Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुङ्गाको मुनाफा झन्डै रु. ४८ लाख

Published on 3:11:00 AM //

जिल्लामा छरिएर रहेको पुँजीलाई एकीकृत गरी उक्त पँुजीलाई समग्र विकासमा लगानी गर्दै आधुनिक र सुविधायुक्त बैङ्किङ सेवा प्रदान गर्ने उद्देश्यले गत तीन वर्षअघि स्थापना भएको रेसुङ्गा विकास बैङ्क लिमिटेड शनिबार चौथो वर्ष प्रवेश गर्‍यो ।


नेपाल राष्ट्र बैङ्कबाट "ख" वर्गको इजाजत प्राप्त गरी वित्तीय कारोबार गर्न स्वीकृति पाएको रेसुङ्गा बैङ्कले २०६४ असोज ९ गतेदेखि नियमित कारोबार सञ्चालन गर्न सुरु गरेको हो । स्थापनाकालमा एक करोड ८० हजार रुपियाँ चुक्ता पंुँजी रहेकोमा तीन वर्षपछि तीन करोड छ लाख रुपियाँ पुगेको छ ।

बैङ्कको आर्थिक वर्ष ०६६/६७ को अन्त्यमा १३ हजार ४७२ खाता सङ्ख्या रहेको सो बैङ्कको निक्षेप रकम हाल ४५ करोड ३७ लाख ८७ हजार ७५० रुपियाँ रहेको बैङ्कका नायब महाप्रबन्धक सार्जन भट्टराइले बताउनुभयो । बैङ्कले प्रधान कार्यालयबाहेक जिल्लाका ग्रामीण भेग बामी टक्सार, शान्तिपुर, खैरेनी, बलेटक्सार, मजुवा र सिमलटारी गरी छ ठाउँमा शाखा विस्तार गरी वित्तीय सेवा प्रदान गर्दै आएको बैङ्क सञ्चालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले बताउनुभयो ।

आर्थिक वर्ष ०६६/६७ को अन्त्यसम्म ४७ लाख ८५ हजार ७३७ रुपियाँ खुद नाफा आर्जन गर्न सफल भएको बैङ्कले जनाएको छ ।
तस्बिर: तारा भुषाल

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग