Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिप दुर्घटना हुँदा एकको मृत्यु, सात घाईते

Published on 11:18:00 AM //

गुल्मी र पाल्पाको सिमानामा पर्ने अर्गली १ कुँडापानीमा आज बिहान भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु हुनका साथै अन्य सातजना घाइते भएका छन् ।

बुटवलबाट गुल्मीतर्फ आइरहेको लु १ ज १९९१ नम्बरको जिप सडकबाट २ सय मिटर तल खसी दुर्घटना हुँदा गुल्मीको दिगाम गाउँ विकास समिति-२ श्रृङ्गाका ६२ वर्षीय विष्णु कँडेलको मृत्यु भएको रिडीस्थित इलाका प्रहरी कार्यालयका निरीक्षक पुष्प मल्लले बताउनुभयो ।

दुर्घटनामा चालकसहित सातजना घाइते भएका तथा तीमध्ये चारजनाको अवस्था गम्भीर रहेको जानकारी दिँदै उहाँले उनीहरुलाई पाल्पास्थित मिसन अस्पताल पठाइएको बताउनुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग