाट उत्कृष्ट अंक ल्याउने दुई विद्यार्थीलाई पुरस्कृत गरेको हो । पुरस्कृत हुनेमा हुलाक कार्यालयका नरेन्द्र बस्नेतका छोरा विश्वास बस्नेत र पश्चिमाञ्चल सिंचाई डिभिजन कार्यालयका रामप्रसाद खनालकी छोरी बिमला खनाल छन् ।
      उनीहरु दुवैलाई चा“दीको फ्रेम सहितको सम्मानपत्र र १ हजार ५ सय १५ रुपैंया नगद सहित पुरस्कृत गरिएको अध्यक्ष जयश्वर पन्थीले बताए । त्यस्तै कार्यक्रममा युनियनले आयोजना गरेको म्यूजिक चियर प्रतियोगितामा प्रथम हुने जिल्ला हुलाक कार्यालयकी दु्रपता कंडेललाई पनि पुरस्कार र सम्मानपत्र प्रदान गरेको छ ।
      युनियनले स्वास्थ्य कार्यालयबाट सेवा निबृत्त भएका अधिकृत कमलप्रसाद पाण्डे, लक्ष्मण घिमिरे, स्वास्थ्य कार्यालयकै मथुरा पन्थीलाई विदाई गरेको छ । दिवसकै अवसरमा युनियनले जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई फलफु समेत वितरण गरेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग