Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सुविधायुक्त नीजि अस्पताल संचालनमा

Published on 8:47:00 AM //

 घनश्याम गौतम
 तम्घासमा शनिवार देखि अत्याधुनिक सुविधायुक्त रेसुङ्गा हस्पिटल एण्ड रिसर्च सेन्टर संचालनमा आएको छ ।
स्थानीय समाजसेवी, व्यवसायी, बुद्धिजीवी, स्वास्थ्यकर्मी र एक दर्जन स्थानीय डाक्टरहरुको लगानीमा अस्पताल संचालनमा आएको हो ।
जिल्लाको पहिलो सुविधायुक्त अस्पतालका मिसन अस्पताल पाल्पाका निर्देशक
डाक्टर र्याचल क्राकले उद्घाटन गरेकी हुन् । अस्पतालमा नियमित एम.डि.
डाक्टर उपलब्ध हुनेछन् । त्यस्तै प्रत्येक शनिवार बिशेषज्ञ डाक्टरहरुद्वारा बिर
ामीहरुको स्वास्थ्य परिक्षण सुविधा उपलब्ध गराउने अस्पतालले जनाएको छ ।
उद्घाटनका अवसरमा पाल्पा मिसन अस्पतालका बिशेषज्ञ सहितका डाक्टरले
शनिवार र आइतवार निःशुल्क स्वास्थ्य परिक्षण दिएपछि बिरामीहरुको शनिवार
दिनभर भिड लागेको थियो । पाल्पाबाट आएका ३५ डाक्टरले दिनभरमा एक
हजार भन्दा बढी बिरामीको स्वास्थ्य परिक्षण गरिने अस्पतालले जनाएको छ ।
एक्सरे, भिडियो एक्सरे, इसिजि, ब्लड कल्चर, ङ्खलुड टेष्ट, २४ घण्टे
इमरजेन्सी सेवा उपलब्ध गराउने अस्पतालमा अहिले १५ बेड उपलब्ध छन् ।
जिल्लामा सुविधा सम्पन्न अस्पताल अभावका कारण ज्यान गुमाउने
विपन्न समुदायको स्वास्थ्यलाई ध्यान दिंदै अस्पतालले सेवा पु¥याउने
अस्पतालका अध्यक्ष नन्दराम भुसालले बताए । ‘नाफा भन्दा पनि सेवा
पु¥याउने अस्पतालको लक्ष्य हो ।’, अध्यक्ष भुसालले भने ।
जिल्लामा सुविधायुक्त अस्पतालको अभावमा उपचारका लागि बिरामी पाल्पा,
बुटवल पुग्नु पर्ने बाध्यता छ । जिल्लामा अहिलेसम्म भिडियो एक्सरे, ब्लड
कल्चर, लगायतका सुविधा समेत उपलब्ध छैनन् । जिल्ला अस्पतालमा भएको
भिडियो एक्सरे समेत पियनबाट संचालन हु“दै आएको छ । तत्काल बेड संख्या
कम भएपनि अस्पतालको पुर्वाधार तयार गर्दै बेड संख्या बिस्तार गर्दै लगिने पनि
अध्यक्ष भुसालले बताए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग