Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुई विद्यार्थी पुरस्कृत

Published on 11:39:00 AM //

चौथो वर्ष प्रवेशको अवसरमा रेसुंगा विकास बैंकले व्यवस्थापन संकायबाट उच्च माविमा उत्कृष्ट हुने दुई छात्रछात्रालाई शनिबार सम्मान एवं पुरस्कार प्रदान गरेको छ । बैंकले जिल्लामै उच्च माविबाट उत्कृष्ट अंक ल्याउने रुन्खादह उच्चमावि वीरबासका छात्र जीवन दमाई र जनता उच्चमावि अस्लेवाकी छात्रा माल्लिका श्रेष्ठलाई सम्मान गर्दै प्रतिविद्यार्थी दस हजार रुपैयाँका दरले पुरस्कार उपलब्ध गराएको हो । प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले दुवै विद्यार्थीलाई प्रशंसापत्र र पुरस्कार प्रदान गरेका थिए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग