Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हर्वो कम्पनीले ठगेको भन्दै उजुरी

Published on 12:14:00 AM //

हर्बो इन्टरनेशनल कम्पनीले विदेश लैजाने र घरमै बसीबसी हजारौं कमाई हुने आश्वासन दिदैं ठगी गरेको भन्दै पुर्कोटदहका एक दर्जन महिला पुरुषले प्रशासनमा उजुरी दिएका छन् ।

कम्पनीको पुकोटदह बजारमा रहेको कस्टमर केयर सेन्टरबाट प्रति ब्यक्ति ६ हजार देखि २१ हजार रुपैंयासम्म रकम लिएर सदस्य बनाएको र सेवा सुविधा उपलब्ध नगराएको भन्दै उनीहरुले गुमेको रकम फिर्ता गराईदिन प्रशासन समक्ष आग्रह गरेका हुन् । प्रशासन कार्यालयका अनुसार पुर्कोटदह गाविसका सकुन्तला महत, बिनोद थापा, सिता थापा, रीना जि.सी., सरिता नेपाली, निर्मला नेपाली, प्रतिमा महत, श्रृजना के.सी थापा, माया जि.सी, नन्द जि.सी. निर्मला घर्ती, बिमला अधिकारी कुँवर सरस्वता कुवँर लगायतले मुद्धा दर्ता गराएका हुन् । पुर्कोटदह–६ कै कम्पनीका स्टार लिडर कुष्ण थापा, सहयोगी राजु खत्री, मलायागिरी–४ का राजेन्द्र खत्री, मर्भुङ सिमलटारीका प्रकाश पौडेलले बिदेश भ्रमण गर्न पाइने, काठमाडौमा घर उपहार पाईने, २१ हजारमा सदस्य बन्नेलाई ४२ हजार रुपैंया उपलब्ध गराईने र दिनको १० हजार रुपैंयासम्म कमाई हुने भन्दै आफुहरुबाट ९८ हजार रुपैंया लगिसकेको पीडितहरुले बताएका छन् । कम्पनीका स्टार लिडर कुष्ण थापाले भने आफुले जबरजस्ती कसैलाई पनि सदस्य नबनाएको र उनीहरु आफ्नै खुशीले सदस्य भएपनि अहिले ठगिएको आरोप लगाएको दावी गरे ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग