Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आज दर खाने दिन, तिजको चहलपहल बढ्दो

Published on 1:32:00 AM //

आज दर खाने दिन । हिन्दू धर्मावलम्बीहरुले हरितालिका तिजको अघिल्लो दिन छोरी चेली र इष्टमित्रका साथ आज घरघरमा मिठो परिकार पकाई खाने गर्दछन् ।
यद्यपी राजधानीलगायतका शहरहरुमा भने केही साताअगाडि देखि नै दर खाने गरिन्छ ।

हरितालिका तिजमा महिलाहरुले दिनभर ब्रत बसेर पूजाआजा गर्ने भएकाले त्यसको अघिल्लो दिन राति अबेरसम्म मिठो मिठो परिकार खाने प्रचलन छ । विवाहीत महिलाले पतिको दिघार्युको कामना गर्दै र अविवाहित युवतिहरुले सुयोग्य वर पाऊँ भन्ने कामना गर्दै हरितालिका तिजको दिन पानीसमेत नखाई ब्रत बसेर पूजाआजा गर्ने गर्दछन् ।

कतिपय महिलालहरु छरछिमेक, आफन्त र सङ्गीहरुसँग बसेर नाचगान गर्दै दरखान व्यस्त छन् भने कतिपय माइत जाने हतारोमा छन् । तिज पर्वमा महिला मात्र नभई पुरुषहरु पनि व्यस्त देखिन्छन् । आफ्ना श्रीमती, दिदीवहिनी तथा फूपु चेलीहरुलाई रातो बस्त्र, चुरा-पोते उपहार दिने परम्परा अनुसार यतिबेला पुरुषहरुलाई पनि तिजको चटारोले छोएको छ ।

बजार पसलहरुमा श्रृङ्गारका सामान किन्नेहरुको भीडभाड छ । यही मौका छोपेर हुनसक्छ चुरापोते, रोतो बस्त्र तथा श्रृङ्गारका सामानको मात्र होइन फलफूलको मूल्य ह्वात्तै बढेको छ । तिज गीतका क्यासेट तथा सीडी किन्नेहरुको पनि बजारमा भीडभाड छ । शनिबार तिज परेकोले शिव मन्दिरहरुमा महिलाहरुको ठूलो भीड लाग्ने गर्दछ । शिवालयहरुमा सरसफाई, सजावट र दर्शनार्थीहरुलाई सहज दर्शनको चाँजोपाजो मिलाइएको छ । काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वरलगायत प्रमुख शिव मन्दिरमा आवश्यक समूर्ण तयारी पूरा भएको मन्दिर व्यवस्थापन समितिहरुले जनाएका छन ।

तिजमा विशेष गरी महिलाहरुले श्रीमान, सासु-ससुरा बाट भोग्नु परेको कष्ट र जन्म घर छाडेर कर्मघर जानुपर्दाको पीडालाई गीतमार्फत् व्यक्त गर्दछन् । पछिल्लो समयमा महिला अधिकार तथा स्वतन्त्रताको पक्षका गीतमा नाचगान गर्ने प्रचलन छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग