Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आज देशभर हरितालिका तीज मनाइदै

Published on 1:17:00 AM //

आज नेपाली हिन्दु महिलाहरु परम्परागत हरितालीका तिज पर्व हर्षोल्लासका साथ मनाउदैछन् ।


हिमालयकी छोरी पार्वतीले महादेव पति पाउनका लागि कठोर व्रत गरी आफ्नो कामना पूरा गरेको धार्मिक कथनअनुसार यो पर्व मनाइँदै आएको मानिन्छ । यस सांस्कृतिक पर्वमा पानीसमेत नखाई विवाहित महिलाहरू शिवको पूजाआराधना गर्दै आफ्ना पतिको दिर्घायु, सुस्वास्थ्यको कामना गरी व्रत बस्दछन् भने अविवाहित महिलाहरू सुयोग्य तथा आदर्श पति प्राप्त गर्ने कामनाका साथ व्रत बस्ने गर्दछन् ।

यस दिन जलसमेत नखाई व्रत बस्नुपर्ने हुनाले अघिल्लो दिन बेलुकी नै विभिन्न परिकार तथा मिष्ठान्न तयार गरी व्रतालुहरूले दर खाने प्रचलन छ । तीजको अवसरमा आज महिलाहरु विहानै विभिन्न मुलुकभरका विभिन्न तीर्थस्थल मन्दिर तथा देवालयमा गई शिव पार्वतीको पूजा र उपासनामा व्यस्त बनेका छन् ।

महिलाहरु आज तिज सम्बन्धी गीत, भजन र चुट्का गाएर आफ्नो मनभित्रको बह पोख्ने गर्दछन् । आज बिहानैदेखी महिलाहरु सौभाग्यसुचक धागोपोते, टीका-गरगहना, रङ्गीचङगी कपडा, पहिरेर आराध्यदेव पशुपतिनाथ लगायत अधिराज्यका विभिन्न शिवमन्दिरहरुमा जम्मा भैरहेका छन् । पशुपतिनाथमा बिहानैदेखि भगवान पशुपतिनाथको दर्शन गरी पूजा आराधनाका लागी हजारौँ महिलाहरु लाईनमा बसेर पालो पर्खिरहेका छन् । आजको दिनलाई ध्यानमा राख्दै पशुपति क्षेत्रमा विशेष शुरक्षा व्यवस्था गरीएकोछ साथै दर्शन कार्यलाई सहज बनाउन विभीन्न लाईनहरु बनाई व्यवस्थीत पारीएको छ ।


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग