Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कुमाल भाषा प्रशिक्षण शुरु

Published on 12:49:00 PM //

कमल पौडेल
बाग्लुङको पश्चिम तथा गुल्मीको उत्तर पश्चिम भेगलाई समेट्दै लोपउन्मुख कुमाल जातीहरुको भाषा को उत्थानको लागी कुमाल भाषा प्रशिक्षण पहिलो पटक गुल्मीको वामी टक्सारमा सुरु गरिएको छ ।

 नेपाल कुमाल समाज सुधार समन्वय समिति गुल्मी बाग्लुङको आयोजनामा आज देखी सुरु गरिएको भाषा प्रशिक्षण एक हप्ता चल्ने आयोजकले जनाएको छ । सो भाषा प्रशिक्षणमा बाग्लुङका दगातुम्डाडा, रिघा, तथा गुल्मी जिल्लाको वामी गा.वि.स.का गरि कुल २७ जना को सहभागीता हुने जनाईएको छ । सो प्रशिक्षण दगातुम्डाडा र वामी गा.वि.स.को सहयोगमा सञ्चालन भएको तथा रिघा गा.वि.स.ले जनजाती विकासको लागी बजेट विनियोजन गरेपनी रिघा मगर संघले एकलौटि खर्च गरेका कारण कुमालहरुको लागी बजेट प्रयोग गर्न नपाईएको गुनासो कुमालहरुले गरेका छन् ।

भाषा प्रशिक्षणको एक कार्यक्रम विच उद्घाटन गर्दै समन्वय समितिका अध्यक्ष टेक वहादुर कुमालले लोपोन्मुख भाषाको संरक्षण गर्नु अहिलेको चुनौति रहेको औल्याउनु भएको थियो । कार्यक्रममा वामी गा.वि.स.का पुर्व अध्यक्ष महेश वहादुर जि।सी, ए.ने.क.पा. माओवादीका बसन्त कार्कि, नेपाली काग्रेसका सुदर्शन शाक्य, ने.क.पा. एमालेका गोपीकृष्ण खरेल, रा.ज.मो.का मोहनलाल श्रेष्ठ स्थानीय बुद्धिजिवि बुद्धि बहादुर छन्त्याल लगाएतले बोल्नुभएको थियो ।

कार्यक्रम कुमाल समाज सुधार समिति वामीका अध्यक्ष गुञ्ज वहादुर कुमालको अध्यक्षता, कुमाल समाज सुधार समिति रिघाका अध्यक्ष डोल
वहादुर कुमालको स्वागत तथा कुमाल समाज सुधार समन्वय समिति गुल्मी बाग्लुङका सचिव झलक कुमालको सञ्चालनमा सम्पन्न भएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग