Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुर्गम गाविसमा झाडापखाला प्रकोप

Published on 8:42:00 AM //

घनश्याम गौतमगुल्मी– जिल्लाकै बिकट गाविस म्यालपोखरी र मलायागिरीमा एक साता देखि झाडापखालाको प्रकोप फैलिएको छ । दुई गाविसमा झाडापखालाबाट १ सय बढी प्रभावित भएका छन् । उपस्वास्थ्य चौकी म्यालपोखरीका अहेव जयलाल पन्थीका अनुसार म्यालपोखरीको १ र ९ वार्डमा रहेको दलित बस्तीमा प्रकोप फैलिएको हो ।
झाडापखालाले म्यालपोखरीमा झण्डै ७० र मलायागिरीमा ३०/३५ जना बिरामी परेको अहेव पन्थीले बताए । बिरामी पर्ने सबै दलित समुदायका हुन् । तिजको अवसरमा काटेको रा“गोको मासु खाएपछि उनीहरुमा प्रकोप शुरु भएको पन्थीले बताए । ‘केही नियन्त्रणमा आएको छ’, पन्थीले भने, ‘बढी प्रभावित भएकाहरुलाई थप उपचारका लागि सन्धिखर्क पठाइएको छ ।’ प्रभावित क्षेत्रमा सर्तकताका साथ नियन्त्रण प्रयास भैरहेको पन्थीले बताए । उपस्वास्थ्य चौकीमा रहेको जिवनजल र मेट्रो वितरण गरेर नियन्त्रण प्रयास गरिएको भएपनि संख्या बढ्दै छिमेकी गाविस मलायागिरीमा समेत पुगेपछि नियन्त्रणमा समस्या भएको उनले बताए ।
म्यालपोखरी–३ का सुधिर सेनका अनुसार गाविसमा झाडापखाला फैलिएको यो दोस्रो पटक हो । ‘पहिला १०/१२ जना बिरामी परेका थिए’, सेनले भने, ‘सन्धिखर्क पुगेर औषधी गरेर उनीहरु फर्केपछि फेरी गाउ“भरी भएको हो ।’ गाउ“का युवा र बृद्धहरु झाडापखालाबाट बढी प्रभावित भएको सेनले बताए ।
जिल्लाकै दुर्गम मानिने दुवै गाविस सदरमुकामबाट १० कोष टाढा पर्दछन् । प्रकोप पैmलिएको जानकारी आएपछि औषधी सहितको स्वास्थ्यकर्मी श्रीकृष्ण भट्टराईको नेतृत्वमा ३ सदस्यीय टोली पठाउन लागिएको जिल्ला अस्पतालका प्रमुख डाक्टर भेषराज पोखरेलले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग