Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

करेण्ट लागेर एक महिलाको मृत्य

Published on 6:54:00 PM //

पी.एम.मगर
गुल्मीको हुँगा गाविसमा विद्युतको करेण्ट लागेर एक महिलाको आज ज्यान गएको छ ।
हुँगा गाविस वार्ड नं. वार्ड नं. ४ निवासी ६५ वर्षीया मुमकला भण्डारीको आज विहान करेण्ट लागेर मृत्यु भएको हो । विहान घाँस काटेर घरतिर फर्किने क्रममा विजुलीको पोल ढली भुईमा लत्रिएको तारमा टेक्दा करेण्ट लागेर उनको ज्यान गएको हो । मृतक भण्डारीको शव पोष्टमार्टमको लागि अहिले जिल्ला अस्पताल तमघासमा ल्याईएको छ ।
      गाउँमा वितरण गरिएका विद्युतका धेरै पोलहरु गलिसकेको र ती पोलहरुको परिवर्तन तर्फ विद्युत प्राधिकरण शाखाले कुनै चासो नदेखाएको स्थानाीय उपभोक्ताहरुको गुनासो रहेको छ । विद्युत सेवाको प्रभावकारीता साथै सामान्य प्राविधिक कुराहरुलाई विद्युत प्राधिकरण शाखाले ध्यान नदिँदा यस्ता धेरै घटनाहरु घट्नुको साथै धेरै प्रकारका समस्याहरु व्यहोर्न वाध्य भएको उनीहरुले वताएका छन् । उनीहरुले विद्युत वितरण गरिएका प्रत्येक क्षेत्रमा अनुगमन गर्न तथा गलिसकेका पोलहरु परिवर्तन गर्नतर्फ तत्काल ध्यान पु¥याउन समेत अनुरोध गरेका छन् ।
      त्यस्तै गुल्मीकै जैसीथोक गाविस वार्ड नंं ७ अडिरे निवासी घनश्याम भण्डारी भिरवाट लडेर गम्भिर घाईते हुनुभएको छ । ६८वर्षीय भण्डारी खेतवाट घाँस लिएर फर्किने क्रममा चिप्लीएर लड्नुभएको थियो । घाईते भण्डारीको जिल्ला अस्पताल तमघासमा उपचार हुन नसकेपछि थप उपचारको लागि पाल्पा स्थित लुम्विनी मेडिकल कलेज, प्रवासमा रिफर गरिएको अस्पताल श्रोतले जनाएको छ । घाईतको घाँटीको नसामा समस्या देखिएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग