Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पाकिस्तानी बाढीपीडितलाई आर्थिक सहयोग

Published on 1:40:00 PM //

घनश्याम गौतम
पाकिस्तानी बाढी पीडितहरुको सहयोगका लागि रेडक्रस जिल्ला शाखाले एक विद्यार्थी एक रुपैंया संकलन अभियान शुरु गरेको छ ।

जिल्लाका रेडक्रस सर्कल गठन भएका १ सय २० विद्यालयमा पत्र पठाई प्रति विद्यार्थी एक रुपैंयाका दरले राहत संकलन शुरु गरिएको जिल्ला अध्यक्ष अनुप श्रेष्ठले बताए । त्यस्तै रेडक्रसका उपशाखाहरुले समेत राहत संकलन गर्ने छन् । संकलित रकम भदौ अन्तिम साता केन्द्रिय कार्यालय मार्पmत पाकिस्तानी बाढीपीडितहरुलाई उपलब्ध गराईने रेडक्रसले जनाएको छ ।

त्यस्तै पाकिस्तानी बाढीपीडितहरुका लागि राहत उपलब्ध गराउन रेडक्रस तम्घास उपशाखाले तम्घास बजारमा आर्थिक संकलन गरेको छ । सोमबार गरिएको आर्थिक संकलन अभियानमा १२ हजार ९ सय ८६ रुपैंया संकलन भएको र जिल्ला शाखा मार्पmत बाढीपीडितलाई उपलब्ध गराईने सचिव रेशम कु“वरले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग