Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भाइरल ज्वरोका बिरामी बढे

Published on 11:05:00 PM //

शिवलाल सुवेदी

गुल्मी जिल्लाको सदरमुकाम तथा आसपासका क्षेत्रका भदौको पहिलो सातादेखि फैलिन सुरू गरेको भाइरल ज्वरो अहिले महामारीको रूपमा फैलिन थालेको छ । 


सदरमुकाम तम्घासमा रहेको जिल्ला अस्पताल तथा निजी क्लिनिकहरूमा ज्वरो तथा टाइफाईडका बिरामीहरूको भीडभाड बढेको देखिन्छ । सदरमुकाम तम्घासमा बसोवास गर्नेहरू मात्र नभएर जिल्लाका ग्रामीण क्षेत्र तथा छिमेकी जिल्ला अर्घाखाँची, बाग्लुङ्ग, प्युठानबाटसमेत आएका भाइरल फिवर र टाइफाईडका बिरामीहरूका कारण जिल्लाको एकमात्र सरकारी अस्पतालमा बिरामीको चाप ह्वात्तै बढेर आएको छ । भाइरल फिवरका साथै कतिपयमा टाईफाईटको समेत समस्या देखा परेको जिल्ला अस्पताल तम्घासले जानकारी गराएको छ । जिल्ला अस्पताल तम्घासकाअनुसार जम्मा १५ बेडको जिल्ला अस्पताल भएकाले बिरामीहरूको उच्च चापलाई मध्यनजर राख्दै अस्पताल तम्घासले १० बेड थपी २५ बेड बनाएर भुइँमा बिरामीहरूलाई राखी उपचार गराइरहेको अस्पतालले जनाएको छ ।

जिल्ला अस्पतालमा दैनिक एक डाक्टरले करिब चालिस जनाभन्दा बढी बिरामीको जाँच गर्नुपरेकाले दिनमा ३ सयको हाराहारीमा  ज्वरोका बिरामीहरू आएकाले जिल्लामा जनशक्तिको अभावका कारण पनि पर्याप्त सेवा सुविधा दिन नसेकेको जिल्ला अस्पताल तम्घासका मेडिकल अफिसर डा.शुरेन्द्र कुवारले बताएका छन् । डा.कुवँरले जानकारी गराएअनुसार अहिलेको ज्वरोका बिरामीहरूमा एकदम टाउको दुख्ने, रूघाखोकी लाग्ने, छाती दुख्ने, रिंगटा लाग्नेजस्ता समस्या देखापर्ने गरेको डा. पोखरेलले जानकारी गराएका छन् ।

औषधि खाए पनि अहिलेको भाइरल फिवरले निको हुनका लागि पाँचसात दिन लिने गरेको बुझिएको छ भने दूषित पानीको प्रयोग र सरसफाईमा राम्रोसँग ध्यान नदिनु नै अहिलेको ज्वरो र टाइफाईडको मुख्य कारण भएको डाक्टरहरूको भनाइ रहेको छ । आइतबार मात्रै ४ सय बिरामीको जाँच गरिएकोसमेत जिल्ला अस्पताल तम्घासले जानकारी गराएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग